• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

स्कूलमा धर्मको प्रचार नगरे के अपराधको प्रचार गर्नु ?

by NC Admin
August 12, 2018
in Articles

कुमारसिंह विष्ट ।
प्रसंग ‘न्यूज ट्वान्टीफोर’ टेलिभिजनमा यही शनिबार (२६ साउन ०७५) मा रबी लामिछानेद्धारा होस्ट गरिएको सिधा कुरा जनतासँग कार्यक्रममा कोटेश्वरस्थित गुड सेर्फड स्कूलका प्रिन्सिपलले विद्यार्थीलाई धर्म प्रचार गर्न अभ्रि्रेरित गरे भन्ने समाचारमूलक सामग्री ।
रबी जी बालबालिकालाई धर्मका कुरा प्रचार नगरे के पाप र भ्रष्टाचारका कुराको प्रचार गर्ने? यदी कुनै स्कूलको प्रिन्सिपल हिन्दु धर्ममा आस्था राख्ने छ भने त्यस्ता स्कूलका प्रिन्सिपल वा शिक्षकले आफ्ना विद्यार्थीलाई सरस्वती वन्दना र पूजा अर्चना गर्न लाएका हाम्रा सामू थुप्रै त्यस्ता उदाहारण छन् । त्यसो भए सरस्वती वन्दना जप्नु र पूजा आजा गर्नु यो के हो त ? यसलाई धर्म प्रचार होइन भन्नुहुन्छ तपाई । चाहे त्यो स्कूलमा होस् या विश्वविद्यालयमा होस् । पाप होइन धर्म प्रचार गर्न पाउनु पर्छ । किनकि धर्मले नै मानिसलाई नैतिकवान वनाउछ । जुन कुरा बाल्यकालदेखि नै आफ्ना बालबालिकालाई सिकाउनु आवश्यक छ ।
संविधानको धारा २६ ले आफूले चाहेको धर्म अंगाल्न पाउनु व्यक्तिको अधिकार हो भनेर सुनिश्चित गरेको छ । मानव अधिकारको विश्वव्यापी घोषणामा पनि यस्तो ‘र्राईट’ सवै नागरिकलाई हुनेछ भन्ने ग्यारेण्टी गरेको छ । नेपाल देश संयुक्त राष्ट्र संघको सम्मानित सदस्य पनि हो ।
के शिक्षक, के विद्यार्थीले धार्मिक्ताका कुरा त प्राथमिक्ताका साथ गर्नर्ुपर्छ र सिकाउन पाउनर्ुपर्छ । यो मानिसको फन्डामेन्टल राइट हो । हो, कसैले कसैलाई जर्वजस्त धर्म प्रचार गर्नुहुँदैन र गर्न पाइदैन पनि । यदी कसैले कसैलाई जर्वजस्त धर्म प्रचार गरयो र गर्न लगायो भने यस्का विरुद्ध देशमा विद्यमान कानुन छ । यसो गरेको खण्ड वा चित्त नवुझेको अवस्थामा जोसुकै पनि कानुनी प्रक्रियामा जान सक्छ -यो मेरो पनि मान्यता हो । यसमा दर्ुइ मत छैन् ।
तर सवाल धर्मको हो, पापको होइन, धार्मिक्ताको होः अपराधको होइन । धर्म असल हो यो धुब्र सत्य कुरा हो । पाप खराब हो-यो पनि धुब्र सत्य कुरा हो । त्यसो भए मानिसलाई असलको पछि लाग्ने र खराबलाई छोड्ने अधिकार जन्म सिद्ध छ-जसलाई वाक स्वतन्त्रता भन्छौ । इश्वरले मनिसलाई असल र खराब छुटयाउने ज्ञान दिएका छन् ।
आफ्नो छत्रछायाँमा स्कूले शिक्षामा हर्ुर्किदै गरेका विद्यार्थीलाई असल कुरा सिकाउनु संसारको कुनै पनि स्कूलका प्रिन्सिपल वा शिक्षकको नैतिक कर्त्तव्य हो । अब मलाई भन्नुहोस् प्रिन्सिपल वा शिक्षकले आफ्ना विद्यार्थीलाई कुनै पनि धर्मको आधारभुत शिक्षा सिकाउनु उसको नैतिक जिम्मेवारी हो की होइन ? त्यसो भए सारा विश्वले असल मान्दै आएको धर्म तथा संस्कृतीको कुरा आफ्ना विद्यार्थीलाई सिकाउनु सेर्फड स्कूलका प्रिन्सिपलले के अपराध गरे ?? यदी उनले प्रार्थना गरेकै हुन भने पनि कार्यक्रम प्रस्तोता भन्छन् ती स्कूलका प्रिन्सिपललाई कडा भन्दा कडा कानुनी कारवाही हुनुपर्छ । उनलाई किन कारवाही गर्ने ? के अपराध गरेका छन् उनले प्रार्थना गर्न सिकाएर ? उनले विद्यार्थीहरुलाई हात, हतियार, बम, बारुद त वोक्न न सिकाएनन् र प्रचार गरेनन् होलान नी । यो कुराको साक्षी त ती नै बालबालिकाहरु र तीनका अभिभावक होलान नी । खोई उनीहरुको बाइट्स प्रसारण सामग्रीमा । सेर्फड स्कूलसँग सम्बन्धीत यो टेलिभिजन प्रसारण सामग्री असन्तुलित छ, पत्रकारीताको नमस् अनुसार पत्रकारले यस्ता सामग्री प्रसारण गर्नुपूर्व दुवै पक्षसँगको अन्तर्वार्ता र श्रोत उल्लेख गर्नु नितान्त आवश्यक देखिन्छ । जुनचाहिँ भिडियो रिपोर्टमा घटनासँग सम्बन्धीत प्रमाणकोरुपमा फुटेज नै देखिदैन । यस्ता प्रसारण सामग्रीले आम दर्शकमा टेलिभिजनप्रतिको विश्वसनियतामा नै प्रश्न खडा् गराएको छ ।
यदी टेलिभिजन कार्यक्रममा स्कूलले धर्म प्रचार गरेको हो भने पनि, होला प्रिन्सिपलको विवेकमा कुनै दिन विद्यार्थीलाई प्रार्थना गर्न सिकाउनु पर्छ भन्ने भयो होला आफ्ना विद्यार्थीलाई प्रार्थना गर्नलाई प्रेरित गरे होलान रे । यो कसरी अपराध भयो र त्यही पनि शनिबारको दिन ?
पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टर्राई पनि गोरखाको लुइटेल स्कूलमा ख्रीष्टियान प्रिन्सिपलको छत्रछायाँमा आफ्नो स्कूल अध्ययन गरेका होइनन र ? उनलाई त्यहाँ ख्रीष्टियान धर्म मान्ने प्रिन्सिपलले जीवन र जगतका कुरा सिकाएका होइनन र ? त्यती बेला उनलाई ति प्रिन्सिपलले प्रार्थना गर्न आव्हान नगरेका होलान र ?
ख्रीष्टियान धर्मको बाइबलले भन्छ? बालकलाई अहिले नै उ हिड्नु पर्ने असल मार्गमा हिडाउन सिकाओ ता की उसले त्यो कुरा बृद्ध अवस्था सम्ममा गरिरहन्छ । यसकारण स्कूलमा मात्र होइन घरमा पनि बालबालिकालाई उनीहरु बाल्यअवस्थामा हुँदा नै असल कुरा सिकाइहाल्नु पर्छ? यो बालबालिकाको अभिभावकको पनि जिम्मेवारी हो ।
शिक्षकले विद्यार्थीलाई पापको प्रचार गर्न उक्साहट गरे वा तत् सम्बन्धी अभ्यास नै गर्न लगाए पो त्यो अपराध भयो ? यस्तो कुरा मान्न सकिन्छ । नत्रता अनाहकमा सेर्फड स्कूलमा बालबालिकालाई धर्म प्रचार गरियो भनेर धर्म जस्तो पवित्र कुरालाई अपराधसँग जोडेर मिडियाबाजी गर्नु उल्टै ती स्कूले बालबालीकामाथि मनोविज्ञानमा असर पारी उनीहरुको भविष्यमथि खेलवाड गर्नु हो । यद्यपी ती स्कूलका बालबालीकाका अभिभावकसँग मेरो कुरा भएको छैन् के टेलिभिजनमा प्रसारण भए जस्तै अभिभावकको अनुमती बिना शनिबार स्कूलमा विद्यार्थीलाई धर्म प्रचार गरिएको हो भनेर । यस बारे पनि अनुसन्धान होला र हुनुपर्छ ।
यदी विद्यार्थीले प्रार्थना गरेका हुन् भनेपनि स्कूलका विद्यार्थीले प्रार्थना गर्दा कसरी पापको प्रचार भयो भनेर अनर्गल प्रचार गर्दै हुनुहुन्छ ? समाचार सामग्री निमार्ण्र्ाार्दा विश्वनीयता र सन्तुलीत समाचारलाई ध्यान दिनु पर्दैन र ? धर्म जस्तो पवित्र कुरालाई लिएर हट न्यूज बनाउनु पर्छ ? प्रस्तोताकै भाषामा भन्ने हो भने यदी यो स्कूलमा धर्मकै प्रचार भएको हो भने पनि किन यसलाई अपराधसँग जोडिएर सनसनीपूर्ण न्यूज कभर गरियो ? के धर्मको प्रचार गर्नु गलत थियो र ? धर्म गर्नु र मान्नु के यो अपराध हो ? संविधानको कुन धारामा यसबारे उल्लेख छ ? धर्म गर्नु गलत भनेर ।
स्कूलमा होस् या विश्वविद्यालयमा यदी विद्यार्थीको इच्छा अनुरुप हो भने धर्मका कुरा गर्न, सिक्न र सिकाउन देशको संविधान र कानुन पनि वाधक वन्नु हुँदैन । धर्मले देशलाई बनाउ, देशको समृद्धि गर, भाइचारा कायम गर, छिमेकीलाई प्रेम गर, आफ्नो शत्रुलाई आफू झैं प्रम गर, उन्नती गर, प्रगती गर, आमाबुबाको मानसम्मान गर, नम्र बन, हत्या नगरा, हिंसा नगर, शिक्षकको सम्मान गर आदीआदी कुराहरु नै सिकाउने होइन र –
कुरै गर्ने हो भने स्कूलका हरेक पाठ्यक्रममा धर्मका कुरा अझ प्राथमिकताका साथ राख्नु पर्छ, सिक्नु, सिकाउनु प्रेरित गर्नुपर्छ ।
मेरो छोरी ५ वर्षी भइन, उनी अहिले कक्षा १ मा पढ्छिन् । म उनलाई अहिलेदेखि नै साँझ विहान पर््रार्थना गर्न सिकाउँछु । मेरो सन्तानलाई अहिलेदेखि नै असल कुरा शिक्षा दिनु म बाउ भइकन गर्ने मेरो कर्त्तव्य हो । किनकि म चाहान्छु मेरो छोरी अहिलेदखि नै धर्मकर्म गर्ने होस् र उ अहिलेदेखि नै इश्वरको भयमा जीवन यापन गरोस् । म मेरो पँँच वर्षो छोरीलाई अहिलेदेखि नै यस्तो किन गरि रहेको छु त ? म चाहान्छु, मेरो छोरी वुझ्ने अवस्थामा पुग्दासम्म म यो संसारमा किन र के का लागि छु भन्ने जीवनको साँचो अर्थ के हो भन्ने कुराको ज्ञान पाएर उसले भविष्यमा देशको सेवा गरोस् भन्ने । छोरीले प्ले ग्रूप अध्यन सकेपछि मैले राजधानीमा धर्मकर्ममा विश्वास गर्ने स्कूल खोजीखोजी अन्ततः यस्तै स्कूलमा अध्ययन गर्राई रहेको छु । यो मेरो निम्ति प्राथामिकताको कुरा थियो मैले बाउ भइकन त्यही गरे उनको लागि ।
विभिन्न अनुसन्धानले के देखाएको छ भने धर्ममा आस्था राख्ने मानिसहरु भन्दा नास्तिकहरु नै हत्या, हिंसामा संल्गन भएको देखाएको छ । म मेरो छोरीलाई भविष्यमा कुनै पनि अपराधीक क्रियाकलापमा संल्गन होस् भन्ने चाहान्न । यसको मतलब सवै नास्तिकहरु त्यस्तै हुन्छन् भनेर भन्न खोजेको पनि होइन । यसको मतलब कुनै पनि धर्ममा आस्था राख्ने मानिसबाछ गल्ती हुदैन भन्न खोजेको पनि होइन ।
याहाँ कार्यक्रम प्रस्तोताले मानौ यो स्कूलका शिक्षक वा प्रिन्सिपलले बालबालिकामाथि कुनै ठूलो अन्याय नै गरे । अब उनलाई राज्यले फासी नै दिनर्ुपर्छ भन्ने जस्तो गरेका छन् । कार्यक्रम प्रस्तोताले धर्म जस्तो पवित्र कुरालाई पाहाड बनाउन खोजेका छन् । रिपोर्टमा धर्म प्रचारको यो भिडियो हर्ेर्नुहोस् भनेर भनिएको छः त्यो स्कूलका प्रिन्सिपलले ठूलै पो अपराध गरेछन् क्या रे भनेर देखाउन खोजेर दर्शकलाई भ्रममा पार्न खोजीएको छ । वास्तवमा प्रसारण भएको भिडियो हेर्दा जोकोहीले पनि अनुमान गर्न सक्छन् की वास्तवमा रिपोर्टमा बढाइचर्ढाई गरे जस्तो खासै धर्म प्रचार भएको वा गरिएको केही त्यस्तो देखिदैन भनेर । झट्ट भिडियो हेर्दा लाग्छ की उक्त दिन शनिबार भएको हुनाले त्यो भिडियो शनिबारको प्रार्थनाको भेलाको जस्तो देखिन्छ ।
अर्को कुरा, त्यसो भए हरेक वर्षनयाँ शैक्षिक शत्र शुरु हुँदा राजधानीका सेन्ट जेभियर्स स्कूल र सेन्ट मेरी जस्ता ख्रीष्टियान स्कूलहरुमा दशौं हजार गैहृ ख्रीष्टियान अभिभावकले आफ्ना छोराछोरीलाई त्यही पढाउन चाहेका हुन्छन् । उनीहरुले ती ख्रीष्टियान स्कूलमा नै आफ्ना छोराछोरीलाई किन पढाउन चाहान्छन ? यसको जवाफ छ रबी जी सँग ? यो बारेमा रिपोर्टिङ गर्न सुझाउछु हजूरलाई । सक्छौ भने यस्ता स्कूलहरुमा पनि धर्म प्रचार भयो भनेर ‘एल्लो जर्नालिज्म’ को अभ्यास गर ।

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In