घर भत्किएको छ। घरमा लत्ता कपडा, भाँडा कुडा यत्रतत्र अवस्थामा छन्। बाल बच्चाहरू बाख्रा पाठाहरूसँगै खेल्दै छन्। बुवा आमा घरमा सामान मिलाउन र घरलाई बेरबार पार्नमा व्यस्थ छन्। मानसिक रूपमा पनि डर अझै छ। बेला बेलामा आउने पराकम्पनले मानिसहरूमा भय अझै पनि छ। तर पनि धादिङ जिल्लाको गुम्दी गाविस स्थित एक गृहिणी खाना पकाउँदै प्रशन्न मुद्रामा पाहुनाको स्वागत सत्कार गर्दैछिन्। राहत वितरण गर्ने स्वयं सेवकहरू खुसीसाथ कुरा गर्दै छन्। आफ्नो भन्दा पनि छिमेकीको वास्ता गर्छिन्। गु्म्दि चर्चकी सदस्य हुन उनि।
Discussion about this post