• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

येशू पनि हिन्दु रे?

by Kamal Adhikari
April 7, 2015
in Articles

kamaladhikariसाझा प्रकाशनद्वारा प्रकाशित वेदमा के छ ?  नामक पुस्तकमा डा. स्वामी प्रपन्नाचार्यले लेखेका छन्, “विश्वका ८० करोड इसाईहरूको धर्माचार्यमाथि लेखिएका प्रमाणहरूबाट उनी येशू हिन्दु नै सिद्ध भएको देखिन्छ र अवश्य नै भारत आएको पनि उनै प्रमाणहरूले सिद्ध छ। अनि जीवनको महत्त्वपूर्ण १८ वर्षसम्म इसा येशू कहाँ थिए ?

यस प्रश्नको उत्तर इसाई पादरीहरूसँग नहुनुले पनि यसै कुरालाई सिद्ध गर्छ।”कतिपय पूर्वीय र पाश्चात्य तथाकथित स्रोतहरूलाई आधार मानी येशू हिन्दु हुनुहुन्थ्यो र उहाँ भारतमा आउनुभएको थियो भनी पुष्टि गर्ने दुष्प्रयास प्रपन्नाचार्यले गरेका छन्। २०६७ सालको ख्रीष्टमसको केही दिनअगि दीर्घराज प्रसाईले नेपाल समाचारपत्रमा क्रिस्चियन धर्मको उद्ग्म र विकास शीर्षकअर्न्तगत लेखे, “जिसस् क्राइष्ट येशू की आमा हिन्दु थिइन्”। जिसस् पनि हिन्दु संस्कारबाट उठेका हुन्। “प्रसाईले थपेका छन्, “नेपालमा ६ वर्ष बसेर योगसाधना र बौद्ध दर्शन सिकेकाले क्राइष्टलाई निरंकुश अन्धा धर्मभिरु सत्ताले इजरायलमा किला ठोकेर मारिएको अवस्थामा वैदिक योगका प्रतापले मरेको जस्तो अभिनय गरेर गाडिएको चिहानबाट उठेर इशु येशू भारततिर लागेको र पछि उनको मृत्युपछि कास्मिरमा राखिएको इशा येशू को समाधि देख्न् सकिन्छ।  इशा १३ वर्षदेखि ३० वर्षसम्म धार्मिक शिक्षा लिनका लागि हिन्दु सन्यासीको भेषमा नेपाल र भारतमा आएका र काशी, जगन्नाथ, बिहार, नालन्दा आदिमा वैदिक धर्मशास्त्र पढ्ने गरेका तथ्यहरू छन्।” विश्वको इतिहासमा अमूल्य योगदान गर्नेहरूलाई हिन्दुत्वको पगरी गुथाई तिनीहरूलाई हिन्दु धर्मको पर्खालभित्र समावेश गर्न जुनसुकै कदम चाल्न पछि नपर्ने लत बसेका हिन्दु विद्वान्हरूले येशू पनि हिन्दु हुनुहुन्थ्यो र उहाँ भारतमा आउनुभएको थियो भन्ने सम्मको दुस्साहस गरेका छन्। हिन्दु दिग्गजहरूको बुझाइमा येशू भारतमा आउनुभएको कथा कुनै काल्पनिक होइन, तर यथार्थ हो। यसको पुष्टिको लागि तिनीहरूले दर्जनौं पुस्तकहरू पनि लेखिसकेका छन्। एउटा नेपाली भएको नाताले प्रसाईले भनेभै के येशूले हाम्रो भूमिमा पाइला टेक्नुभएको थियो भन्ने कुरा साँचो भइदिए कति गर्वको कुरो हुन्थ्यो? तर, अपरिवर्तनशिलता इतिहासको एउटा प्रवृति हो। चाहेर पनि हामी इतिहासलाई बदल्न सक्दैनौं। कथित स्रोतहरूलाई आधार बनाई मान्छेको आँखामा छारो हाली सत्यतालाई बङ्ग्याउने दुष्चेटा गरे तापनि इतिहासको सुस्पष्ट यथार्थतालाई कसैले कहिल्यै परिवर्तन गर्न सक्दैन। यो खण्डन गर्नुपर्ने विषयजस्तो मलाई लाग्दैन। तरै पनि कतिपय मानिसहरू यसको शिकार भएकाले येशू हिन्दु हुनुहुन्थेन, न ता उहाँ भारतमा आउनुभयो भन्नाका लागि यहाँ तीनओटा कारण प्रस्तुत गरिएको छ।

१. निकोलस नोटोविचले पत्ता लगाएको इशा (येशू) बाइबलको येशूभन्दा फरक हो।

नयाँ करारका चारओटा सुसमाचार येशूको जीवनीबारे बताउने सर्वाधिक भरपर्दा स्रोतहरू हुन्। चारओटा सुसमाचारमध्ये दुइओटा (मत्ती र लूका) ले मात्र उहाँको जन्मको बारेमा चर्चा गर्छन्। उहाँको सेवा-कार्यअगि बाह्र वर्षको उमेरमा एकपटक येशू यरूशलेममा देखा पर्नुहुन्छ (लूका २:४२)। बाइबलको विवरण अनुसार उहाँ तीस वर्षको हुनुभएपछि मात्र उहाँले सेवा आरम्भ गर्नुभयो (लूका ३:२३)। उहाँको जन्मदेखि बाह्र वर्षको उमेर र बाह्रदेखि तीस वर्षको उमेरसम्म येशू कहाँ हुनुहुन्थ्यो भन्ने प्रश्न विचारणीय छ। उहाँको बाल्यकाल नासरतमै बितेको थियो होला भनी अनुमान गर्ने हो भने पनि उहाँले १८ वर्ष (१२-३०) कहाँ बिताउनुभयो त भनी हामीलाई प्रश्न गर्छन्। येशूका यी मध्यवर्ती वर्षहरूमा विचित्रका दन्त्यकथाहरू भर्नको लागि आलोचकहरूले कुटिल जुक्तीहरू रचेका छन्।

निकोलस नोटोविच एक रूसी यात्रु थिए जसले उन्नाइसौं शताब्दीको उत्तरार्द्धमा भारत र तिब्बतको यात्रा गरे। तिब्बतमा तिनले सन्त इशाको बारेमा जानकारीहरू बटुले। तिनै जानकारीहरूलाई समेटी तिनले एउटा पुस्तक लेखे जसको नाम हो, येशू ख्रीष्टको अज्ञात जीवन। नोटोविचको भनाइअनुसार यी सन्त इशा भारतमा आई विभिन्न हिन्दु गुरुहरूसँग सिक्दै १८ वर्ष बिताए। तिनको विचारमा कश्मिरका यी सन्त इशा नै बाइबलको येशू हुन्। यही गलत बुझाइको कारणले येशूको अज्ञात जीवनको सम्बन्धमा अनेक षडयन्त्रमूलक दन्त्यकथाहरू जन्मिन पुगे। बाइबलको विवरणअनुसार येशूले आफ्नो जन्मदेश छाडेको एउटै पनि सङ्केत पाईंदैन। नोटोविचको कृतिलाई जे. आर्खिबाल्ड डग्लासले अप्रमाणित गरिसकेका छन्।

२. येशूको शिक्षा र हिन्दु गुरुहरूको शिक्षामा स्पष्टतः बेमेलता पाइन्छ।

साढे तीन वर्षको सेवा-कार्यअगि येशू भारतमा आउनुभई हिन्दु गुरुहरूसँग सिक्नुभएको थियो भने उहाँको शिक्षामा हिन्दुगन्ध अवश्य हुनुपर्थ्यो। तर, सुसमाचारहरूलाई अध्ययन गर्दा हामी हिन्दु शिक्षाहरू होइन, अद्वितीय शिक्षाहरू पाउँछौं। यसका अतिरिक्त येशूले पुरानो करारबाट प्रचुर मात्रामा उधृत गर्नुभयो। यहाँसम्म कि त्यस समयका यहूदी विज्ञहरूलाई पनि उहाँले सुधार्नुभयो। पञ्चग्रन्थमा भएको त्यो विस्तृत ज्ञान येशूले कहाँबाट पाउनुभयो< उहाँको सिकाउने शैली त्यस समयका घुमन्ते यहूदी शिक्षकहरूको शैलीसँग मेल खान्छ। येशूले हिन्दु गुरुहरूबाट सिके भन्ने विचार पूर्णत: वाहियात छ। येशूले कहिल्यै सर्वेश्वरवाद -सबै कुराहरु इश्वर हुन्) को बारेमा सिकाउनुभएन्, जस्तो हिन्दु गुरुहरूले सिकाउने गर्थे र गर्छन्। उहाँले कहिल्यै हिन्दु वेदबाट उधृत गर्नुभएन, तर सधैं यहूदी पुरानो करारबाट। येशू भारतमा आउनुभई हिन्दु गुरुहरूबाट सिक्नुभयो भन्नाका लागि साक्षी यथार्थतः शून्य छ।

३. येशू भारतमा आउनुभयो भनी बाइबलले कहीँ पनि अङ्कति गरेको छैन।

चारओटा सुसमाचार येशूको बारेमा बताउने सबैभन्दा भरपर्दा, विश्वसनीय र पूर्ण स्रोतहरू हुन्। येशू ख्रीष्ट प्यालेसटाइनमा रहनुभयो भनी अङ्कति गर्ने खण्डहरू बाइबलमा धेरै छन्। बाह्र वर्षपछिको येशूको जीवनीलाई लूकाले संक्षेपमा ल्याएका छन्, “अनि येशू बुद्धिमा, कदमा र परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दैजानुभयो” (लूका २:५२)। येशू ख्रीष्ट परमेश्वर-मानव हुनुहुन्थ्यो। उहाँ सर्वज्ञानी भएकोले इश्वरीय परिप्रक्ष्यबाट उहाँलाई कहिल्यै बुद्धिमा बढ्न आवश्यक थिएन। तर, उहाँ मानिस पनि हुनुभएकाले अन्य यहूदी केटाहरूले जस्तै उहाँले पनि पुरानो करारको धर्मशास्त्रको अध्ययन र बुढापाकाहरूको अर्तीबाट सिक्नुभयो।

उहाँको समुदायमा येशूलाई सिकर्मी (मर्कूस ६:३) र सिकर्मीको छोरो (मत्ती १३:५५) को रूपमा चिनिन्थ्यो। आफ्ना छोराहरूलाई व्यवसाय सिकाउनु यहूदी बाबुहरूको बीचमा सामान्य चलन थियो। येशू परिपक्व हुँदै जानुभएपछि योसेफले उहाँलाई सिकर्मीको पेसा सिकाएको हुनुपर्छ। येशू नासरतमै हुर्कनुभयो भनी लूकाले यहाँ अझ प्रस्ट रूपमा बताएका छन्, “उहा“ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो। उहाँ आफ्नो आदतअनुसार शबाथ-दिनमा सभाघरमा जानुभयो, र पढ्नलाई खडा हुनुभयो। … सबैले उहाँको सराहना गरे, र उहाँको मुखबाट निस्केका कृपापूर्ण वचनमा छक्क परे, र तिनीहरूले भने, ‘यिनी योसेफका छोरा होइनन् र? ‘ उहाँले तिनीहरूलाई भन्नुभयो, ‘निःसन्देह, तिमीहरूले मलाई यो उखान भन्नेछौ, ‘ए वैद्य, आफैलाई निको पार। कर्फनहुममा तिमीले जे जति गर्यौ भनी हामीले सुनेका थियौं, ती यहाँ आफ्नो शहरमा पनि गर।’ अनि उहाँले भन्नुभयो, ‘साँच्चै म तिमीहरूलाई भन्दछु, कुनै पनि अगमवक्तालाई उनको आफ्नो देशमा स्वागत हुँदैन'” -लूका ४:१६, २२-२४) । लूकाले प्रस्टसँग लेखेका छन् कि येशू ख्रीष्ट नासरतमा हुर्कनुभयो र नासरत उहाँको आफ्नो सहर थियो। सभाघरका मानिसहरूले येशूलाई राम्ररी चिन्दथे र उहाँ योसेफका छोरा हुनुहुन्थ्यो भनी जान्दथे। येशू नासरतमा हुर्कनुभयो, भारतमा होइन। उहाँको आदत सभाघरहरूमा जाने थियो, मन्दिरहरूमा होइन।

एउटा प्रश्न अझै बाँकी छ, येशूले १८ वर्षको अवधि पनि प्यालेसटाइनमा नै बिताउनुभएको थियो भने उहाँका  जीवनीकारहरूले यस बारेमा किन केही नलेखेकामा  दुइओटा कारण छन्ः साहित्यिक इश्वरशास्त्रीय।

साहित्यिक कारण भन्नाले प्राचीन संसारमा जीवनी आधारभूत रूपमा यसरी नै लेखिन्थ्यो। जीवनीलाई अहिले हामी जसरी बुझ्दछौं, तिनीहरूले त्यसरी बुझदैनथे। जीवनी लेख्दा आज हाम्रो लागि व्यक्तिको जीवनीको हरेक अवधि उत्तिकै महत्त्वपूर्ण हुन्छ। उसको जीवनीलाई हामी आत्मिक रूपमा प्रस्तुत गर्र्छौं र सकेसम्म उसका भनाइहरूलाई जस्ताको तस्तै राख्ने प्रयास गर्छौ। तर, प्राचीन लेखकहरूले कुनै व्यक्तिको जीवनीबाट अनुकरणीय पक्षलाई मात्र अभिलेखको लागि उपयुक्त ठान्दथे। जीवनको हरेक पक्षलाई नभई त्यस्तो पक्ष जसले अरूलाई मद्दत गर्थ्यौं, जुन उदाहरणीय छ जीवनका त्यस्ता पाटाहरूलाई मात्र लेख्ने  गर्थे।

दोस्रो इश्वरीयशास्त्रीय कारण हो। येशू ख्रीष्ट यस संसारमा मानिसहरूको पापको निम्ति मर्न आउनुभयो। उहाँ परमेश्वरका पापरहति पुत्र हुनुहुन्थ्यो। सुसमाचारका लेखकहरू यही तथ्यमा मात्र केन्द्रित रहे।

निष्कर्षमा, येशू हिन्दु हुनुहुन्थ्यो र उहाँ भारतमा आउनुभयो भन्ने अवधारणा मनगढन्ते सिवाय केही होइन। यसको लागि एउटै पनि प्रामाणिक साक्षी छैन। उहाँको इश्वरत्वलाई नष्ट गर्ने यो झुटको पिता शैतानको एउटा प्रपञ्च मात्र हो।

 Republished in new layout 6/12/2013

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In