• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

(कथा) अलपत्र, बालुवाटारको पत्र

by Aadaan Pradaan
July 31, 2015
in Articles, Story

आदान प्रदान

बाह्र बजे रातमा फोन रिङ्ग हुनु स्वाभाविक कुरोहोइन।मुटु चल्यो। रङ्ग नम्बर होला भनी फोन उठाएँ, इमरजेन्सी पनि हुनसक्छ। भद्र महिलाको मीठो आवाज, “आदनजी, कोठाको बत्ती नबाल्नु होस् निभाउनुहोस्।”मनमा चिसोपस्यो।स्वीच अफ गरे। आवाज, “यहाँलाई दुःख दिऊ है, कृपया पर्दा हटाएर बाहिरको दृश्य हेर्नुहोस्।”धडकन तेज।यन्त्रवत पर्दा पन्साएर बाहिर हेरें।पाँचओटा भ्यान।चुपचाप स्टयन्डबाइ।बत्ती लाइट सब निभाएको। हुकुमको प्रतीक्षामा। कानको फोन त भुलेछु। नराम्रो झस्के, “देख्नुभो? सुरक्षा  हुनसक्छ, सेना हुनसक्छ, राज्यको अङ्ग अथवा कुनै धार्मिक समूह, सामाजिक समुदायकोलस्कर जो पनि हुनसक्छ जे देख्नुहुँदैछ।”

घरकाहरूलाई डिसटप होला भनी म अर्को कोठातिर लागें।“कुरो के हो खास कुरा केहो?”

“आदानजी”कोकिलकण्ठ, शान्तआवाज, सुशिल, सभ्य, बोली।“म सब बताउँछु, पहिले यसो गरौं, सानो दुःख दिउँ यहाँलाई है?

तपाईको ल्यापटपको ब्यागको भित्री खल्तीहरूमा केही नोटिस गर्नुभो? नौलोकुरो? पाइसक्नुभएको छैन भने, फोन राख्नुहोस् र हेर्नुहोस्। म ३मिनेटमा कल गर्छु।” फोनकट।

शान्तिप्रिय स्वाभावको व्यक्ति म यो आधारातको लफडाले मलाई कसैको मौन कठपुतली बनाइरहेको कुरो मेरो निम्ति कदापी ग्राह्य थिएन।तर कोही अदृश्य शक्तिले मलाई फोनबाट परिचालन गरिरहेछ। सब आदेश पालन गर्न बाध्य भइरहेकोछु। गहिरो स्वासलिए। ल्यापटपको खालीब्याग खोतलें।

३ मिनेटमा साइलेन्समा राखेको फोनको बत्तीबल्नथाल्यो। यस पटक मेरो हात साँच्चै अस्थिर थियो, काँपेकोजस्तो।

“केही पाउनुभो देख्नुभो आदानजी।” म वाकहीन। केभन्ने, कुन शब्दबाट सुरु गर्ने म अव्यवस्थित मानसिकतामा पुगें। उनकै आवाज आएर मलाई राहत मिल्यो, “डोन्ट वरी आदान, आइएम हियर टु हेल्प यू। मबताउँ है यहाँलाई त्यो नोटको बन्डल बीस लाखको बन्डल हो।अनि तपाईले पाउनुभएको अचम्मका टेबलेट, धूलोहरूको सानो पोको हो ड्रग्स, लागुपदार्थ। हामलाई थाहा छ त्यो तपाईले राख्नुभएको होइन। त्यो धन्धामा तपाई हुनुहुन्न। आदान, मेरो प्रिय आदनप्रदान, हाम्रो, अथवा मेरो एउटा वायरलेस कलको हुकममा तपाईको गेटमा आवाज दिने काम हुनेछ। तपाई भाडामा बसेको बिल्डिङ्गको तपाईको तीन कोठामा खान तलासी हुनेछ।भ्यानहरूले चकिलो लाइट बालेर तपाईको छिमेकमा हंङ्गामा मचाएर, साइरिन बजाएर चार मिनेटभित्र तपाईको सामान्य शान्त जीवनमा नौलो, नमिठो इतिहास आरम्भगर्न सक्छौं।

उनमा उग्रता थिएन, भद्रता थियो। मलाई अब बोल्नै पर्छ भन्ने लाग्यो। मैले सोर दबाएर भनें, “मेरो एउटा आग्रह छ।पहिलो कुरो पिल्ज भ्यानको लस्करलाई बाहिरबाट हटाइदिनुहोस्।छिमेकले नदेखोस्। यो डेरा गुमाउने हालतमा म छैन यतिबेला।”

मिठो रिप्लाइ, “यसो गरौं आदानजी, पर्दा पन्साएर बाहिर हेर्नुहोस्।”भ्यानहरू लाइट नबाली, सुस्तचालमाअघिबढे। झ्याल बन्द भएर नि होला, भ्यानहरू अघि बढ्दा मैले बिलकुल कुनै आवाज सुनिन । कुनै, कसैले पछिल्तिरबाट ठेलेजस्तो तिनीहरू सलल बगेर अँध्यारोमा बिलाए। यहाँ भिडान, मुठभेडको आभास मलाई मिलेको थिएन।चिसो, सुनियोजित स्टाइलमा सब भइरहेको छ। चलचित्रको कुनै गम्भीर,  सन्दिग्ध दृश्यजस्तै गरी स बसजेको, चलेको।

“म्याडम, मलाई बताउनुहोस् तपाईहरू किन यो सब गर्दैहुनुहुन्छ? मबाट के चाहनुहुन्छ? किन यो सब?”

“यस्तो बहादुर मान्छेको सोर किन काँपेको?”कोकिलकण्ठको साँचो प्रश्न, “थाहा पाउनु भो कि क्या हो त्यो बीसलाख भारु नक्कली हो भनी?”

भिरबाट खस्न लागे। बोली, आवाज अवरुद्ध। नक्कलीभारु? ? नक्कली? ? ?

बोल्न लागिन्, “नघबढाउनुस आदानजी, प्राइम मिनिस्टर अफिसमा पुगेको तपाईको पत्र उहाँले हेर्न पाउनुभएको छैन र पाउनु पनि हुने छैन । त्यसबारे म अथवा भनौं हामी सम्झौता माग्छौं । यो तपाईलाई एउटा आदर हो । निमिट्यान्न पार्न सकिने व्यक्तिसँग सम्झौता वास्तवमा आवश्यक छैन । तर आज रातिको सम्वाद हाम्रो तर्फको सभ्यता र तपाईप्रतिको सम्मान भनी बुझ्नुहोला । तपाईको पत्र पिएम अफिसको धेरै तल्लो तहमा भेटियो पनि जब्त पनि गरियो । हामीले सूचना पायौं र पत्रलाई सरसरी हेर्यौ ।”

“केही होइन आदान। यो पत्र  र दस्तावेज हाम्रो तर्फबाट भुस्कुट पारिहाल्छौं, खत्तम। यसको अस्तित्व मेटाउने काममा तपाईले पनि हामीलाई मदत गर्नुपर्छ।आज राति तपाईलाई समातेर, भोलिको अखबारमा तपाईलाई नङ्गयाउन सकिने थियो भनी।राष्ट्रका महान दैनिकहरू कुन आस्थाका हिमायती हुन्र कसको खिलाफमा छन् त्यो  तपाईले बुझिसक्नुभएकोछ। मिडिया हाम्रो हातमा, माफिया हाम्रो हातमा, पार्टी अध्यक्षहरू हाम्रो हातमा, सुरक्षा निकाय हाम्रो हातमा।आदानजी त्यसको सानु अन्दाज आज राति तपाई लाउनुहोस्। यो नक्कली नोट र लागुपर्दाथको नाटक हाम्रो पाँच विकल्पहरूमध्येको एउटा कदम हो।”

एक मिटनको मौनता छायो दुवै तर्फ। म सोच्न लागे के भनौं। उनी पर्खिरकी मेरो प्रतिक्रिया।

“हुन्छ।” मैले यति मात्र बोले।मेरोआत्म समर्पण, विवेक समर्पण, बुद्धि, दिमागको समर्पण भयो अदृश्य, बेनामीशक्तिको अघि यो आधारातमा। शान्त आवाजमा नै भनिन्, “ठीक छ तपाईको सब पत्र, रिपोट, दस्तावेज हामी यता समाल्छौं। तपाईको कम्पुटरमा, हातमा, फाइलमा यसको कुनै अंश छ छैन हामी त्यहाँ आएर हेर्ने छैनौं।पाँच विकल्पमा कुनै तपाईको प्रियजनको अपहरण पनि हो  हैआदान जी मनमा राख्नुहोस्।बिहान सात बजे कोही आउनेछ र तपाईसँग ती नशालु औषधि र भारू नोटको पाको पत्यौरो लिनेछ। तपाईमाथि हामी निगारनी बढाउनेछौं। तपाईका महान इसाई मित्रहरू सबै तपाईका राम्रा, प्यारा मित्र भनी ठानिरहनु है आदानजी, उनीहरू विना त हामी धेरै काम अघि बढाउन सक्दैसक्दैनौं। तपाईले पत्रकोर्न अघिको कसलाई यो आइडिया सुनाउनुभाथ्यो, त्यो स्टेजमा नै हामी सतर्क बनेका त थियौ।तर यति व्यापक हस्तक्षेप, यतिबिघ्न विषयमा तपाई प्रश्न उठाउनुहुन्छ भन्ने अन्दाजन पाउनु पनि हाम्रो मूर्खता हो, बेहोशियारी हो।तपाई त डेन्जरभन्दा डेन्जर मान्छे पो हुनुहुँदोरहेछ। धन्यवाद आदनप्रदान जी मिलिजुली बसम है त हामी सबै यो देशमा?। गुडनाइट” फोन काटियो। म पलङ्गमा थुचुक्क बसे। कति मिठो, कति शिष्ट र निश्छल। मोहिनी आवाज, भाषा, प्रस्तुति सब चिरिच्याट्ट। उनले बताको दस्तावेज र पत्र मेरो मनमा फनफनी घुम्न लाग्यो, हरेक  प्रश्न, हरेक कागज टुक्रा अट्टहास गर्न लागे मेरो दिमागमा मेरो खिल्ली उडाउँदै, धज्जी उडाउँदै अट्टहास।

… …सम्माननीयज्यू,

…….. ……  १०नम्बर बुँदा, पशुपतिको भारतीय भट्टको परम्परालाई तोडेर, नेपालीभट्टलाई त्यो पदमा नियुक्तिमाथि जन चासो . .आदि, आदि  . . .

…… ……१५ नम्बर बुँदा – अख्तियार दुरुपयोग आयोगको फाइलमा चढेको हरेक आरोपितको नाउँको साथमा उसको धर्म र जात अनिवार्यरूपमा अलग बुँदाको अनुच्छेद अन्तर्गत खुलाइयोस्।

…… ……७ नम्बर बुँदा……डलरको प्रलोभनमा इसाई बनेका नेपालीहरूको फोटोर नामथर सार्वजनिक गरियोस। नेपाल, अस्ट्रेलिया, युके, इस्राएल, खाडी, मलेसिया, कोरिया, अमेरिका, योरोपमा, भारतमा इसाई धर्मग्रहण गरेकाअनिअसल जागिर, जिम्मामा रहेकानेपाली इसाईहरूको संख्यामाथि अनुसन्धान गरियोस्।महिनामा रु३०हजारभन्दामाथि कमाइ गर्ने नेपाली इसाईहरूलाई आफ्नो काम, धन्धा, व्यापार खुलस्त गर्ने विश्वव्यापी आह्वानद्वारा लिस्ट तयारगर्न हामी कदम चाल्न तयार छौं , गरीब, अशिक्षितलाई मात्र प्रलोभनमा पार्यो‍ भन्ने लाञ्छनालाई यसरी हामी मुकाबिला गर्न तयार छौं। हुन सक्छ हंगकंग, सिंगापुर अनि ब्रिटिश आर्मीमा पूर्व कार्यरत पेन्सनवाल नेपालीहरूले प्रलोभनमान परेको प्रमाण बलियो गरी जुटाउनेछन्।

७क/ इसाई धर्म भित्रका विकृतिको लामो छोटो लिस्ट।यो राष्ट्रको निम्ति त्यसमा भएको हानिकारक शिक्षाहरूको  सूची…..

आज राति म सुत्न सकिरहेको छैनँ। को हो मलाई फोन गर्ने? को हुन मेरो डेराको अघि यसरी भ्यान तेर्साउने। कसले कतिबेला मेरो ब्याग भित्र यी खतरनाक कुरा राखिदिए? कानमा घुमे र आइरहन्छन्, आँखा अघि ती अक्षरहरू

३ नम्बर, सम्माननीयज्यू प्लिज, प्लिज, हामीसंकिर्ण छैनौं।कान बन्द गरेर येशूयेशू भनी जपिराछैनौ महोदय। कृपया सनातन धर्मले हामीलाई गरेको गुण, राष्ट्रको उत्थानमा गरेको योगदानहरू सुनाउनुहोस्। कुनै पनि गुरु, पण्डितलाई भारतबाट ल्याएर अथवा नेपालभित्रबाट मौका दिनुहोस् । यो धर्मको विशेषता, यो धर्म अप्नाउँदा मान्छे र मान्छेको समुदायमा हुने फाइदाहरू हामीलाई बुझाइदिनुहोस्। त्यसैमा फर्कि जाने अथवा त्यो धर्ममा धर्मपरिवर्तन गरी समाहित बन्ने मौका दिनुहोस्।

१८/….कुनै पनि चर्चबाट तपाईहरूले नै छनोट गरेर१२ वर्ष कि किशोरी अथवा १५ वर्षको किशोरलाई (पास्टर, गुरुलाई  होइन)  सार्वजनिकरूपमा बाइबल र येशूमा उसलेभेटेको असल कुरो र उसको घरमा र परिवार र समुदायमा प्राप्तभएको सकरात्मक शिक्षा, अनुभूति, अनुभव, परिवर्तन, रूपान्तरणको पाँचओटा विषय बाइबल केन्द्रित र हेर चर्चा गर्ने मौका दिनुहोस्।

यो रात मलाई रुन मन लागेकोछ। मेरो सपना, जतनसँग मिलाएकोसपना, योजना ऐठनमा परिणत भयो यही आधा घन्टभित्र। सब चकनाचूर।मैले उनीहरूको शास्त्र नखोल्नुपर्नेथ्यो। यसमा नै मेरो ठूलो त्रुटी भयो,

नम्बर२१….सम्माननीयज्यू, यो केहो? मलाई बताइदिनुहोस्, हामीलाई  बुझाइदिनुहोस् , “शुद्र जातिको मानिसबाट नोकरको काम गराउनुपर्छ किन भने हाम्रा स्वयम्भू ब्रह्माजीले शूद्रजातिलाई ब्राह्मणकै सेवाको निम्ति सृष्टि गरेकाहुन् । मनुस्मृति८, ४१३

“शूद्र वा दासले ब्राह्मणलाई धर्मसम्बन्धी केही कुरा बताउन खोज्छ भने राजाले यसको कान र मुखमा उम्लेको तातो तेल खन्याईदिनुपर्छ,”मनु८, २७२।

“ब्राहमणले नाच्नु हुँदैन, गाउनु हुँदैन, बाजा बजाउनुहुँदैन तालीपिट्नु हुँदैन।”मनु४,६४

आज राति म घोरिइरहेकोछु। सायद बालुवाटारको अफिसमा मैले यो २१ नम्बरको कुरा नपठाउनुपर्नेथ्यो। सायद भुलभो। उसो भए मोदनाथप्रश्रितको यो वाक्यमाथि मैले उत्तर माग्नु ठिक थियो त?

नम्बर१६….“एउटै जन्मभूमिका सन्तानमध्ये केहीले अरू सित छोइनै नहुने, एउटै पँधेरामा पानी भर्न नपाउने, अरूको घरमा पस्न नपाउने र सार्वजनिक देव मन्दिर आदिमा पूजासमेत गर्न नपाउने कुरा कति गम्भीर र विवेकी हृयदलाई चोट पुर्‍याउने खाल कोछ।”

सम्मानीयज्यू, मोदनाथज्यूकोयो वाक्यमाथि गम्भीर छलफल आवश्यक छ भनी हामी ठान्छौं। हामी भन्नाले चर्च होइन। उनीहरूको बीचमा जो चर्चदेखि बाहिरछन्।अनि मान्छे हुनुको साँचो अनुभव देखि पनि बाहिर छन्। उनीहरूको माझ छलफल थालियोस। चर्चभित्रको समस्या यो होइन।हजूरको विचार के छ यसमाथि संविधान सभाको उत्तर के छ?

नम्बर १६ क….“पुरोहित बाजेका गोडामा  ढोग्दै कोरामा बस्न इन्कार गर्ने म चाहिँ शूद्र भएँ। मेरो त्यो एक्लो विरोध वास्तवमा यही श्रेणीवाद,  जातिवाद, लिङ्गभेद र छुवाछूत विरोधी भावनाबाट जन्मिएको थियो। र, मेरो त्यो एक्लो विद्रोह मान्छे–मान्छे बीचमा उच नीच र घृणाका पर्खालहरू खडा गर्ने यही मानवद्वेषी  कुहिगन्धे धार्मिकरुढि  विरुद्ध लक्षित थियो।”

सम्माननीय महोदय, यो बोल्ने, लेख्ने मुस्लिम होइन क्रिस्चियन पनि होइन। खगेन्द्र संग्रौला हुन। उनको नाम सुन्ने भएकोछ?यो मान्छे राष्ट्रको सम्मुख उभेर ठाडो औंला उचाल्दैछ। उत्तर दिने कि चुप्प लाग्ने?

मैले मेरो व्यक्तिगत आन्दोलन र संग्राम यसरी आज राति थन्काउनुपर्‍यो। देशमा तर्कसंगत मान्यतामा सुधार, उद्धार ल्याउन सकिन्छ भन्ने विचारलाई मिल्काइदिनुपर्‍यो। भुकम्प, पैरो, बाढीले अस्तव्यस्त त्रस्त यो भूमिमा बाक्लो ढुङ्गा, माटो, हिलो, बग्दै आएर कर्णालीमा झर्दैगरेको पैरो मुनि मैले मेरो दस्तावेज घुसार्नुपर्‍यो। मौन रहन। सदा मौन रहनलाई।

 

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In