धादिङ आमा तथा दिदीवहिनीहरुको संगतिमा जागृति आएकोछ। भर्खरै धादिङ जिल्लाको सेम्जोङ गाविस स्थित स्वतन्त्र मण्डली सेम्जोङ मण्डलीमा दिदीवहिनी संगति भब्य रुपमा सम्पन्न भएको छ। धादिङ जिल्लाको उत्तरी भेगमा रहेका २७ वटा मण्डलीहरूबाट करिब ३०० जना दिदीबहिनीहरु आत्मिक जागृति दिदीवहिनी संगतिमा सहभागि हुनभएको थियो। दिदीवहिनी संगतिको लागि २ दिनको बाटो हिंडेर भएपनि संगतिमा आउनुभएको थियो। उत्तरी भेगका दिदीवहिनीहरूमा आत्मिक तृष्णा भएको र सेवा संगतिप्रति धेरै उत्साहित भएको सजिलै अनुमान लगाउन सकिन्छ। दिदीवहिनी संगतिको लागि वक्ताहरू बृचेत अभिषेक मण्डलीबाट मैतीमाया घले , सेतीमाया तामाङ, प्रेमिका तामाङ र क्यूङ मण्डलीबाट कान्छीमाया तामाङ हुनुहुन्थ्यो। उत्तरी भेगका चर्चका दिदीवहिनीहरू विगत ३ वर्ष अघिदेखि नै हिमालयन त्रिएक दिदीबहिनी सेवाकाइबाट धादिङ, नुवाकोट र रसुवाको थुप्रै मण्डलीहरुमा प्रर्थाना सभा, दिदीवहिनी सम्मेलन र कार्यक्रमहरू गर्दै आउनुभएको छ। यस्तो खालको संगतिमा विस्तारै आवश्यक्ता महशुस गर्दै कार्यक्रमको माग बढ्दै गएको छ। सुरूका समयमा थोरै संख्यामा संगति हुने गर्दथ्यो। हाल धेरै चर्चको सहभागिता रहेको छ।
Discussion about this post