मनाङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार मनाङमा सन् २०२३ को जनवरीदेखि मे ७ तारिखसम्म मनाङमा आठ हजार २२० पर्यटक भित्रिएका छन् ।
गौतमको अनुसार सन् २०२३ को चार महिनामा पाँच हजार ५६ पुरुष र तीन हजार १६३ महिलाले अन्नपूर्ण पदमार्गको यात्रा गरेका छन् ।
तथ्याङ्कको आधारमा केलाउदा सन् २०२३ को सुरुआतमा नै ४२ देशका ११८ पर्यटकले मनाङ भित्रिएका थिए । जनवरीमा सबैभन्दा बढी दक्षिण कोरियाका ६९ नागरिक मनाङ भ्रमणका लागि आएको तथ्याङ्कमा उल्लेख छ ।
कोभिड–१९ को सङ्क्रमणपश्चात सहज बनेपछि अहिले विश्वभरबाट पर्यटक नेपाल आउने क्रम जारी छ । नेपाल भित्रिने क्रममा उनीहरु विशेषगरी मनाङको अन्नपूर्ण पदमार्ग यात्रामा आउने गरेका छन् । पदयात्राका लागि विदेशी पर्यटक विशेषगरी आउने गरेको एक्यापका प्रमुख गौतमले बताए ।
Discussion about this post