काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार गाडी निस्कनेबित्तिकै एक युवकले आत्मदाहको प्रयास गरेका छन् । मंगलबार दिउँसो प्रचण्ड सवार गाडी क्रस हुने बेलामा उनले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । अन्दाजी ३६ वर्षीय प्रेम प्रसाद आचार्यले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीको गाडी पास भइसकेर प्रधानमन्त्रीको गाडी पास हुने बेलामा उनले आफूलाई आगो लगाएको प्रहरीले जनाएको छ ।
हाल ती व्यक्ति घाइते भएको र कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीका प्रवक्ता डीएसपी दिनेश मैनालीले जानकारी दिए । आत्मदाह प्रयास गर्नुको कारण खुल्न नसकेको भन्दै प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।
Discussion about this post