चैत १२, २०७९
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले ३०औं आईजीपी पदमा बढुवा गरिएका बसन्तबहादुर कुँवरलाई आज दर्ज्यानी चिह्न प्रदान गरिँदै छ ।
गृह मन्त्रालयमा आयोजित एक समारोहका बीच कुँवरलाई दर्ज्यानी चिह्न प्रदान गर्न लागिएको हो । दिउँसो १ बजे मन्त्रालयमा कुँवरलाई दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
Discussion about this post