आइतबार, जेठ ७, २०८० | लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ६८ औं खेलमा कोलकाता नाइट राइडर्सलाई एक रनले हराउँदै प्लेअफमा स्थान पक्का गरेको छ । योसँगै लखनऊले तेस्रो स्थानमा रहँदै एलिमिनेटर खेल्ने पक्का हुँदा कोलकाता बाहिरिएको छ ।
जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनायो । कोलकातालाई अन्तिम ओभरमा २१ रन चाहिँएको थियो । रिंकु सिंहले अन्तिम तीन बलमा दुई छक्का र एक चौका प्रहार गरेपनि टोलीको झिनो हार टार्न सकेनन् ।
तीव्र गतिका बलर यश ठाकुरले पहिलो बलमा वैभव आरोरालाई एक रन दिए । लगत्तै अर्को बल वाइड फ्याँले । त्यसपछि दुई बल रिंकुलाई डट राखेका थिए । लगत्तै वाइड फ्याँलेका थिए । चौथोमा छक्का, पाँचौं बलमा चौका र अन्तिम बलमा छक्का प्रहार गरेपनि जित भने दिलाउन सकेनन् ।
कोलकातालाई अन्तिम १२ बलमा ४१ रन जितको लागि आवश्यक हुँदा रिंकुले सानदार प्रदर्शन गरेका थिए । १९ औं ओभरमा रिंकुले नविन उल हकलाई सुरुवाती तीन बलमा लगातार चौका र पाँचौं बलमा छक्का प्रहार गर्दै अर्को ओभरमा जितको आशा कायमै राखेका थिए ।
सानदार प्रदर्शन गरेका रिंकु ३३ बलमा ६ चौका र ४ छक्कासहित ६७ रनमा नटआउट रहे । ओपनर जेसन रोय २८ बलमा ७ चौका र १ छक्कासहित ४५ रनमा आउट भए । अन्य कुनैपनि कोलकाताका खेलाडीले राम्रो गर्न सकेनन् । वेंकटेश ऐर २५, नितिश राणा ८, रहमानउल्लाह गुरबाज १० र आन्द्रे रसेल ७ रनमा आउट भए ।
लखनऊका रवि विश्रोईले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । यश ठाकुरले ३ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । क्रुनाल पान्ड्या र कृष्णाप्पा गौतमले समान एक विकेट लिए ।
त्यसअघि इडेन गार्डेन कोलकातामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो । लखनऊका निकोलस पुरनले ३० बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ५८ रनको योगदान दिए । ओपनर क्विन्टन डि कक २८, प्रेरक माकांड २६ र आयुष बदोनी २५ रनमा आउट भए ।
एक समय ७३-५ को दयनीय अवस्थामा पुगेको लखनऊलाई छैटौं विकेटका लागि पुरन र बदोनीले ४७ बलमा ७४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । कोलकाताका शार्दुल ठाकुर, सुनिल नारायण र वैभव आरोराले समान दुई विकेट लिए ।
गुजरात १३ खेलमा ९ मा जित र ४ मा हारसहित १८ अंकका साथ शीर्ष स्थानमा छ । चेन्नई १४ खेलमा ८ मा जित र ५ मा हारसहित १७ अंकका साथ दोस्रो स्थानमा रह्यो । लखनऊ १४ खेलमा ८ मा जित र ५ मा हारसहित १७ अंकका साथ तेस्रो स्थानमा छ । चेन्नईको नेटरनरेट ०.६५२ र लखनऊको ०.२८४ छ ।
शीर्ष दुईमा गुजरात र चेन्नई हुने पक्का भएको छ । पहिलो क्वालिफायरमा यी दुई टोली भिड्नेछन् । अव बेंगलोर, मुम्बई र राजस्थान मध्य एक टोलीले अन्तिम चारमा स्थान बनाउँदै
Discussion about this post