• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ख्रीष्‍टियन समुदायहरूको संयूक्त बैठक सम्पन्न

by Sarju Rijal
July 12, 2016
in News & Events

Christia Sarokar familyकाठमाडौं, असार २२, नेपालमा भएका प्रमुख ख्रीष्‍टियन समूदायहरूको संयूक्त वैठक एनसिएफ को कार्यालय  कुसुन्तीमा सम्पन्न भएको छ। बैठकमा नेपाल ख्रीष्‍टियन समाज, एनसिएफ नेपाल र राष्‍ट्रिय ख्रीष्‍टिय महासंघ नेपालको उपशथिती थियो। एनसिफए नेपालका सल्लाहकार डा. सिमोन पाण्डेको समयोजक्त्वमा संयूक्तरूपमा बैठक सम्पन्न भएको हो। यो बैठकमा सबैले आफ्नो तर्फबाट भएको कामहरूको बारेमा जानकारी गराएका थिए र अगाडि कसरी बढ्ने भन्ने विषयमा केन्द्रित भएर बैठक बसेको कुरा सल्लाहकार समितिका संयोजक डा. सिमोन पाण्डे ज्यूले बताउनुभएको छ। यसप्रकारका घटनाहरू आगामि दिनहरूमा हुन सक्ने भएको हुँदा नेपालका सबै चर्च, समूदाय वा सम्प्रदाय लगायत NCS, NCFN, NFCN का प्रतिनिधिहरूको एउटा अभियान समुह तयार भएको कुरा पनि डा. पाण्डेले बताउनुभएको छ। यसले नेपालमा भएका सबै चर्चहरू, समूदाय वा सम्प्रदाय र संस्थाहरूको पक्षमा काम गर्नेछ। आगामी दिनहरूमा ख्रीष्‍टियन माथि हुने विभिन्न प्रकारका मुद्दाहरूमा यसले नै काम गर्नेछ,  यो अभियानको नाम “ख्रीष्‍टिय सरोकार अभियान” हुने भएको छ। ख्रीष्‍टियनहरूका विरूद्धमा गरिने गतिविधि र कानूनि प्रावधानहरूको सम्बन्धमा यो अभियानले काम गर्नेछ। यस अभियानको लागि प्रमुख निकायबाट प्रतिनिधिहरूको भेला गरी छिटै कार्यसमिति समेत बनाउने कुरा डा.पाण्डेले बताउनुभएको छ।
२२ गते बसेको बैठकले सबै चर्चहरूबाट हस्ताक्षर संकलन गर्ने निर्णय पनि गरेको छ। यसले पनि इसाईहरूले गर्ने धार्मिक क्रियाकलापमा पर्न गएका असरको बारेमा सम्बोधन गर्नेछ।

साझा अभियान “ख्रीष्‍टिय सरोकार अभियान” ले सबैको प्रतिनिधित्व गर्ने भएकोले यसलाई उदाहरणीय काम पनि मान्नुपर्छ। धेरै ख्रीष्‍टियन पास्टर अगुवाहरू र यूवाहरूको चाहनाअनुसार प्रार्थना समूह बनोस्, राज्यमा एउटै आवाज जानसकोस भन्ने छ। यसले सबै इसाई समूदायको प्रतिनिधित्व गर्नेछ। धार्मिक सहिष्णुता कायम राख्‍न यसले मद्दत पुर्‍याउनुका साथै विकासका काममा पनि यसको भूमिका हुनेनै छ। कामहरू विभिन्न क्षेत्रमा भएतापनि ख्रीष्टियन विश्वास वा आश्थाको क्षेत्रमा सबै इसाई सम्प्रदाय वा समूदायहरू एक भएर प्रार्थना गर्न सकून भनि निरन्तर प्रार्थना गरौं।

(यस अघी नै एनसिएस र एनसिएफएन कार्यालयमा भएका बैठकमा बिभिन्न समुहमा कार्यभार बितरण गरिएको थियो।)

(फौजदारी कसूर  विधेयक, २०७१’’ सम्बन्धी प्रचलित कानूनिाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सम्बन्धमा ख्रीष्‍टियनहरूको मौलिक अधिकारलाई हनन गरेको सम्बन्धमा एनसिएस र एनसिएफएनले संयूक्तरूपमा विभिन्न सम्बन्धित सरकारी निकायमा भेट्ने, ज्ञापन पत्र बुझाउने काम गरेको थियो। यसपछि पनि चरिकोटमा ८ जना ख्रीष्टियनहरू धर्म प्रचारको अभियानमा पक्राउ परेपछि यो घटनामा केन्द्रित हुँदै एनसिएस र एनसिएफले संयूक्त बैठक वसि समाधानको पहल गर्दै आएको छ। राष्‍ट्रिय ख्रीष्‍टिय महासंघ नेपालले यस सम्बन्धमा  छुट्टै बिज्ञप्ती निकाल्ने र सरकारी निकायमा भेट गर्दै आएको थियो।)

 

उक्त समाचार अनुसार राष्‍ट्रिय ख्रीष्‍टियन महासंघ नेपाल NCS र NCFN सँग संयूक्त रूपमा ‘ख्रीष्‍टिय सरोकार अभियान’ मा आधिकारिक रुपमा नभएको भन्दै महासचिव सि वि गहतराजले असार २६ गते पठाएको विज्ञप्‍ती यहाँ राखिएको छ।

४८९-०६८-०६९               “धार्मिकताले राष्ट्रलाई उचाल्छ” । –हितोपदेश १४ः३४
राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपाल
प.सं.                                                                                                                     मितिः २०७३/३/२६
च.नं.
विषयः आपत्तिजनक विज्ञप्ती
नेपाल चर्च डट कमद्वारा प्रकाशित मिति २०७३ असार २२ गते नेपालमा भएका प्रमुख ख्रीष्टियन समुदायहरु नेपाल ख्रीष्टियन समाज, एनसिएफ नेपाल र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको संयुक्त बैठकले (ख्रीष्टियन सरोकार अभियान) गठन हुने र ख्रीष्टियन समुदायहरुलाई भविष्यमा हुने विभिन्न प्रकारका मुद्दाहरुमा सो अभियानले काम गर्नेछ भन्ने समाचार आएको हुँदा राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपाल सो विषयमा आधिकारिकता नभएको जानकारी गराउन चाहन्छ । त्यस बैठकमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको कुनै पनि आधिकारिक प्रतिनिधित्व नरहेको हुँदा यस किसिमको निर्णयमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको समर्थन नरहेको स्पष्ट पार्न चाहन्छ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल विधिवत रुपले नेपाल सरकारमा दर्ता भई देशभर रहेका मण्डली÷चर्च तथा ख्रीष्टियन संघसंस्थाहरुको राष्ट्रिय सरोकारका विषयहरुमा नेपाल सरकार र राष्ट्रिय ख्रीष्टियन महासंघ बीच मिति २०६८ बैशाख १८ गते ३ बुँदे र २०६९ जेठ १३ गते ६ बुँदे सहमती गरी देशभर निरन्तर क्रियाशिल रहेको सम्पूर्ण मण्डली÷चर्च तथा ख्रीष्टियन संघसंस्था एवं ख्रीष्टियन दाजुभाई दिदीबहिनीहरुमा अवगत नै छ । यस्ता भ्रमपूर्ण समाचारको पछि नलाग्न राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल सबै ख्रीष्टियन समुदायलाई आग्रह गर्दछ । साथै देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सबै ख्रीष्टियन संघसंस्था र मण्डलीहरु एक भएर प्रार्थनासहित अगाडि बढ्नुपर्ने भएको हुँदा एकताको लागि राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले निरन्तर पहल गरिरहेको र सधैँ सम्वाद एवं छलफल गर्न तयार रहेको हुँदा एकताको लागि आव्हान समेत गर्दछौं ।
signature
डा. सुन्दर थापा
  अध्यक्ष
 signature1
सि.वि. गहतराज
महासचिव९८५१०१६५५२
यस सम्बन्धमा डा. सिमोन पाण्डेसँग कुरा गर्दा , के को आधारमा  ख्रीष्‍टियन महासंघ आवद्ध भएको मानियो? भनि सोध्दा, डा.पाण्डे भन्नुहुन्छ, यो भन्दा पहिलाको मिटिङमा कार्यबाहक अध्यक्ष रिता काबोको उपस्थिति पनि रहेको थियो र संयूक्तरूपमा जाने कुरामा सहमति जनाएकोले नै राष्‍ट्रिय महासंघ नेपाललाई पनि संयूक्तरूपमा सहमति भएको मानिएको थियो। २२ गतेको बैठकमा सुन्दर थापा, सरीता थापा र शमूएल सोदेम्बको उपस्थिति भएको थियो। सुन्दर र सरिता थापाले इसिएफएनबाट आएको महासंघबाट होइन भनेता पनि शमूएल सोदेम्बाले कुनै कुरा भनेका थिएनन्। मिटिङमा एसिएस, एनसिएफएन र एफएनसिएन सँगै जानुपर्छ भन्ने आवाजा भने उठाएको कुरा डा.पाण्डेले बताउनुभएको छ। यदि महासंघले आफ्नै ढंगबाट जाने हो भने कुनै आपत्ति नभएको कुरा डा. सिमोन पाण्डेले बताउनु भएको छ।  

 

 

 

Related Posts

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026
२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026
भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

October 18, 2026
कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

Discussion about this post

ताजा सामाग्री

ANS invites EoI from interested individuals/firms to conduct Social Audits

ANS invites EoI from interested individuals/firms to conduct Social Audits

October 18, 2026

JOB DETAILS Expression of Interest (EoI): Social Audit Job posted on 16th October, 2026-31st October, 2026 Arise and Shine Nepal (ANS) Details / requirements:   Arise and Shine Nepal (ANS) Call for Expression of Interest (EoI) Arise and Shine Nepal (ANS) is a non-profit organization. Arise and Shine is an initiative to address the prevailing social and economic needs among Nepali youth within the Lalitpur district of Kathmandu Valley. ANS responds to the problems of prevailing negativeenvironment  of bullying, unhealthy relationships, substance abuse, petty crimes, disinterest in school studies to name a few on the young people. ANS addresses these problems of young people by operating a Youth Center that is safe, loving, and informal, where they wish to come regularly to spend their free times by playing games, music, meeting friends, reading books etc. ANS also engages young people in activities that develop their skills that shape them, empowers them and gives them better opportunities in their career. Moreover, ANS has been started from 2009 and legally registered in 2016 at SWC (Social welfare council), ANS has been working to empower and engagement for the Holistic development in marginalized communities based in youths through support in Holistic Development. Currently, ANS is supporting the youths of more than 2170 vulnerable youths in the rural & urban communities in 3 districts of Nepal. We are an NGO with a vision to create a safe, healthy, and a peaceful community where all young people have hope of a better future. A social...

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026

                  कात्तिक १, २०८३ आइतबार काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टी सभापति...

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

October 18, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

Recent Posts

  • ANS invites EoI from interested individuals/firms to conduct Social Audits
  • नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण
  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In