
प्रकाश विशुन्के, वैशाख २२। काठमाडौं उपत्यकाका विभिन्न चर्चमा पास्टरीय सेवा गर्दै आउनुभएका महिला पास्टर तथा अगुवाहरूको संगति युनिभर्सल क्याफे नख्खुमा बैशाख २० गते सोमबारका दिन सम्पन्न भएको छ। इजरायलको तेल–अभिभ संयुक्त नेपाली मण्डली तेल-अभिभ इजरायलकी पास्टर माया सुनुवारको संयोजकत्वमा एक दिने महिला पाष्टर तथा अगुवा सम्मेलन सम्पन्न भएको हो। नेपालमा पास्टरयी सेवामा संलग्न महिलाहरूलाई थप उत्साह दिन एक दिने सम्मेलनको आयोजना गरेको कुरा पास्टर माया सुनुवारले बताउनुभएको थियो। १३ वर्षदेखि संयुक्त नेपाली चर्चमा पास्टर माया सुनुवारले पास्टरीय सेवा गर्दै आउनुभएको छ।
सम्मेलनमा उपत्यकाका करिव ३० जना महिला पाष्टर तथा अगुवाहरुको सहभागिता रहेको थियो । व्यवस्थापिका संसदका सांसद तथा जनजागरण पार्टी नेपालका केन्द्रिय अध्यक्ष माननिय लोकमणी ढकालज्युको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलामा नवोदय मण्डलीका वरिष्ठ पास्टर एलिया प्रधान, गोंगबु इसाई मण्डलीका वरिष्ठ पास्टर डि.के तामाङको सहभागिताले दिदिवहिनीहरुको सेवाकाइमा थप उत्साह मिलेको थियो। कार्यक्रममा महिला पास्टर सञ्जालको अध्यक्ष समेत रहनुभएकी पास्टर हेम कुमारी सुब्बाले अहिलेको आधुनिक समयमा पनि पुरानो समयमा जस्तै महिलाहरुलाई सेवाकाइमा अगाडी बढ्न बन्देज लगाइएको भन्दै गुनासो पोखीन । महिलाहरुलाई पनि सेवाकाइमा अवसर दिएमा पुरुष पास्टर अगुवाहरुसंग सहकार्य गर्दै प्रभुको राज्य विस्तारमा महिलाहरुको महत्वपुर्ण भुमिका रहने कुरामा कुनै द्वविदा नरहेको प्रस्ट पारिन। त्यस्तै पा.विना खड्का, पा. अष्टमाया तामाङ, पा.एलीसीवा, पा.कुमारी लामा लगायतले मण्डलीमा महिलाहरुको भुमिकाको विषयमा बोलेका थिए । बोल्ने अधिकांश पास्टरहरुले स्त्रीहरुलाई सेवाकाई गर्न अहिलेको समयमा पनि उत्तिकै चुनौति सामना गर्नुपरेको भन्दै पुरानो मानसिकतालाई त्यागेर सक्षम र दक्ष महिलाहरुलाई नेपाली मण्डलीहरुले अवसरको श्रृजना गरिदिनुपर्नेमा जोड दिएका थिए। उक्त सम्मेनलमा नेपालका सबै मण्डलीको अवस्था र सेवकाई, देश नेपालको वर्तमान राजनितिक परिस्थिति साथै राष्ट्रको उच्च ओहोदामा रेहका व्यक्तित्वहरुको निम्ति सामुहिक प्रार्थना गरिएको थियो। कार्यक्रमलाई पारस्परिक युवा समुहकी उपाध्यक्ष रेणु वाइबाले कुशलताका साथ सञ्चालन गर्नुभएको थियो। कार्यक्रम संयोजक पास्टर माया सुनुवारले उपस्थित सबैलाई धन्यावाद ज्ञापन गर्नुभएपछी कार्यक्रम सम्पन्न भएको थियो। प्रमुख अतिथि माननिय लोकमणी ढकालले पुरुष र महिला एउटै रथको दुई पांग्रा जस्तै भएकाले दुबैको अधिकार र जिम्मेवारी समान हुनुपर्नेमा जोड दिनुभयो। उहाँले समानुपातिक र समावेशी समाज निर्माणको प्रक्रियामा महिलाहरुलाई उचित जिम्मेवारी दिएर अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा बोल्ने व्यक्तिहरुले महिला अगुवाहरुको सेवाकाईलाई पनि सम्मान गर्दै उनीहरुलाई मुलधारको सेवाकाई र नेतृत्वमा मण्डलीले उभ्याउनु सक्नुपर्ने तर्क गरेका थिए।



















Discussion about this post