भदौ ९ – इटालीमा बुधबार बिहान गएको ६.२ को भूकम्पमा ज्यान गुमाउनेको संख्या २४७ पुगेको छ। शक्तिशाली भूकम्पका कारण ३६८ जना घाइते भएको समाचार छ। लगभग ४३०० भन्दा बढि ध्वस्त भएका घरहरूको भग्नावशेषमा पुरिएको आशंका गरिएको छ। राजधानी रोमबाट १०० किलोमिटर उत्तर–पूर्वमा रहेको पेरुगिए शहर केन्द्रविन्दु भएर भूकम्प गएको थियो। भूकम्पका कारण मध्य इटालीको पहाडी क्षेत्र बढी प्रभावित भएको छ। ऐतिहासिक शहर एमाट्रिसेमा सबै भन्दा बढी क्षति भएको छ।
खोजी तथा उद्धार र राहत वितरणको काम भइरहेको सरकारी अधिकारीले बताएका छन्। राजभरी पनि भूकम्पमा परि बाँचेका खोजी तथा उद्धारको काम गरिएको छ। पेशकारा डेल ट्रोन्टो गाउँमा भत्नावशेषमा पुरिएका ८ वर्षकी बालिकाको १७ घण्टापछि जिवितै उद्धार गरिएको छ। इटालीमा सन् २००९ मा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प जाँदा तीन सय जनाको ज्यान गएको थियो।
Discussion about this post