ललितपुर- डिसेम्बर महिनाको सुरूदेखि नै नेपालका पनि मुख्य मुख्य सहरहरूमा होटेल, सुपरमार्केट र अन्य स्थानहरूमा झिलिमिली बलेको बत्तीले सजाइएको क्रिसमस ट्री देख्न थालिएका छन्। क्रिसमसलाई कसैले रमाइलो पर्वको रूपमा लिन्छन् भने कसैले साथीभाईहरूसँग भेटघाट रमाइलो गर्ने र चर्चमा जानेहरूलाई शुभकामना दिने प्रकारले पनि पछिल्लो समयमा मनाउन थालिएको छ। ख्रीष्टियनहरूले भने क्रिसमसको समयमा चर्चहरूमा, कार्यक्रमहरूमा समाजकामा मानिएकाहरू, नेताहरू, समाजसेवीहरु र छिमेकीहरूलाई बोलाएर क्रिसमसका गीतहरूमा नृत्य, नाटक देखाउने, केही उपहारहरू दिने र सँगै भोज खाने चलनहरू विस्तारै बढ्न थालेको पाइन्छ। क्रिसमस २०१८ को अवसरमा नेपाल राष्ट्रिय ख्रीष्टियन मण्डली सङ्गतिको (NCFN) ले मंसिर २७ गतेका दिन ललितपुरस्थित कार्यालयमा उपत्यकाका पास्टर अगुवा तथा विभिन्न संस्थाका पदाधिकारीहरूको बिचमा ख्रीष्टमस तथा नयाँ वर्ष २०१९ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। परमेश्वरको सेवाको निम्ति एक आपसमा सम्बन्ध विस्तार र सहकार्य गर्न क्रिसमसको शुभकामना आदानप्रदानको लागि भएको कुरा शुभकामना कार्यक्रमले देखाएको थियो।
क्रिसमस तथा नयाँ वर्षको शुभकामना आदन–प्रदान कार्यक्रममा एन.सी.एफ. नेपालका केन्द्रीय अध्यक्ष रेभ. हनोक तामाङज्युले सहभागीहरूलाई स्वागतगर्दै शुभकामनाको साथ संस्थाको भावी कार्यदिशाको बारेमा बताउनु भएको थियो ।
शुभकामना आदानप्रदान कार्यक्रममा क्वाइनोनिया मण्डलीका बरिष्ठ पास्टर डा. मंगलमान महर्जनज्यूले क्रिसमसको सन्देश बाड्नु भएको थियो। क्रिसमस वा ख्रीष्टमस अब येशू ख्रीष्टलाई पाइसकेकाहरूको जीवनबाट गवाही भएर देखिनुपर्छ भन्ने सन्देश दिनुभएको थियो। येशू संसारको ज्योति हुनुहुन्छ। उहाँले भनेको सन्देश, “मलाई विश्वास गर्नेहरू अँध्यारोमा हिड्डुल गर्नपर्दैन” भन्ने बाइबलको खण्डलाई स्मरण गराउँदै, येशूमा नै शान्ति आनन्द र उद्धार भएको कुरा अब ख्रीष्टलााई पाएकाहरूको जीवनबाट झल्किनुपर्छ भन्ने सन्देश डा.मंगलमान महर्जनले दिनुभएको थियो।
शुभकामना दिने क्रममा एजी.एन.को तर्फबाट पा मुकुन्द शर्मा, एन.सी.एस.को तर्फबाट पा. टंक सुबेदी, नमुना समुदायको तर्फबाट पा. शामुएल सोदेम्बा लगायत पास्टर गणेश श्रेष्ठ, डा. तिर्था थापा, डा. महेन्द्र भट्टराइ र NCFN को पुर्वक्षेत्रको प्रतिनिध्त्वि गर्दै पास्टर हिमालराईले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रमलाई महासचिव रेभ. शेर ए.सीज्यूले सञ्चालन गर्नुभएको थियो भने अन्त्यमा केन्द्रीय सचिव पा. वीरबहादुर तामाङले सहभागीहरूलाई धन्यवादज्ञापन गर्नुभएको थियो र डा. कर्णबहादुर तामाङको अन्तिमा प्रार्थनाद्वारा कार्यक्रम समापन भएको थियो ।
Discussion about this post