काठमाडौं- माइलस्टोन चर्च काठमाडौंको १३ औं वार्सिक उत्सव र चर्च भवन समर्पण तथा धन्यवाद ज्ञापन कार्यक्रम २७ सेप्टेम्बर २०१५ मा सम्पन भएको छ। वार्षिक सभा र भवन समर्पण तथा धन्यवाद ज्ञापन कार्कक्रमको अवसरमा ब्राजिलबाट आउनुभएका पास्टर सिल्भो सिल्भाले पबित्र बाइबलबाट १० कन्याको उखानबाट सन्देश दिनुभएको थियो। बैशाख १२ गतेको भुकम्पले चर्च भत्किएपछि माइलस्टोन चर्च भवन नयाँ स्थानमा बनाउनु परेको हो। उक्त भवन निर्माणकार्य पुरा भएपछि समर्पण तथा धन्यवाद कार्यक्रम माइलस्टोन चर्चले राखिएको थियो।
कार्यक्रममा माइलस्टोन चर्चको गतवर्षको आर्थिक प्रतिवेदन कोषाध्यक्ष देसु राइले प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी बाल संगति, जवान संगति र दिदीवहिनी संगतिको पनि बार्षिक प्रतिवेदन छुट्टा छुट्टै क्रमश पवित्रा गुरूङ, सृजना भण्डारी, हेमा गुरूङ र दिलु राईले प्रस्तुत गर्नुभएको थयो। सोही अवसरमा पास्टर सोनाम टी काबोले सुभकामना मन्तव्य दिनुभएको थियो। पास्टर डेविट आचार्यले कार्यक्रमको शुरूको प्रार्थना गर्नुभएको थियो। धन्यवाद ज्ञापन तथा १३ औं वार्षिक सभा कार्यक्रम माइलस्टोन चर्चका पास्टर रबिन वैद्यले सञ्चालन गर्नुभएको थियो। विभिन्न चर्च, संस्था र व्यक्तिहरूको प्रार्थना र सहायताले माइलस्टोन चर्च भवन बनाउन सम्भव भएको हो। विभिन्न तवरले आर्थिक सहायता र श्रमदान गरेर चर्च भवन निर्माण गर्न हायता पुर्याउनुहुने चर्चहरू, संस्थाहरू र व्यक्तिहरूलाई पास्टर रबिन बैद्ययले धन्यवाद ज्ञापन गर्नुभएको
Milestone Church Kathmandu
Discussion about this post