• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, January 17, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

उपत्यकामा मात्रै चार स्थानमा संयूक्तरूपमा पुनरूत्थान महोत्सव, ठुला चर्चहरूका आआफ्नै कार्यक्रम

by Sarju Rijal
April 2, 2018
in NC Photos, News & Events
फोटो राम देवकोटाको फेसबुक वालबाट, भक्तपुर।

ललितपुर- चैत्र १८,  येशू ख्रीष्ट मृत्यूबाट तीन दिनपछि जीवित हुनुभएको हो भन्ने घटना धेरैलाई दन्त्य कथा जस्तो मात्रै लाग्न सक्छ। तर येशू ख्रीष्टमा विश्वास गर्नेहरूले बाइबलमा भनिए अनुसार जीवित हुनुभएको प्रमाणहरूलाई दावी गर्दै संसारभरि सुसमाचार फैलाउँदै आएका छन्। पछिल्लो समयमा कति ख्रीष्‍टयनहरूले खासै प्रचार प्रसारमा जोड नदिएतापनि धेरैजसो चर्चहरू आफ्नो स्थानहरूमा येशू ख्रीष्टको पुनरुत्थानले येशूमा अनन्त जीवन, शान्ति, उद्धार र मुक्ति छ भनि घोषणा गर्दै आएका छन्। यही सन्देश आज इष्टर सन्डेको दिनमा नेपालमा पनि विभिन्न चर्चहरूमा, स्थानहरूमा येशू ख्रीष्टले आफ्नो रगत सारा मानिसहरूको पापको लागि बगाउनुभएको घटनालाई स्मरण गर्दै येशू ख्रीष्टको बारेमा नसुनेकाहरू र विश्वास नगरेकाहरूलाई सुनाउने कार्य गरेका छन्। कतिले चर्चमा प्रार्थना मात्रै गरेका छन् भने कतिले विभिन्न कार्यक्रम पनि राखेर मनाएका छन्।
येशू ख्रीष्टले दिनुभएको महान आज्ञा “सबै देशका जातिहरूलाई चेला बनाओ…” लाई चर्चहरूले पूरा गर्ने कुरामा जोड दिन्छन्। ईसाइ धर्म अर्थात येशूको सन्देश सबै ठाउँमा नपुगोस भनि संसारमा रोक्नको लागि धेरै प्रयास गरिए। तर पनि येशू ख्रीष्‍टलाई व्यक्तिगत रूपमा विश्वास गर्ने मानिसहरूको संख्या त्यतिकै बढ्दै गएको तथ्याङ्‍कमा देखिन्छ। पुनरूत्थान महोत्सवको सन्देश भनेको नै येशूमा विश्वास गरेपछि मात्रै उद्धार, मुक्ति र अनन्त जीवन पाउन सकिन्छ भन्ने हो।
यसपटक काठमाडौं उपत्यकामा मात्रै चारवटा विभिन्न स्थानहरूमा संयूक्तरूपमा पुनरूत्थान महोत्सव २०७४ सम्पन्न भएका छन्। काठमाडौं र ललितपुरका केही चर्चहरुको संयुक्त आयोजनामा विभिन्न स्थानबाट पैदल यात्रा गरी खुला मञ्‍च रत्‍नपार्कमा भेला भएर संयूक्तरूपमा पुनरूत्थान महोत्सव २०७४ मनाएका छन्। पुनरूत्थान महोत्सवका वक्ता पाटन क्वाइनोनिया चर्चका पास्टर डा मंगलमान महर्जन हुनुहुन्थ्यो। यसपटकको संगित झुण्डमा क्वाइनोनिया चर्च र अरू चर्चका सदस्यहरू मिलेर आराधना स्तुति प्रशंसामा डोर्‍याउनुभएको थियो। संयुक्त चर्चहरूको आयोजक समितिका अध्यक्ष डा सिमोन पाण्डेको अध्यक्षतामा महोत्सव सम्पन्‍न भएको थियो। महोत्सवमा चर्चित गायिका अन्जु पन्तको गीत गाउनुभएको थियो।
त्यसैगरी पेप्सीकोला, कोटेश्वर, जडबुटी क्षेत्रका लगभग २२ वटा चर्चहरूको आयोजनामा पुनरूत्थान महोत्सव सम्पन्न भएको छ। महोत्सवका वक्ता रेभ पास्टर दिलीप क्षेत्री हुनुहुन्थ्यो। यो पुनरुत्थान महोत्सव नव जागृति पास्टर तथा अगुवा संगतिले आयोजना गरेको थियो।
भक्तपुरमा पनि भक्तपुर ख्रीष्टियन समाजको आयोजनामा विभिन्न क्षेत्रबाट पदयात्रा गरी खुला मैदानमा भेला भएर पुनरूत्थान महोत्सव मनाएका छन्। महोत्सवका वक्ता पास्टर चन्द्र श्रेष्‍ठ हुनुहुन्थ्यो। लगभग ५० वटा चर्चहरुको सहभागिता भएको कुरा पास्टर मित्र सुनुवारले जानकारी गराउनुभएको छ।
काठमाडौं जिल्लाकै उत्तरीभेग बुढानिलकण्ठ क्षेत्रमा एक पार्टी प्यालेसमा शालोम संगति नेपालद्वारा आयोजना गरि पुनरुत्थान महोत्सव मनाएका छन्। कार्यक्रममा स्थानीय सरकार प्रमुखलाई अतिथिकोरूपमा निमन्त्रणा गरिएको थियो। सभामा पास्टर मिनीकुमार राई वक्ता हुनुहुन्थ्यो। पास्टर साइमन गुरूको संयोजक्त्वमा कार्यक्रम सम्पन्न भएको थियो। बुढानिलकण्ठ क्षेत्रका केही चर्चहरूले भने आआफ्नै चर्चमा कार्यक्रम राखेका थिए।
यसपटक राजधानीका केही ठुला चर्चहरू नेपाली ईसाइ मण्डलीमा आआफ्नो स्थानमा कार्यक्रम राखेका थिए । बेथशालोम पुतलीसडक चर्चहरूले पनि आआफ्नै क्षेत्रका चर्चहरूमा पुनरुत्थान महोत्सव मनाएका छन्। राजधानीमा भएका एजी चर्चहरु, बप्‍तिस चर्चहरू, केहि मेथोडिस्ट चर्चहरू र प्रेसबिटेरियन चर्चहरूले पनि आआफ्नै चर्चहरूमा पुनरूत्थान महोत्सव मनाएका छन्।
 केहि साल अगाडिसम्म राजधानीमा उपत्यका (ललितपुर, भक्तपुर र काठमाडौं) का चर्चहरूको संयुक्त भेला हुने गरेको थियो। त्यसपछि भक्तपुरबाट आउनेलाई टाढा हुनेभएकोले भक्तपुरको भक्तपुर मै ललितपुर र काठमाडौंको संयुक्तरूपमा हुने गरेको थियो। यसपटक वि सं २०७४ मा राजधानीका ठुला चर्चहरूले छुट्टाछुट्टै आ आफ्ना चर्चहरूमा र कति चर्चहरू मिलेर संयुक्तरुपमा आयोजना गरी पुनरूत्थान वर्ष मनाएका छन्। 

खुलामञ्‍च, रत्‍नपार्क काठमाडौं
खुला मञ्‍च, रत्‍नपार्क, काठमाडौं
Shalom Sangati, Budhanikantha. Photo from facebook of Anita Shrestha
Photo: Pastor Timothy Rai, Pepsicola area

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In