बुधवार, जुन २९, असार १५
‘साहस र दृढ भरोसामा हामी परमेश्वरमा प्रवेश पाउँछौं।’ —एफिसी ३:१२
डा. जेम्स केनेडीले भनेका छन्ः ‘मैले एकजना अविश्वासी मानिसले लेखेको एउटा पुस्तक पढेँ जसले ख्रीष्टियन विश्वासलाई नष्ट गर्न चाहन्थ्यो। उसमा विश्वास नभए तापनि, उसले प्रार्थनाको बारेमा भनेको केही कुरा मलाई रोचक लाग्यो। उसले त्यसलाई “मानव जातिको इतिहासमै सबैभन्दा अविश्वसनीय भ्रम” भनेको थियो। उसको तर्क के थियो भने यदि कुनै व्यक्ति जनरल मोटर्स जस्तो कुनै ठूलो कम्पनीमा एक सामान्य कर्मचारीको रूपमा काम गथ्र्यो र त्यस कम्पनीको मालिकसँग भेट गर्न चाहन्थ्यो भने, उसले मालिकसँग भेट गर्ने मौका अत्यन्त कम हुन्थ्यो …यसको बारेमा विचार गर्नुहोस्। कुनै नागरिकले राष्ट्रपतिसँग कुरा गर्न चाह्यो भने के हुन्थ्यो होला ? कस्तो हुन्थ्यो होला भन्ने कुरा बुझ्न मैले राष्ट्रपतिलाई टेलिफोन गर्ने बारेमा विचार गरेको छु…सायद मैले कुनै सचिव वा कसैको सहायकसँग कुरा गर्ने मौका पाउँथेँ होला, राष्ट्रपतिसँग त होइन …मेरा अविश्वासी मित्रले आफ्नो पुस्तकमा यस्तो लेखेका छन्, “हामीले सबै थोकको मालिकसँग कुनै पनि समय कुरा गर्न सक्छौं भन्ने ठान्नु कस्तो अविश्वसनीय भ्रम हो।” हो, यो सत्य थिएन भने, प्रार्थना बारेको हाम्रो धारणा अविश्वसनीय भ्रम नै हुनेथियो। तर यो सत्य छ…अनि एक अनुग्रही परमेश्वरको तर्फबाट हामीप्रति यो महान् कृपा नै हो। तपाईंले यस संसारका सर्वोच्च पदमा रहेका मानिसहरूसँग सायद कहिल्यै कुरा गर्न पाउनुुहुने छैन, तथापि यो बह्माण्डको सबैभन्दा सर्वोच्च पदमा विराजमान व्यक्ति—“सबै थोकको मालिक” तपाईंले के भन्न चाहनुहुन्छ भनी सुन्न धैर्यतासाथ पर्खिरहनुभएको छ। ‘ख्रीष्टमाथि राखिएको हाम्रो विश्वासद्वारा साहस र दृढ भरोसामा हामी परमेश्वरमा प्रवेश पाउँछौं।’ के त्यो उदेकको कुरा छैन त ? आज…तपाईं मालिकसँग कुरा गर्न सक्नुहुन्छ, उहाँलाई आफ्ना चिन्ता र फिक्रीहरू बताउन सक्नुहुन्छ, उहाँसँग आफ्ना विजय र आनन्दहरू बाँडचुँड गर्न सक्नुहुन्छ— अनि उहाँसँग सधैँ तपाईंका कुरा सुन्ने समय छ।’ प्रार्थनाले तपाईंलाई परमेश्वरसम्म पहुँच दिन्छ÷परमेश्वरमा प्रवेश दिन्छ !
आत्मिक भोजनः १ शमुएल ८–२०, मत्ती २३: १३–२२, भजन ९५, हितोपदेश १६: ३१–३३
Discussion about this post