धादिङ- भदौ १२। धादिङ जिल्लाका उत्तरी भेगका मण्डलीहरूका पास्टर अगुवाहरू महिनामा वा दुई महिनामा एकपटक उपवास प्रार्थनाको लागि विभिन्न हिमाली/पहाडी क्षेत्रहरूमा गएर एक / दुई दिन उपवास प्रार्थना गर्दै आएका छन्। उपवास प्रार्थनामा मण्डलीको लागि, संगतिहरूको लागि र देशको लागि प्रार्थना गर्ने गर्दछन्।
भदौ महिनाको प्रार्थनामा धादिङ, रसुवा र नुवाकोटका २३ वटा मण्डलीबाट १७३ जना पास्टर अगुवाहरू धादिङ जिल्लाको पान्साङ पहाडमा गएर एक दिने उपवास प्रार्थना गरेका छन्। भदौ ११ गते प्रार्थानाको लागि यात्रा गरेर भदौ १२ गते डाँडामा पुगेर प्रार्थान भेला भएको थियो। दुई दिन पैदल यात्रा गरी डाँडामा पुगेर प्रार्थना गरेका थिए।
प्रार्थनामा उत्तरी भेगका मण्डलीहरू धेरै समय विताउने गर्दछन्। आत्मिक जागृति र मण्डली विस्तारमा उपवास प्रार्थना सभा, संगति र चङ्गाई कार्यक्रमको प्रत्यक्ष फाइदा भएको छ।
Discussion about this post