मिति २०७२ जेठ २१ गते आइटीन कार्यालयमा भुकम्प पीडितहरूको लागि राहत वितरण र पुननिर्माण सम्बन्धि भएका कामहरूकोबारेमा समिक्षा भएको छ। कार्यक्रममा माननीय सभासद लोकमणी ढकालको उपस्थिति रहेको थियो। कार्यक्रममा आइटीन, टीएफएन र जेपिएनबाट पदाधिकारीहरू तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
माननीय लोकमणी ढकालले भुकुम्प प्रभावित क्षेत्रहरूमा अनुगमनमा भएको गतिविधीको बारेमा पनि जानकारी दिनुभएको थियो। व्यवस्थापिका संसदले राष्ट्रिय विपत व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समिति गठन गरेको छ। उक्त ७३ सदस्यीय अनुगमन समितिमा माननीय सभासद लोकमणी ढकाल पनि सदस्य हुनुहुन्छ। सभासद ढकालले काभ्रे र पर्वत जिल्लामा अनुगमन गर्नु भएको थियो। साथै कास्की जिल्लामा पर्यटन व्यवसाय सम्बन्धिको कार्यक्रममा पनि सहभागिता रहेको बताउनुभएको थियो।
सोही अवसरमा माननीय सभासदले आइटीन कार्यालयमा निर्मित नमूना आवासको अवलोकन पनि गर्नुभएको थियो। अवलोकन पछि पास्टर टंक सुबेदीसँग आवास बनाउन लाग्ने सामाग्री र खर्चको बारेमा बुझ्नुभएको थियो।
भुकुम्प प्रभावित क्षेत्रहरूमा कतै कोही पीडित व्यक्ति वा समूदायले राहत पाएको छैन भने तुरून्त स्थानिय गाविसहरूमा सम्पर्क गर्न सुझाव दिनुभएको थियो। अथवा सिधै राष्ट्रिय विपत व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिमा फोन गरेमा तुरून्त राहत उपलब्ध हुने कुरा पनि बताउनुभएको थियो। राष्ट्रिय विपत व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिको नम्बर १६६००१२३३४ मा (टाेल फ्री) फोन गरी राहतको लागि जानकारी गराउन सकिन्छ।
Discussion about this post