मलाई केहि लेख्न मन लाग्यो हाम्रो नेपालको इसाई संसारको बारेमा। पश्चिमी देशहरुमा आज भोली यूवाहरु चर्चमा देखिदैनन्, केवल बुढा बुढी र ठूला ठूला चर्च भवनहरु संरक्षणविना पुराना थोत्रा जस्ता भएका छन् तर केहि प्रभुका भक्त बृद्धहरु आँशु झार्दै भए पनि संगति गर्न छोड्नु भएको छैन भन्ने सुनेको छु, (तर म आफैले देखेर जानेको होइन)। तर म परमेश्वरलाई मुरिमुरी धन्यवाद टक्रयाउँछु कारण नेपालका चर्चहरुमा यूवाहरु नै लगभग दुइ तिहाई हुन्छन्। प्रभुको प्रशंसा होस्।
अब यो यूवा पीढीलाई अनुशासित भएर अघि बढ्दै जानु भएमा येशू प्रभु प्रसन्न हुनुहुन्छ। यसमा कति जना यूवाहरु त उदाहरणीय नै हुनुहुन्छ, प्राय सबै नै असल भएमा कति सुन्दर हुने थियो। यसको आमा बुवा, अबिभावकहरु, चर्चका पाष्टर अगुवाहरु, स्कूल कलेजका शिक्षक शिक्षिकाहरुले यो देशका यूवाहरुलाई असल बाटोमा डोर्याउनु आवश्यक छ। संगति बरु छोटो गरौं तर समयमा आउने र जाने बानी बसालौं। उपस्थितीको लागि आधा समय सकिए पछि संगतिमा भाग लिनु अनुसासित जीवन होइन।
अर्को कुरा संगति समयमा शुरु गरौं पछि आउनेलाई प्राथमिकता दिएर ठिक समयमा आउनेलाई अपमान नगरौं। साना नानीहरुलाई आमाहरुले हल्ला नगर्न सिकाऊ रुन्छन् भने संगतिबाट बाहिर लिएर जाऊँ र उनीहरुलाई सिकाऊ।चर्चमा संगतिमा पुल्पीटबाट बक्ताहरुले बोल्दै गर्दा पछाडी हल्ला गर्ने प्रबृति घटेको छैन। प्राय सबै चर्चहरुमा यो हल्ला गर्ने समूह एकै ठाउँमा बस्ने गर्नुहुन्छ। एकअर्कोसँग कुराकानी गर्नु पर्छ तर संगति सकिए पछि, संगतिको समयमा यस्ता कुराहरुले अरुलाई बाधा पर्छ र यो अनुसासित जीवन पनि होइन।
चर्चको संगतिमा बस्दा पहिले आउनेहरु अगाडि अरु बस्ने ठाउँ नराखि बसिदिनु भएमा घरिघरी अगाडी सरि दिनु होला अगाडी सरी दिनुहोल भन्नु पर्ने थिएन
होइन र < अर्को कुरा प्राय सबै चर्चहरुमा केहि बेञ्च र मेचहरु राखिएका हुन्छन् यो बृद्ध बृद्धाहरु, विदेशी पाहुनाहरु भुइमा बस्न नसक्नेहरुको लागि तर त्यसमा प्राय यूवाहरु बस्न रुचाउनु हुन्छ यस्तो नगरी दिए राम्रो।
चर्चको संगतिमा आउँदा बाइबल, भजन किताब, नोटबुक लिएर हिड्ने बानी गर्दा राम्रो देखिन्छ र अरुसँग हेर्नको लागि घाँटी तान्नु पर्दैन। नयाँ मानिस आउनु भएमा सहायता गरी दिन राम्रो हुन्छ। जस्तै बाइवलका किताबहरु पत्ता लगाई दिने (किनकी बाइबल किताबहरुको किताब हो) गीत भजन नम्बर बताई दिने आदि।
यूवाहरुले बृद्ध बृद्धाहरुको आदर गर्नु आवश्यक छ किनकी उनीहरुमा ताकत बल छ र बढि खट्न सक्छन् तर पाकाहरुलाई इच्छा हुँदाहुदै पनि शारीरिक असक्तता हुन्छ यो कुरा हाम्रा यूवाले बुझि दिनु भएमा सुनमा सुगन्ध हुन्छ।
टेक भण्डारी
बेथ-शालोम, पुतलीसडक ।
Republished in new layout 5/29/2013
Previous Comment
written by Dhruba Adhikari , May 22, 2011
Tek daaju i like very much this article! May God
bless you and keep it up for the glory of God. Thanks
Dhruba
Discussion about this post