निश्चयताको जीवन
येशू को हुनुहुन्छ ?
के उहाँ मैले सोचे जस्तै नै हुनुहुन्छ ?
मेरो जीवनमा उहाँले के गर्न चाहनुहुन्छ ?
मलाई के भएको छ ?
के मैले ठीक गरिराखेको छु ?
के मैले हृदय देखि नै काम गरिराखेको छु ?
उहाँसँगको मेरो सम्बन्ध बिग्रने पो हो की ?
के यस्ता प्रश्नहरु तपाईंको मनमा र सोचमा आइरहन्छ ?
यस्ता सोच र प्रश्नहरु जीवनमा आउनु सहज र सकारात्मक प्रक्रिया हो तर समयमा नै बाइबलीय आधारमा त्यसको समाधान खोज्नु एउटा स्वस्थ्यप्रद ख्रीष्टिय जीवनकोलागि आवश्यक कुरा हो ।
१ यूहन्ना १:९-१३ पढ्नुहोस् र निम्न प्रश्नहरुको उत्तर खोज्नुहोस् ।
पद ९:
साक्षी वा गवाही के हो ? गवाही कसरी विश्वास गर्न सकिने हुन्छ ? परमेश्वरले केको बारेमा गवाही दिनुभएको छ ?
पद १०:
परमेश्वरलै आफै साक्षी दिनुभएकोले हामीसँग कुन दर्इ विकल्पहरु छन् ? परमेश्वलाई पत्याए के हुन्छ ? नपत्याए के हुन्छ ?
पद ११:
परमेश्वरको गवाहीले प्रष्ट पार्ने दर्इ सत्यताहरु के के हुन् ?
पद १२:
कुन दर्इ किसीमका मानीसहरु हुन्छन् ? परमेश्वरको पुत्रलाई पाएर पनि जीवन नपाउने हुन्छ ? परमेश्वरको पुत्रबिना जीवन प्राप्त गर्न सकिन्छ ? के जीवन भएर पनि नभएको जस्तो सोच्न सकिन्छ ? के जीवित भएर पनि त्यस्को निश्चयता हुँदैन र ?
पद १३:
यूहन्नाले यी सबै कुरा कस्को निम्ति लेख्दैछ ? हामीमा अनन्त जीवन भएको कुरामा निश्चित हुनसक्ने कुरामा के यूहन्ना विश्वास गर्छन् ?
विचार गर्नुहोस् ? मसँग पुत्र हुनुहन्छ भन्ने कुरा कसरी थाह गर्ने ?
१. यूहन्ना ३:१६मा
जीवनको कुन दर्इ गन्तव्यको उल्लेख गरिएको छ ? परमेश्वरले हाम्रो निम्ति कुन चाहनुभएको छ?
२. रोमी ६:२३मा
आमीले के कमाएका छौं ? कसरी ? परमेश्वरले हामीलाई के दिन चाहनुहुन्छ?
३. रोमी ५:८मा
कुन कुराको करमा परमेश्वरले आफ्ँनो पुत्रलाई हाम्रोलागि मर्न दिनुभएको हो ? येशू किन मर्नुपरेको हो?
४. यूहन्ना ५:२४ अनुसार
उद्धार पाउनुमा मेरो भुमिका के हुन्छ ?
परमेश्वरको प्रतिज्ञा अनुसार जससँग पुत्र हुनुहुन्छ, तिनीहरु अनन्त जीवन प्राप्त गरेको कुरामा निश्चित हुन सक्छौ? (यूहन्ना ३:२६)।
Discussion about this post