काठमाडौं- बेथशालोम पुतलीसडक चर्च काठमाडौंमा मार्च ५, २०१६ मा बेथशालोम फेथ स्कूल अफ मिनिष्ट्रिको दीक्षान्त समारोह सम्पन्न भएको छ। बेथ-शालोम फेथ स्कूल अफ मिनिष्ट्रीको यो ११ औ दीक्षान्त समारोहमा हो। दुइ वर्षे बाइबल स्कूल बेथ-शालोम फेथ स्कूल अफ मिनिष्ट्रीको दीक्षान्त समारोहमा विभिन्न चर्चका पास्टर, अगुवा तथा विभिन्न ख्रीष्टिय संघ संस्थाका पदाधिकारी, स्थानिय चर्चका सदस्यहरू र पत्रकाहरूको उपस्थिति रहेको थियो। समारोहका सञ्चालक एल्डर ज्ञान नारायण श्रेष्ठले आराधनामा अगुवाई गर्नुभएको थियो। दीक्षान्त समारोहका प्रमुख अतिथि फेथ थियोलोजिकल सेमिनारी केरलाका प्रोफेसर डा. माथ्यु सि भर्गिसले पवित्र बाइबलबाट प्रचार गर्नुभएको थियो। दीक्षितहरूलाई लक्षित गरी वचन प्रचार गर्नुभएको थियो।फेथ स्कुल अफ मिनिष्ट्रिका अध्यक्ष पास्टर देव कुमार क्षेत्रीले ८ जना दीक्षित विद्यार्थीहरूलाई C.Th. को सर्टिफिकेट वितरण गर्नुभएको थियो भने प्रमुख अतिथि डा भर्गिसको हातबाट उपहार वितरण गरिएको थियो। सोहि अवसरमा आइटीनबाट प्राप्त प्रमाण पत्रहरू एन इन्ट्रोडक्सन टु बिब्लिकल स्टडीज र बेसिक डिप्लोमा इन पास्टरल थियोलोजी को प्रमाण पत्रहरू र उपहार सर्जु रिजालको हातबाट वितरण गरिएको थियो। दुइ वर्षको अवधिमा विद्यार्थीहरूले भरपूर जीवनदेखि ख्रीष्टको जीवनी-६ सम्म पुरा गरेका थिए।



















Discussion about this post