थोमस बोगटी।लेखक
२५ ,चैत्र काठमाडौं । हामीले पश्चिमेली देशका गोराहरु र अविश्वासी नेपालीहरुमा बाईबलिय प्रभाव पार्ने केहि उपायहरु यसप्रकारको हुन सक्छ।
शनिबार हप्ताको सातौ दिन हो र नेपाल लगायत इस्राएलमा शनिबारनै सार्वजानिक बिदा भनिएर कानुन बनेको छ। संसारको प्रायजसो देशहरुमा आईतबारलाई सार्वजानिक बिदा भनिएर गरेको कानुन खासगरी पश्चिमेली देशका भितेपात्रो अनुसारको परम्परा हो। यहि हप्ताको पहिलो दिन आईतबारलाई ति देशका ख्रिष्टियनहरु आफ्नो ईक्षाबमोजिम शबात दिन पनि भनेर धार्मिक नियम बनाए जुन बास्तवमा अबाईबलिय छ। बाईबलमा शबात दिन जुन सातौ दिन हो त्यसलाई परमेश्वरको विश्राम दिन हो भनी बताएको छ जुन यस अधुनिक युग अनुसार शनिबार पर्न आउँछ। नेपाली र इस्राएलका ख्रिष्टियनहरुको लागी शबात दिन शनिबार नै परेको कारण परमेश्वरको साँचो विश्रामको दिनको गवाही यस समकालिन युगमा पनि जीवितै छ र पश्चिमेली अबाइबलिय आईतवारे शवात एक हाँसो भएको छ। हप्ताको सातौ दिन शनिबारनै परमेश्वरको विश्राम पालन गरी सम्पुर्ण गोराहरुमा नेपलाी ख्रिष्टियनहरुले बाईबलिय शबातको महिमा झल्काउन सक्नेछन्।
Discussion about this post