• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

लाजरस थुलुङको २० औँ पुस्तक “आशाको श्रृतु”

by NC Admin
June 18, 2019
in Articles

पाठक वर्गहरूमाथि आशाको श्रृतु छाउन लाजरस थुलुङको २० औँ पुस्तक “आशाको श्रृतु”
एकदमै कम सिकाइने, चर्चा गरिने र लेखिने विषय हो आशा ।

विशेष गरी नेपाली बजारमा आशा सम्बन्धी बिरलै लिखित पुस्तक, निबन्ध र कथाहरू पाइन्छन् । जिउनको निम्ति आशा एकदमै महत्वपूर्ण र अपरिहार्य तत्व भएर पनि होला यो सुनभन्दा दुर्लभ छ । यही दुर्लभ विषयमा ज्योति ग्रेट कमिसन फेलेसिप चर्चका पास्टर लाजरसले थुलुङले आफ्नो कलम चाली नेपाली जन्ता, ख्रीष्टियान तथा ग्राहकहरूका सामु आफ्नो २० औँ पुस्तकलाई “आशाको श्रृतु” नामकरणले उपलब्ध आशाको श्रृतु छाउने मनशाय राखेकाछन् ।
आशाको महत्वलाई बुझी थुलुङले “आशाको श्रृतु” पुस्तकमा निकै बेग्लै प्रकारले आशाको विषयवस्तुलाई प्रस्तुत गरेका छन् । केहीले यसलाई भट्टै हेर्दा मनोविज्ञान तथा आत्मविश्वास बढाउने प्रकारको पुस्तक सम्झिए पनि उनीहरूको कल्पनाबाट यो निकै परको पुस्तक हो । यो पुस्तकमा लेखक थुलुङले पटक-पटक एउटा महत्वपूर्ण सन्देश प्रवाह गर्न खोजेको पाइयो । येशू ख्रीष्ट नै आशाको मुख्य श्रोत, लेखक र पात्र हुनुहुन्छ र उहाँको मृत्यु, गडाइ र पुनरुत्थानले साँचो, स्वर्गीय र जीवित आशा उत्पन्न गर्छ । यो पूर्ण रूपले बाइबलीय पुस्तक रहेको छ उनको मुख्य श्रोतहरू बाइबल, प्रचारक, दर्शनशास्त्री, आफ्नै हजुरबा अनि भजनकारहरू रहेका छन् । साँचो, जीवित र स्वर्गीय आशा धर्म, भौतिक प्रगति र ज्ञानको प्राप्तिले होइन तर ख्रीष्टको क्रूसले ल्याउने दाबीहरू यस पुस्तकमा पाइन्छ ।
पुरानो करारबाट अब्राहाम, मोशा र योसेफ अनि नयाँ करारबाट पत्रुस र पावलको उदाहरण दिँदै कसरी बाइबलका महा नायकहरू जस्तो सुकै गम्भीर परिस्थिति आइपरे पनि आशाको कारण टिकिरहे भनी उनले आशाको ह्रि्रू र ग्रीकको शब्दार्थ दिँदै रहस्यहरू प्रकट गर्ने जमर्को गरेकाछन् । बाइबलबाट पुष्टि दिँदै यी नायकहरूले पृथ्वीको जीवनमा मात्र होइन तर भविष्यमा मृत्युपछि एक स्वर्गीय गन्तव्य, राज्य र परमेश्वरसँग हुने आशाले जिएको बताएकाछन् ।
पुस्तकभरि आशा एक सित्तैको उपहारस्वरूप परमेश्वरले आफ्ना मानिसहरूलाई त्यसको उत्तराधिकारी तुल्याउनुभएको र येशू मर्नुभएर जिउनुभएको कारण त्यो आशा विश्वासीहरूको भाग हो जसले तिनीहरूलाई फलदायी बनाउँछ, रूपान्तरण गराउँछ, भविष्यलाई हेर्छ र वर्तमानमा  धैर्यसाथ पर्खिरहन्छ, सुरक्षित तुल्याउने थुलुङले याद दिलाउँछन् ।
येशूमा नै किन आशा गर्नुपर्ने ? भन्ने बारे धेरैको प्रश्न हुनसक्छ तर थुलुङले यस पुस्तकको अध्याय ७ गहिकाला कारणहरू पाठकहरू माझ पस्किएकाछन् । ती कारणहरू मध्ये यी पर्छन् : आशाले साहस, भरोसा, गौरव, सुरक्षा र आनन्द दिन्छ । आशाले प्रेम, विश्वास र प्रशंसा गर्न डोर्‍याउँछ, आशा अनन्तको धन हो र यसले वैवाहिक जीवनलाई जीवित राख्छ, भविष्यालाई चियाउँछ र स्थिरता ल्याउँछ । यो ७ अध्याय थुलुङको यस पुस्तकको सबैभन्दा लामो २८ पानाहरू भएको अध्याय हो ।
लेखकको आह्वान यो छ कि सबै मानिस सत्य, स्वर्गीय र जीवित आशाको नागरिक हुनुपर्छ । यस पृथ्वीमा कोही सदाको लागि रहँदैनन् र आशा यस पृथ्वीको लागि मात्र गर्नु धोकामा पर्नु हो किनभने यो क्षणिक छ तर दीर्घकालिन अनन्त आशा गर्नुपर्छ जुन ख्रीष्टमा जडिएको हुन्छ । आशा गर्दा धेरै कष्ट आइपर्छ र कष्टलाई पार गर्ने शक्तिचाहिँ येशूमा राखिएको आशा नै हो । त्यसैले लेखकले आशाको कैदी हुनुपर्नेमाथि जोड दिन्छन् । त्यसैको लागि येशूले उपहार स्वरूप आशा दिनुभयो, येशू मर्नुभयो, गाडिनुभो, बौरी उठ्नुभो, र्स्वर्गरोहण हुनुभो अनि पुनःआगमण गर्नुहुनेछ । त्यसैको लागि उहाँले विश्वासीलाई चुन्नुभयो, उहाँको परिवारमा धर्मपुत्र तुल्याउनुभयो, पापबाट स्वतन्त्र गर्नुभयो, उत्तराधिकार तुल्याउनुभयो र पवित्र आत्माको छाप लाउनुभयो । यही आशामा प्रशस्तता छ र विश्राम छ ।
लेखकको सुझाव यो छ कि जसरी विश्वासका महा नायकहरू आशाको छाप हामीमा राखी संसारलाई फरक पारिरहेकाछन् उसैगरी हामीले पनि आशाको श्रृतुमा लागिरहनुपर्छ र यो श्रृतु आफ्नो भावी पुस्तामा छाइरहनुपर्छ किनभने विश्वासीको एकमात्र आशाको श्रृतु परमेश्वर स्वयम् हुनुहुन्छ । परमेश्वरसँग शब्दकोश छ भन्छन् थुलुङ जस अनुसार,”परमेश्वरको डिक्सनरीमा निराशा भन्ने छैन । किनकि उहाँ आशाको परमेश्वर हुनुहुन्छ,” र उनले यो पुस्तकभरि आशाको श्रृतु संसारको मौसमी श्रृतु जस्तो बदलिदैन भनेको छन् । यो आशाको श्रृतु अपरिवर्तनीय छ जसले केवल मानिस, संसार र अरू परिवर्तनशील सृष्टिलाई भलाइको लागि रूपान्तरण गर्न अगम्य सदाको लागि छाइरहनेछ ।

–थोमस बोगटी (किताबको किरो, लेखनदास)

पुस्तकको नामः आशाको श्रृतु (बाइबलीय आशा)
लेखक: लाजरस थुलुङ
वितरक: Edonai Books: Damak
Jyoti Great Commission Fellowship Lalitpur
डिजाइन र प्रिन्ट: Sarbada Printing Solutions Pvt. Ltd. Lalitpur,
Nepal 9851198576
फोटो सामुएल भोलन

प्रकाशक: अर्पण थुलुङ

 

 

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In