• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपाल ख्रीष्टियन समाजद्वारा उर्जामन्त्री शर्मालाई अभिनन्दन

by Sarju Rijal
February 4, 2017
in NC Photos, News & Events

ncs_programसर्जु रिजाल, काठमाडौं, २५ पुस २०७३, नेपाल ख्रीष्टियन समाजले राजधानी लगायत अन्य क्षेत्रहरूलाई लोडसेडिङ मुक्त बनाउने माननीय उर्जा मन्त्री जनार्दन शर्मा “प्रभाकर”लाई एक भव्य कार्यक्रमका बीच HDCS कार्यलय भैसेपाटी, ललितपुरमा अभिनन्दन गरेको छ।

लामो समयदेखि नेपालमा दैनिक ९ देखि १८ घण्टासम्म लोडसेडिङ हुँदै आएको थियो। जलश्रोतको धनि देश भनेर नेपाल चिनिएपनि राजधानी जस्तो ठाउँमा पनि जनताहरु अँध्यारोमा बस्न बाध्य थिए। वर्तमान सरकारले विकासको गतिलाई तिब्रता दिने क्रममा माननीय उर्जा मन्त्री, उर्जा सचिव र नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशकले गरेको कामको सह्राना गर्दै जनताको आवश्यकतालाई ध्यानमा राखेर लोडसेडिङ मुक्त बनाइ देशलाई उज्यालो बनाउन सफल कदम चाल्नुभएका र आम जनताको मन मष्तिस्कबाट विर्सन नसकिने व्यक्तित्वहरूको लागि नेपाल ख्रीष्टियन समाज, स्थानीय नागरिक समाज र रेलिजियस लिवर्टी फोरम नेपालले संयूक्त रूपमा अभिनन्दन समारोह राखेको हो।
अभिनन्दन समारोहमा प्रोफेसर डा राजेन्द्र कुमार रोङगोङले माननीय उर्जा मन्त्री जनार्दन शर्मा “प्रभाकर” लाई अभिनन्दन पत्र हस्तान्तरण गर्नुभएको थियो। एनसिएफ नेपालका सल्लाहकार तथा पास्टर डा सिमोन पाण्डेले मन्त्री शर्मालाई दोसल्ला ओढाउनु भएको थियो भने विलिभर्स चर्च डायोसिस नेपालका विशप डा नारायण शर्माले फुल गुच्छाले स्वागत गर्नुभएको थियो। उर्जा सचिव श्री अनुप कुमार उपाध्याय र नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि अभिनन्दन गर्ने कार्यक्रम थियो तर व्यस्तताको कारणले कार्यक्रममा आउन नसकेपनि अभिनन्दन पत्र सम्बन्धित ठाउँमा गएरै अभिन्नदन गर्ने कुरा नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेलले समारोहमा जानकारी गराउनुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि माननीय उर्जा मन्त्री शर्माले आफ्नो मनतव्य राख्ने क्रममा आफू कुनै पनि धर्म नमान्ने तर सबै धर्मलाई सम्मान गर्ने गरेको कुरा बताउनुभएको थियो। धर्मको नाममा मानिसलाई अन्धो बनाउने, सृजनशिल हुन नदिने जस्ता कार्यको विरोधी भएको पनि बताउनु भएको थियो। धर्म निरपेक्षता सबै धर्मलाई समान गर्न ल्याइएको बताउदै धर्म निरपेक्षताको परिभाषा भन्दा मुख्य कुरा धर्म निरपेक्षता हो। त्यो आधारमा राज्यले व्यवहार गर्नुपर्छ त्योभन्दा बाहिर गएर व्यवहार गर्‍यो भने त्यो गैरकानुनी गैरसंवैधानिक हुने कुरा पनि बताउनुभएको थियो। इसाईहरूमाथि विभिन्न ठाउँमा घटेका घटनाहरूको सम्बन्धमा सही मुल्याङ्कन गर्नुपर्ने कुरामा जोडदिंदै र धर्मको नाउँमा मुद्दा गर्न नपाइने कुरा पनि बताउनुभएको थियो। आफूले गर्न सक्ने काम गर्ने प्रतिवद्धता जनाउदै पञ्चायती कालमा र बहुदलिय प्रजान्तत्र आएपछि पनि चर्चहरूको पक्षमा आफूले मानविय सेवा गरेको काम पनि बताउनु भएको थियो।
बोल्ने क्रममा उर्जा मन्त्री शर्माले आम नेपाली जनताले लगानि गर्न सकोस भनेर अनलाईनबाट नै लगानी गर्न वेबसाइट  http://www.moenonline.moen.gov.np/login  लञ्च गरेको बताउनुभयो। लगानी छैन भनेर जलबिधुतको काम नरोकियोस भनेर यो कार्य गरिएको बताउनु भयो। नेपालको पानी जनताको लगानी भन्ने नारा अनुसार यसमा विश्वभरी भएका नेपालीहरूले लगानी गर्न सक्छन् र कति लगानी गर्ने प्रतिवद्धता गर्न सक्छन्। यसबाट ५/७ वटा हाइड्रो पाउर बनाउने पैसा उठ्नसक्ने कुरा पनि बताउनु भयो। नेपाली जनतालाई सेवा, सुविधा दिने र धनि बनाउने योजना भएको कुरा पनि बताउनु भयो। बिधुत बिक्री गर्नभन्दा देशलाई पुग्ने बिजुली उत्पादन गर्ने कुरामा जोड आफू रहेको बताउनु भयो। उर्जा उत्पादन नगर्ने बिक्री गर्ने बजार रोक्ने विज्ञहरूको प्रवृति छ। राम्रा परियोजनाहरू आफू नगर्ने अरूलाई दिने राजनैतिक प्रवृतिको कारणले ठुला समस्या भएको बताउनु भयो। यसलाई अन्त गर्नको विभिन्न प्रयास भएको पनि बताउनुभयो।  अन्तमा मन्त्री शर्माले उर्जाको विकास नगरि अरू विकास गर्न असम्भव भएको कुरा बताउँदै नेपाललाई आत्म निर्भर बनाउनको लागि अबको समयमा उर्जा विकासलाई तिब्र विकासको आवश्यक्ता भएको बताउनुभयो।

मनतव्य दिने क्रममा नेपाल ख्रीष्टियन समाजका सल्लाहकार तथा समाजसेवी HDCS  डा तिर्थ थापाले नेपालमा इसाईहरूले सामाजिक क्षेत्रमा ठुलो योगदान दिएको कुराको स्मरण गराउनुभयो। शिक्षा, स्वास्थ्य र विकासका काममा इसाईहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। त्यसैगरी नागरिक समाजको तर्फबाट विश्वधोज बस्नेतले पनि उर्जामन्त्रीले गरेको कामको प्रशंसा गर्नुभयो।
सोही अवसरमा रिलिजियस लिबर्टि फोरमले सबै चर्चहरूको तर्फबाट तयार पारिएको ध्यानाकर्षण पत्रको बारेमा अभिनन्दन कार्यक्रमका सञ्चालक रिलिजियस लिवर्टी फोरम नेपालका अध्यक्ष तथा एनसिएसका सहअध्यक्ष पास्टर टंक सुबेदीले स्पष्ट्याउनु भयो। साथै इसाईहरूमाथि राज्यले वेवास्ता गरेको गुनासो सुनाउदै विभिन्न घटनाहरूको बारेमा पनि बताउनु भयो। कार्ययक्रम सञ्चालन गर्नेक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट आएको परिपत्रले क्रिश्चियन संस्थाहरूलाई कानुनि रूपमा काम गर्न नदिएको कुरा पनि बताउनुभएको थियो। ध्यानाकर्षण पत्र एनसिएस नेपालका सचिव तथा रिलिजियस लिवर्टी फोरमका अभियान्ता रेभ पास्टर मुकुन्द शर्माले उर्जामन्त्री शर्मालाई बुझाउनु भयो।

व्यवस्थापिका सांसद लोकमणी ढकालले मनतव्य दिने क्रममा नेतृत्व वर्गमा इमान्दारिता हराएको कारण सबै क्षेत्रमा समस्या देखिएको बताउँदै उर्जा मन्त्रीले जस्तै गरी अरूहरूले पनि अभिनन्दनको बाटो रोज्न आह्वान गर्नुभयो। सरकार परिवर्तनसँगै थुप्रै उर्जामन्त्री आएपनि लोडसेडिङ हट्न सकेको थिएन। लोडसेडिङ शब्द पर्यावाची भइसकेको बताउँदै इमान्दार नेतृत्वले मात्रै असल काम गर्न सक्ने कुरामा जोड दिनुभएको थियो।

अभिनन्दन समारोहमा ख्रीष्टियान समाजका अध्यक्ष पास्टर वर्णवास श्रेष्ठको अध्यक्षतामा भएको सहारोहको अन्तिम प्रार्थना प्रा डा राजेन्द्र रोङगोङको प्रार्थनाद्वारा कार्यक्रम सकिएको थियो।

Related Posts

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In