काठमाडौं। १९ जेठ, नेपाल ख्रीष्टियन समाजको २०औं वार्षिकोत्सव १५ औं महासभा नेपाली इसाई मण्डली ज्ञानेश्वर चर्च काठमाडौंमा भव्यरूपमा सफल भएको छ। जेठको १७ गते सुरू भएको महासभा १९ गते सकिएको हो। तीन दिनसम्म भएको महासभामा देशका विभिन्न क्षेत्र जिल्ला वा प्रदेशको प्रतिनिधित्व गर्ने गरी लगभग ३०० जना पास्टर अगुवाहरु तथा विभिन्न संस्थाबाट प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। महासभामा विभिन्न विषयहरूमा प्रशिक्षण, वहस तथा छलफल गरि आगामि दिनहरूमा एनसिएसले गर्ने कार्यहरुको निष्कर्ष पनि निकालेको छ। छुट्टाछुट्टै विषयहरूमा सम्बन्धित व्यक्तिहरूले प्रशिक्षण गरिएको थियो। महत्वपूर्ण विषयहरूलाई साना साना समूहमा विभाजन गरेर वृहत छलफल पनि गरिएको थियो। साथै विषयअनुसार उपस्थितहरूलाई नयाँ संविधानको संघिय ढाँचाअनुसार ७ वटा प्रदेशबाट ७ वटा समूह बनाएर आगामी दिनहरूमा नेपाल ख्रीष्टियन समाजको भूमिका जस्ता विषयहरूमा थप छलफल गरी सुझावहरू र निष्कर्ष निकालेका छन्। महासभाले पुरानो समिति विघटन गरी ५१ सदस्यीय मूल समिति गठन पनि गरेको छ। प्रदेशको ढाँचाअनुसार प्रदेश, सम्प्रदाय, संस्था, बाइबल कलेज, मिडिया, चर्च समूह सबैलाई सहभागि गराइएको छ। केन्द्रिय समितिमा भने १९ जनाको रहेको छ। अब नेपाल ख्रीष्टियन समाजले पहिलाको भन्दा फरक ढंगले र तीब्रगतिमा काम गर्ने कुरामा सभामा सहभागीहरू तथा कार्यसमितिका सदस्यहरू विश्वस्त रहेका छन्।
महासभाको तीन दिनसम्म भएको सबै क्रियाकलापहरूको विस्तृतरुपमा तल उल्लेख गरिएको छ:
वार्षिकोत्सवको पहिलो दिन कार्यक्रम विहान ९ बजेदेखि सुरूभएको थियो। नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेलले प्रार्थनाद्वारा सुरू गर्नुभएको थियो। देशको लागि केहि समय प्रार्थना पनि गरिएको थियो भने नेपाली इसाई मण्डलीका पास्टर सामूएल कार्थकले सभालाई परमेश्वरको आराधना सेवामा अगुवाई गर्नुभएको थियो। कार्ययक्रमको सञ्चालक रेभ.मुकुन्द शर्मा हुनुहुन्थ्यो।
आराधना सेवापछि लगत्तै परमेश्वरको वचन बाइबलबाट क्वाइनोनिया चर्चका वरिष्ठ पास्टर डा मंगलमान महर्जनले एफिसीको पुस्तक ४ अध्यायबाट चर्चमा बरदानको प्रयोग गर्ने विषयमा सिकाउनुभएको थियो। जसलाई जे वरदान छ त्यही बमोजिम हिंड्नुपर्ने अथवा काम गर्ने कुरा बताउँदै मानिसलाई प्रभाव पार्न जवरजस्ती कुनै पनि सेवाका काम गर्न नहुने बताउनुभएको थियो। बरदान चलाउँदा नम्रता र विश्वासयोग्यतामा चलाउनुपर्छ भन्दै जसरी शरिर स्वस्थ हुनलाई हरेक अंगहरूले काम गर्नुपर्छ त्यसरी नै चर्चमा सबैकिसिमका बरदानहरू प्रयोग गर्नुपर्छ भन्ने कुरा बताउनुभएको थियो।
सभामा नेपाल ख्रीष्टियन समाजका अध्यक्ष बर्णबास श्रेष्ठले मन्तव्य दिनुभएको थियो। मनतव्य कै क्रममा राष्ट्रिय ख्रीष्टिय महासंघ नेपालकी कार्यबाहक अध्यक्ष श्रीमती रिता काबोले एनसिएसले गरेको काममा खुसी भएको कुरा बताउदै महासभा राम्रो भएको होस भन्दै आफ्नो मनतव्य दिनुभएको थियो।
नेपाल ख्रीष्टियन समाजका सहअध्यक्ष पास्टर टंक सुबेदीले नेपालमा धार्मिक स्वतन्त्रताको विषयमा र नेपालको संविधान २०७२ ले परिभाषा गरेको धर्मनिरपेक्षता र बन्दै गरेको कानुनमा फौजदारी कसूर सम्बन्धि प्रचलित कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकमा परिच्छेद ९ का दफाहरू १५३ देखि १५६ को बारेमा बताउँदै इसाईहरू र अल्पसंख्यक धर्महरूको लागि यो कानुन मान्य नभएको पनि बताउनुभएको थियो। यसको लागि धार्मिक चौतारी, रिलिजियस फोरम, एनसिएफ, एनसिएसबाट सरकारी निकाय तथा सम्बन्धित क्षेत्रमा भेटघाट र सुझाव दिने काम गरेको बारेमा बताउनुभएको थियो। यसै सन्दर्भमा दुइवटा प्रश्नहरूमा ८ वटा समूहरूमा छलफल भएको थियो।
प्रश्न नं १ संवैधानिक व्यवस्था लागू भैसकेको र कानुन बन्ने क्रममा रहेकाले यसको प्रभाव सकरात्मक र नकरात्मक प्रभाव के हुनसक्छ?
प्रश्न नं २. यस परिस्थितिमा नेपालको मण्डली र ख्रीष्टय समाजको भूमिका र कार्यक्रम के के हुनुपर्ला?
उक्त प्रश्नहरूमा समूहमा घनिभुत छलफलबाट सुझावहरू पनि सभामै प्रस्तुत भएका थिए। सुझावहरू निम्नानुसार छन्:
मण्डलीले गर्न पर्ने कामहरू:
1. प्रार्थना गर्ने।
2. टोल टोलबाट दवाब
3. आत्मिकी बलियोपन
4. कानुनी सचेतना
5. धार्मिक विधि पूरा गर्दा कानुनी बनाउने।
6. समाजसँग मिल्ने।
7. एकतामा रहने।
नेपाल ख्रीष्िटयन समाजले गर्नु पर्ने काम:
1. अन्तरक्रिया तथा बहस
2. एकता
3. प्रार्थना
4. संचार माध्यमको प्रयोग।
5. संसद र सरकारमा दवाव
6. अन्य समूहसँग मिल्ने
7. राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा पैरवी
छलफलबाट निस्केका सुझाव र निर्णयहरूको प्रस्तुति पनि समुहबाट भएको थियो उक्त सेसनको सञ्चालन बि.पि. खनालले गर्नुभएको थियो।
खानापछिको ५० मिनेटको समयमा पास्टर प्रकाश सुब्बाले ख्रीष्टियन नैतिकताको बारेमा पास्टरीय नैतिकता, इमान्दारिताको नैतिकता र सम्पत्तिमा नैतिकता सम्बन्धि सिकाउनु भएको थियो। यसै सम्बन्धमा आजका मण्डलीहरुले सामना गरिरहेका ४ वटा नैतिक मुद्दाहरुमा समूहमा छलफल पनि भएको थियो। क) कामको नैतिकता ख) वाक नैतिकता ग) नारीवादी नैतिकता घ) समलैंगिकता – यौनिक नैतिकता । उक्त विषयहरूको बारेमा समूहले प्रस्तुत गरेका थिए। सोहि समयमा जनजागरण पार्टीका अध्यक्ष तथा संसद माननिय लोकमणी ढकालले सभामा शुभकामना सन्देश दिनुभएको थियो। इसाईहरूदेखि अहिले धेरै मानिस डराएर इसाईहरूको विरूद्धमा कानुन बनाएपनि इसाईहरू इमान्दारितामा संगति र सेवाहरू गरि नै रहने कुरा बताउनुभएको थियो। आज विहानको डिभोसनको वचन साह्रै राम्रो भएको कुरा गर्दै बरदानहरू प्रयोग गर्न नछोड्ने उत्साह पनि दिनुभएको थियो। सभामा पास्टर राजेन्द्र मल्लले नेपाल ख्रीष्टियन समाजको बनावट, काम र उद्देश्यको बारेमा बताउनु भएको थियो। अब ७ वटा प्रान्तलाई मध्यनजर गर्दै त्यही अनुरूप ख्रीष्टियन समाजको गठन हुने कुरा जानकारी गराउनुभएको थियो। ख्रीष्टियन समाजको उद्देश्यहरू पाठ गरेर सुनाउनुभएको थियो। उद्देश्यहरूको पुर्ण पाठ यहाँ उल्लेख गरिएको छ:
क. ख्रीष्टियन समुदायको हकहितका लागि समसामयिक साझा सरोकारका विषयलाई लिएर विभिन्न कार्यक्रम, गोष्ठी, सभा आदिको आयोजना गर्ने र गराउने र चर्चरूको भलाईको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सुमधुर सम्बन्ध राख्ने साथै नेपाल सरकार, अन्य धार्मिक समूहहरू एवं चर्च, चर्च समूह, सम्प्रदाय तथा ख्रीष्टियन संघ संस्थाहरूसँग सुमधुर सम्बन्ध कायम राख्न प्रतिनिधित्व गर्दै सहयोग आदान प्रदान गर्नु।ख. नेपालमा भएका चर्च, चर्च समूह, सम्प्रदाय तथा ख्रीष्टियन संघ संस्थाहरूका सामूहिक सरोकारका सूचनाहरू संकलन गर्नुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय सरोकारका विषय तथा सूचनाहरु सबैलाई प्रवाह गर्नु।
ग. ख्रीष्टियनहरूबीच एकता कायम गरी चर्च, चर्च समूह, सम्प्रदाय र ख्रीष्टियन संघ संस्थाहरूबीच सामञ्जस्यता ल्याउन मिलन विन्दुको रूपमा समर्पित रहने र सबैको भलाईको लागि कार्यरत रहने।
घ. नेपाल ख्रीष्टियन समाजको विकासका क्रममा यसको सान्दर्भिककता पहिल्याउने तथा ऐतिहासिक विकास र विस्तारको प्रमाणिक खोज अनुसन्धान गर्ने।
ङ. ख्रीष्टियन मण्डली, मण्डली समूह, समुदाय, र संघ संस्थाको उन्नति र कल्याणका निम्ति संयोजन, संगठन, समन्वय, सुन्तुलन र सहकारिताका माध्यमबाट संगठित र अग्रगामी क्रियाकलापहरुलाई निरन्तरता दिने।
च. नेपाल र विदेशमा वसोवास गरिरहेका ख्रीष्टियन समूहमा सहयोगी भावना अभिवृद्धि गर्दै मण्डली मण्डली बीच एकता, सद्भाव र संगतिको अभिवृद्धि गरी राष्ट्र निर्माणमा योगदान पुर्याउने।
छ. राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चर्च तथा संघ संस्थाहरूसँग सुमधुर सम्बन्ध कायम राख्न प्रतिनिधित्व गर्ने वा गराउने।
पहिलो दिनको अन्तिम सेसनमा पास्टर टंक सुबेदी र पास्टर प्रकाश सुब्बाले प्रश्नहरूको उत्तर दिनुभएको थियो। प्रश्नहरू गर्भपतन सम्बन्धि र धार्मिक स्वतन्त्रताको हकमा अन्तराष्ट्रिय मापदण्डको बारेमा थिए। कार्यक्रमको अन्तमा डिल्लीराम पौडेलको अन्तिम प्रार्थनाद्वारा कार्यक्रम सकिएको थियो।
सभाको अवधिमा आराधना सेवा नेइम चर्चका पास्टर रेभ शामूएल कार्थकले सञ्चालन गर्नुभएको थियो। दोस्रो दिनमा कार्यक्रम सञ्चालक श्रीमती एस्तर थापा हुनुहुन्थ्यो भने, डिभोसनमा परमेश्वरको वचनबाट HDCS का निर्देशक डा. तीर्थ थापाले भजनसङ्ग्रह १३३:१ पद बाट एकताको महत्व झल्काउदै एनसिएसको इतिहास, देशको अवस्थाको बारेमा बताउनुभएको थियो। ख्रीष्टियन समाजमा सबैको साझा थलो भएकोले यसमा सामाजिक सेवा गर्नेको राजनीति गर्नेको शिक्षा दिनेको खाँचो भएको कुरा पनि बताउनुभएको थियो। डा. थापाले अबको समयमा एनसिएसले प्रर्थाना, सुसमाचार र संगति गर्नुपर्छ भन्दै बढि सुसमाचार प्रचारलाई प्राथामिकता दिनुपर्ने कुरामा जोड दिनुभएको थियो। अन्तमा यशैया ५४:१७ पदबाट उत्साह दिँदै जतिसुकै समस्याहरू आएतापनि हाम्रो अगाडि विजय छ भन्ने कुरा बुझेर एकले अर्कोलाई सहेर नम्र भएर ख्रीष्टियन समाजले यो कार्य गर्न आवश्यक भएको बताउनुभएको थियो।
वचनपछि लगत्तै सिता गुरूङले सर्वाङ्गीण सेवाको बारेमा सिकाउनु भएको थियो। विश्वास र कामलाई हामीले हाम्रो हृदयमा छुट्टा छुट्टै राख्न सक्छौ कि सक्दैनौ भन्ने प्रश्नबाट विषयमा प्रवेश गराउनुभएको थियो। विश्वास र काम सँगसँगै हुने कुरामा जोड दिंदै बाइबलबाट याकूब २:१४-२६ सम्मको पदबाट समाजमा सेवाका काम गरेर नुन र ज्योतिको उदाहरण हुनुपर्ने कुरामा जोड दिनुभएको थियो। सुसमाचार धेरैले सुनिसकेका छन अब दैनिक जीवन नै सुसमाचार हुने कुरामा जोड दिनुभएको थियो। साथै सर्वाङ्गीण सेवाले समाजमा मानिसहरूका सोचाइमा सकरात्मक हुनुका साथै सेवा तर्फ बढेका उदाहरणहरू पनि दिनुभएको थियो। Being, Doing & Saying तीन वटा कुरा हुनुपर्ने पनि बताउनुभएको थियो। प्रभुमा हुनु, प्रभुमा भएर गर्ने अनि भन्ने। सेसन पछि सर्वाङ्गीण सेवाको परिभाषा र हाम्रो समाजमा कसरी प्रयोग गर्न सक्छौ भन्ने प्रश्नमा छलफल गर्न समूह विभाजन गरिएको थियो। छलफलको निष्कर्षमा: आफैमा परिवर्तन, मण्डली परिवर्तन, मण्डलीले समाजमा परिवर्तन ल्याउने कुरा थियो। सामाजिक, आर्थिक, मानसिकरुपमा परिवर्तन आउनु नै सर्वाङ्गीण सेवाको परिभाषा थियो। धेरैको जवाफमा येशूले गरेको कामको उदाहरण र पदहरू पनि राखिएको थियो।
राष्ट्रिय स्तरको राजीनितिमा ख्रीष्टियनहरूको सहभागिता र प्रवेशको बारेमा रेभ दानिएल सुब्बाले विगतदेखि भएका प्रयास सहभागिताको बारेमा बताउनुभएको थियो।साथै समाजमा आफ्नो क्षेत्रमा उदाहरणीय हुनुपर्ने कुरा पनि बताउनुभएको थियो। इटहरीमा ख्रीष्टियनहरूको प्रभावको बारेमा आफ्नो भूमिकामा असल गवाही भएको कुरा बताउनुभएको थियो। यसै सम्बन्धमा डा.महेन्द्र भट्टराई, पास्टर एन.डि. थुलुङ, डा. तीर्थ थापा, पास्टर प्रकाश सुब्बा, बिपि खनाल, इशुजंग कार्की, माननिय संसद लोकमणी ढकालले आ-आफ्ना विचार तथा टिप्पणी गर्नुभएको थियो। पास्टर अगुवाहरूको भनाइअनुसार राजनीतिको लागि इच्छुक व्यक्तिलाई चर्चले जान दिनुपर्छ भन्ने तर्क आएको थियो भने केही व्यक्तिको चर्चमा राजनीतिको कुरा गर्नुहुन्न पास्टरहरू यसमा सहभागि हुन मिल्दैन राजनीतिमा प्रवेस गर्नेले राजनीति मात्रै गर्नुपर्छ भन्ने भनाईमा तालि बजेको थियो। यस विषयमा शेर एसीले आफ्नो विचार राख्नुभएको थियो । ५ वर्षदेखि गर्दै आएको राजनीति छोडेर चर्चको सेवामा आएको उदाहरण दिनुभएको थियो। यस भनाईमा धेरै व्यक्तिहरूले तालि बजाएका थिए।
उक्त सेसन पछि एनसिएसका अध्यक्ष बर्णबास श्रेष्ठले एनसिएसलाई तीब्र बनाउन सहायता गर्न सफल भएकोमा परमेश्वरलाई धन्यवाद दिँदै समिति विघटन भएको घोषणा गर्नुभएको थियो। नयाँ समिति गठन गर्नको लागि पा. प्रकाश सुब्बाको महत्वपूर्ण भूमिका रहेको थियो। पा. प्रकाश सुब्बाले सोहि समयमा नयाँ समिति गठन सम्बन्धि विधानका प्रावधानहरू सुनाउँदै सभाबाट प्रस्तावित भएका व्यक्तिहरूको नाम क्रमश बोलाउनुभएको थियो। नयाँ कार्यसमितको लागि प्रस्तावित नामहरूमा महासभाले सहमति जनाएको थियो। केन्द्रिय समितिमा १९ जना छन भने सल्लाहकार र विभिन्न क्षेत्रबाट सदस्यहरू गरी सबै ५१ सदस्यीय समिति गठन भएको छ।
कार्यकारी नयाँ समिति गठन गर्नको लागि निम्न सल्लाहकार समितिको गठन भएको थियो:
• शमूएल डोन कार्थक
• रत्न बहादुर राई
• तीर्थ थापा
• प्रकास सुब्बा
• गोपालजी अधिकारी
• महेन्द्र भट्टराई
• अब्दिल मूखिया
• बेदि सुबेदी
उक्त सल्लाहकार समितिले नै महासभामा प्रस्तावित व्यक्तिहरूलाई विशेष सल्लाहकार समिति र केन्द्रिय समितिमा मनोनित गरेको थियो। केन्द्रिय समिमितिमा मनोनित भएका सल्लाहकार र केन्द्रिय समितका पदाधिकारी तथा सदस्यहरूको नाम निम्नानुसार उल्लेख गरिएको छ:
Council of Reference विशेष सल्लाहकार समिति
• शमूएल डोन कार्थक
• रत्न बहादुर राई
• तीर्थ थापा
• प्रकास सुब्बा
• जोशेफ श्रेष्ठ
•रेभ. एन. डी. थुलुङ
केन्द्रिय समिति
१. अध्यक्ष : बर्णबास श्रेष्ठ
२. सह-अध्यक्ष : टंक सुवेदी
३. उपाध्यक्ष : कुवेर गूरुङ्ग
४. उपाध्यक्ष : पिटर कमलेश्वर
५. उपाध्यक्ष : चन्द्र श्रेष्ठ
६. उपाध्यक्ष : ग्रिष्म पराजुली
७. उपाध्यक्ष : धन बहादुर पाण्डे
८. उपाध्यक्ष : नविन दर्लामी
९. उपाध्यक्ष : नरीलाल दहित
१०. महासचिव : डिल्ली राम पौडेल
११. सचिव : मुकुन्द शर्मा
१२. कोषाध्यक्ष : राजेन्द्र मल्ल
१३. सह कोषाध्यक्ष : सूमन गूरुङ्ग
१४. महिला सदस्य : एस्तर लक्ष्मी थापा
१५. महिला सदस्य : सीता गूरुङ्ग
१६. सदस्य : बि.पी खनाल
१७. सदस्य : आर.पी देवकोटा
१८. सदस्य : कृष्णमान शाक्य
१९.सदस्य : महेन्द्र भट्टराई
२०. सदस्य : जेम्स राई
२१. सदस्य : चित्र रुपाचा
२२. सदस्य : संगम के.सी
२३. सदस्य : रुप नारायण तिमल्सिना
२४. सदस्य : राम प्रसाद श्रेष्ठ
२५. सदस्य : शेर ए.सी.
२६. सदस्य : जगदिस पोख्रेल
२७. सदस्य : विकास श्रेष्ठ
२८. सदस्य : कैलाश शासंकार
२९. सदस्य : अरविन पोख्रेल
३०. सदस्यः रामचन्द्र गौतम
३१. सदस्य : रविन काजी बैध्य
३२. सदस्य : सुकदेव गिरी
३३. सदस्य : पर्शू गुरुङ्ग
३४. सदस्य : नविन कुमार राई
३५. सदस्य : राजकुमार राई
३६. महिला सदस्यः कमला माश्के
३७. सदस्य : त्रियोगि चौधरी
३८. सदस्य : आमोश कार्की
३९. सदस्य : सार्की लामा
४०. सदस्य : शान्त गुरुङ्ग
४१. महिला सदस्य : शाबित्री श्रेष्ठ
४२. सदस्य : टेक रिजाल
४३. महिला सदस्य : सुशिला बेघा
४४. सदस्य : आइत तामाङ्ग
४५. सदस्य : नानीराम तामाङ्ग
४६. सदस्य : दान ब घर्ती मगर
४७. सदस्य : भिम कपडेल
४८. सदस्य : पदम गैरे
४९. सदस्य : मदन जंग शाह
५०. सदस्य : के पी त्रिपाठी
५१ सदस्य : हरी घिमिरे
महासभाको तेश्रो तथा अन्तिम दिनको बिहानको सेवाको अगुवाई पास्टर आर.पी. देवकोटाले गर्नुभएको थियो नेपाली इसाई मण्डली ज्ञानेश्वर चर्चका पास्टर सामुएल कार्थक्ले आराधनामा अगुवाई गर्नुभएको विहानको सेवामा पास्टर चन्द्र श्रेष्ठले परमेश्वरको वचनबाट बाँड्नुभएको थियो। वचन बाँड्ने क्रममा मण्डलीहरू एकतामा रहनुपर्ने कुरालाई जोड दिनुभएको थियो। सोहि दिनमा समाजका सह अध्यक्ष पास्टर टंक सुबेदीले नेपाल ख्रीष्टियन समाजको विविध विषयमा प्रकाश पार्नुभएको थियो भने आउने दिनमा कसरी अगाडी बढ्न सकिन्छ तथा नेपाली मण्डलीहरूको पक्षमा समाजको भूमिका के हुन्छ भनेर समुहगतरूपमा छलफल गराउनुभएको थियो। सहभागीहरूले समूहगत रूपमा आगामी दिनमा समाजले निर्वाह गर्नु पर्ने भूमिका सुझाएका थिए। नेपालमा अहिलेसम्म पनि सुसमाचार नपुगेका बिभिन्न जातजाति तथा क्षेत्रका बारेमा पनि सहभागीहरूलाई जानकारी गराउनुका साथै ती क्षेत्र तथा समुदायको निम्ति प्रार्थना गरिएको थियो। तेश्रो दिन बरिष्ठ पास्टर रोबर्ट कार्थकले महासभाका सहभागीहरूलाई प्रभूभोजको सेवामा अगुवाई गर्नुभएको थियो भने समाजको नवनिर्वाचित कार्यसमितिका निम्ति अभिषेकको प्रार्थना पनि गरिएको थियो ।
नेपाल ख्रीष्टियन समाजका सल्लाहकारहरूको नामावली निम्नानुसार राखिएको छ:
Name Church/Organization
1 Ps. Joseph Shrestha, Assembly of God
2 Ps.Prakash Subba, Koinonia Church
3 Ps. Samuel Karthak, NIM Church Group
4 Dr. Tirtha Thapa, HDCS
5 Ps. Ratna Bdr. Rai, Nepal Baptist Church
6 Ps.Daniel Subba, Itahari Baptist Church
7 Ps. Simon Panday, NCFN
8 Ps. Gopal Ji Adhikari, Church of God Comittee
9 Ps. Abdiyel Mukhiya, Freedom Church Group
10 Ps. Mangalman Maharjan, Koinonia Church
11 Ps. Kajiratna Maharjan, National Eternal Salom Ministry
12 Ps. Rajendra Rongong, NIM Church Group
13 Rev. Devkumar Chhetri, Bethsalom Putalisadak
14 Dr. Balkrishna Sharma, Nepal Theological College
15 Dr. Dipendra Gautam, Ramghat Church
16 Ps. Isu Jung Karki, Nepal Evangelical Holiness Church
17 Ps. Jivan Gurung, Agape Church
18 Ps. Rinji Lama, Anglicon Church in Nepal
19 Ps. Tek Dahal, NCFN
20 Ps. N. D. Thulung, Damak Jyoti Church
21 Honorable Lokmani Dhakal, Parliament
22 Ps. Jagat Pradhan, NEHC
23 Mrs. Rita Kabo, Elhim Church Group
24 Eld. Bedi Subedi, Agape-ex Chairman
25 Bishop Narayan Sharma, Believers Church
26 Ps. Risi Acharya, Makawanpur
27 Ps. Samuel Sodemba(Limbu), Namuna Samaj
28 Ps. Philemon Chhetry, New Life Church/Mission
29 Ps. Shyam Lal Hembron, BIC Church, Biratnagar
30 Ps. Gopal Regmi, Immanuel Church
31 Ps. Sabastin Lepcha, Methodist Church in Nepal
32 Ps. Hem Raj Jarga Magar, Federation of Evangelical Presbyterian Church
33 Ps. Sunder Thapa, Evangelical Church Association
34 Ps. Indra Thapa, Anugraha Church
35 Ps. Lok Nath Manaen, Back to the Bible
36 Ps. Peter Rajan, Preritiya Church Group
37 Ps. Kaji Ratna Maharjan, Ananta Shalom
38 Ps. Hem Chandra Sharma, Believers Church
39 Ps. Kamal Sunuwar, Nepal Pastor Fellowship
40 Ps. Sudip Khadka, Compassion Asia
41 Ps. Dilli Subba, Nazerian church
42 Ps. Joseph Soren, Lutharen
43 Ps. Norbu Lhomi, Ghangri Church Group
44 Ps. Amen Thapa, Friend’s Church
45 Ps. N.B Chhetry, Presbyterian Church
46 Ps. Raju Lama, Dunamis Church
47 Ps. Lok Thapa, Freedom Church Group
48 Ps. Lok Bahadur Chaudhary, FGAG Church Nepalgunj
49 Ps. Amar Thapa, Stuti Prasamsha Church
(उक्त सल्लाहकार समितिमा केहि हेरफेर भएको छ। मिति २०७३ साल जेठ २७ गते बसेको एनसिएसको बैठकले मण्डलीको सुझाव अनुसार विशेष् सल्लाहकार समितिमा छ जना र सल्लाहकारहरूमा ४९ जना राखेको कुरा पास्टर राजेन्द्र मल्लले जानकारी गराउनुभएको हो। )
Discussion about this post