ख्रिष्टियन जगतमा सुसमाचारिय फिल्महरू क्रमिक रूपमा आइरहेका छन्। आधुनिक युगमा सुसमाचारको यो पनि अर्को एउटा राम्रो पक्ष हो ।
अहिलेको समाजको लागि सुसमाचारको यो राम्रो माध्यम हो। बाइबलको शिक्षालाई सही प्रकारले प्रस्तुत गर्नु आवश्यक छ। चैत्र २४ गते नख्खु ललितपुरमा “अपेक्षा” फिल्मको सो गरिएको थियो। पत्रकार, चलचित्रकर्मीहरूको उपस्थितिमा सो गरिएको नेपाली ख्रीष्टियन चलचित्र अपेक्षाले सामाजिक रूपमा, पारिवारीक जीवनमा भएका संस्कारलाई चित्रण गर्दै मानविय सोचाइलाई खुल्ला र वास्तविकतालाई अंगाल्न राम्रो सन्देश दिएको छ। रमाइलो तरिकाले सामाजिक रूपमा रहेको लैगिंक विभेदलाई देखाएको छ। धर्म कर्म भन्दा मानविय जीवनमा सबैभन्दा ठुलो सेवा हो भन्ने कुरालाई प्रस्तुत गरेको छ। येशूलाई चिनाउन मानिस नै सुसमाचार हो भन्ने सन्देश पनि दिएको छ। धार्मिक रूपमा देखिएका केही भ्रमहरूलाई उजागर गरेको छ। समग्रमा अपेक्षा फिल्मले दिन खोजेको सन्देश मनोरोञ्जनात्मक तरिकाले स्पष्ट पारेको छ।
रोशन सेवकको प्रस्तुति र संगीत सागरको निर्देशन रहेको सन्देशमुलक फिल्म अपेक्षाका निर्माता श्याम रोक्का रहेका छन् । पास्टरको भुमिकामा देखिएका कलाकार राजु श्रेष्ठ फिल्मका मुख्य पात्र हुन्, उनी र उनको श्रीमतीले असल बाटो विराएकाहरूलाई परमेश्वरको वचन र सामाजिक सेवाबाट येशुको सन्देश बुझाएर असल मार्गमा डोर्याउने काम गरेका छन् । आजको युगमा सबैको अपेक्षा पनि यहि नै हो।
Discussion about this post