पाकिस्तानको प्रमुख शहर लाहोरको गुलसन इकबाल पार्कमा चैत्र १४, २०७२ आइतबार साँझ भएको बम विष्फोटमा लगभग ७२ जना मारिएका छन् । ३४१ जनाभन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा धेरैजसो महिला र बालबालिका छन्। इष्टर सन्डेको दिनमा क्रिश्चियनहरुलाई लक्षित गरि गराइएको आत्मघाती बम बिष्फोटनमा अधिकांश क्रिश्चियनहरू नै परेका छन्। बम विष्फोट गराइएको ठाउँ शहरको सबैभन्दा ठुलो पार्क हो। बिदाको दिनमा धेरै बालबालिकाहरू छुट्टि मनाउने गर्दछन्। घाइतेहरुलाई शेख जैद र जिन्ना अस्पतालमा राखिएको छ । प्रहरीका अनुसार बम विष्फोट आत्मघाती हमला भएको र ७ देखि १० किलो विष्फोटक सामग्री प्रयोग गरिएको अनुमान छ । बम बिष्फोटको जिम्मा पाकिस्तानी तालिवानले लिएको छ। पाकिस्तान सरकारले तीन दिनको शोक बिदा दिएको छ।
पाकिस्तानको लागि सबैले प्रार्थना गरौं। घाइतहरूको सिघ्र स्वास्थ र शोकित परिवारमा परमेश्वरको शान्ति मिलेको होस्।
Discussion about this post