९ भाद्र २०८०, शनिबार
काठमाडौँ । चलचित्र विकास बोर्डले लक्ष्मी कुमारी पौड्याल (लक्ष्मी गिरी) र शिव श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मानबाट सम्मानित गर्ने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार एक समारोहकाबीच उक्त सम्मान वितरण गरिने भएको छ ।
राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान २०८० को सूची सार्वजनिक गर्दै पौड्याल र श्रेष्ठलाई र्दीघ साधना सम्मान र अन्य विभिन्न ३५ जना चलिचित्रकर्मीलाई पनि बिशेष सम्मान गर्ने जनाएको छ ।
विशेष योगदानबाट सम्मानित हुनेहरूमा अर्जुन श्रेष्ठ, अर्जुनजंग शाही, इन्द्रदेव चलचित्र मन्दिर, ऋषिराज आचार्य, ओम अग्रवाल, कमल प्रसाद शर्मा, कमलकान्त मैनाली, किरण केसी, कृष्ण प्रसाद पोखरेल, केदार प्रसाद पाठक, गौरीशंकर धुजु रहेका छन् ।
त्यस्तै, झरना थापा, ठाकुर प्रसाद ढुंगाना, बब्बु क्षेत्री, दयाराम दाहाल, प्रीतम गुरुङ, भुपेन्द्र कुमार खड्का, मनोज केसी, रमेश ढकाल, रामचन्द्र अधिकारी, रामेश्वर केसी, रामेश्वर बुर्लाकोटी, विजय लामा, विपन्न मल्ल, विमल पौडेल, विमला केसी, शिव परियार, शोभित बस्नेत, सन्तोष पन्त, सुदर्शन थापा, सुनयमान श्रेष्ठ, सुनिल पाण्डे, सुभाष प्रसाद गजुरेल, सुजास गिरी रहेका छन् ।
www.khabardainik.com













Discussion about this post