अमेरिकाको ओपन एआई स्टार्टअपले बनाएको च्याट जिपिटीमाथि इटालीले प्रतिबन्ध लगाएको छ।
इटालियन नियामक निकाय डाटा-संरक्षण प्राधिकरणले च्याट जिपिटीमा डाटासँग जाेडिएको चिन्ता जताउदै ओपन एआईलाई ‘तत्काल प्रभावका साथ’ प्रतिबन्ध लगाएको र यसको छानबिन गर्ने जनाएको छ।
च्याटबोट च्याटजिपिटीले आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले विभिन्न प्रश्नहरूको उत्तर दिन्छ र यसले मानिसको लेखन शैलीको नक्कल गर्छ।
माइक्रोसफ्टले यसका लागि अर्बौँ डलर खर्च गरेको छ र यसलाई गत महिना आफ्नो खोज इन्जिन बिंगमा पनि थपेको छ।
कम्पनीले यसलाई वर्ड, एक्सेल, पावरपोइन्ट र आउटलुकलगायतका अफिस एपहरूमा इम्बेड गर्ने पनि जनाएको छ।
Discussion about this post