जुम्ला- कार्तिक १२, जुम्लामा कार्तिक महिनामै हिउँ पर्न थालेपछि जनजीवन निकै कष्ठकर भएको छ। बुधबार विहानदेखि घाम नलागेपछि चिसो बढेको थियो। मौसम सफा नभएकोले जुम्लामा कुनै पनि उडान हुन सकेनन्। बुधबार दिउसो ३ बजेदेखि रातीसम्म पानी परेको थियो। जुम्ला बजारका वरीपरि भएका डाँडाहरूमा हिउँ परेपछि मानिसहरू बाटोमा, घर आँगनमा, खुल्ला चौरमा आगो बालेर ताप्न थालेका छन्। आज पनि घाम लागेको छैन।
Discussion about this post