काठमाडौं, असार २२, नेपालमा भएका प्रमुख ख्रीष्टियन समूदायहरूको संयूक्त वैठक एनसिएफ को कार्यालय कुसुन्तीमा सम्पन्न भएको छ। बैठकमा नेपाल ख्रीष्टियन समाज, एनसिएफ नेपाल र राष्ट्रिय ख्रीष्टिय महासंघ नेपालको उपशथिती थियो। एनसिफए नेपालका सल्लाहकार डा. सिमोन पाण्डेको समयोजक्त्वमा संयूक्तरूपमा बैठक सम्पन्न भएको हो। यो बैठकमा सबैले आफ्नो तर्फबाट भएको कामहरूको बारेमा जानकारी गराएका थिए र अगाडि कसरी बढ्ने भन्ने विषयमा केन्द्रित भएर बैठक बसेको कुरा सल्लाहकार समितिका संयोजक डा. सिमोन पाण्डे ज्यूले बताउनुभएको छ। यसप्रकारका घटनाहरू आगामि दिनहरूमा हुन सक्ने भएको हुँदा नेपालका सबै चर्च, समूदाय वा सम्प्रदाय लगायत NCS, NCFN, NFCN का प्रतिनिधिहरूको एउटा अभियान समुह तयार भएको कुरा पनि डा. पाण्डेले बताउनुभएको छ। यसले नेपालमा भएका सबै चर्चहरू, समूदाय वा सम्प्रदाय र संस्थाहरूको पक्षमा काम गर्नेछ। आगामी दिनहरूमा ख्रीष्टियन माथि हुने विभिन्न प्रकारका मुद्दाहरूमा यसले नै काम गर्नेछ, यो अभियानको नाम “ख्रीष्टिय सरोकार अभियान” हुने भएको छ। ख्रीष्टियनहरूका विरूद्धमा गरिने गतिविधि र कानूनि प्रावधानहरूको सम्बन्धमा यो अभियानले काम गर्नेछ। यस अभियानको लागि प्रमुख निकायबाट प्रतिनिधिहरूको भेला गरी छिटै कार्यसमिति समेत बनाउने कुरा डा.पाण्डेले बताउनुभएको छ।
२२ गते बसेको बैठकले सबै चर्चहरूबाट हस्ताक्षर संकलन गर्ने निर्णय पनि गरेको छ। यसले पनि इसाईहरूले गर्ने धार्मिक क्रियाकलापमा पर्न गएका असरको बारेमा सम्बोधन गर्नेछ।
साझा अभियान “ख्रीष्टिय सरोकार अभियान” ले सबैको प्रतिनिधित्व गर्ने भएकोले यसलाई उदाहरणीय काम पनि मान्नुपर्छ। धेरै ख्रीष्टियन पास्टर अगुवाहरू र यूवाहरूको चाहनाअनुसार प्रार्थना समूह बनोस्, राज्यमा एउटै आवाज जानसकोस भन्ने छ। यसले सबै इसाई समूदायको प्रतिनिधित्व गर्नेछ। धार्मिक सहिष्णुता कायम राख्न यसले मद्दत पुर्याउनुका साथै विकासका काममा पनि यसको भूमिका हुनेनै छ। कामहरू विभिन्न क्षेत्रमा भएतापनि ख्रीष्टियन विश्वास वा आश्थाको क्षेत्रमा सबै इसाई सम्प्रदाय वा समूदायहरू एक भएर प्रार्थना गर्न सकून भनि निरन्तर प्रार्थना गरौं।
(यस अघी नै एनसिएस र एनसिएफएन कार्यालयमा भएका बैठकमा बिभिन्न समुहमा कार्यभार बितरण गरिएको थियो।)
(फौजदारी कसूर विधेयक, २०७१’’ सम्बन्धी प्रचलित कानूनिाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सम्बन्धमा ख्रीष्टियनहरूको मौलिक अधिकारलाई हनन गरेको सम्बन्धमा एनसिएस र एनसिएफएनले संयूक्तरूपमा विभिन्न सम्बन्धित सरकारी निकायमा भेट्ने, ज्ञापन पत्र बुझाउने काम गरेको थियो। यसपछि पनि चरिकोटमा ८ जना ख्रीष्टियनहरू धर्म प्रचारको अभियानमा पक्राउ परेपछि यो घटनामा केन्द्रित हुँदै एनसिएस र एनसिएफले संयूक्त बैठक वसि समाधानको पहल गर्दै आएको छ। राष्ट्रिय ख्रीष्टिय महासंघ नेपालले यस सम्बन्धमा छुट्टै बिज्ञप्ती निकाल्ने र सरकारी निकायमा भेट गर्दै आएको थियो।)
उक्त समाचार अनुसार राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल NCS र NCFN सँग संयूक्त रूपमा ‘ख्रीष्टिय सरोकार अभियान’ मा आधिकारिक रुपमा नभएको भन्दै महासचिव सि वि गहतराजले असार २६ गते पठाएको विज्ञप्ती यहाँ राखिएको छ।
Discussion about this post