आइटीनले विभिन्न संस्थासँगको सहकार्यमा उद्दार, राहत वितरण र पुननिर्माणको काम बैशाख १२ गतेदेखि नै गर्दै आएको छ। वर्षा सुरूहुनुभन्दा पहिल्यै भुकम्प पीडितहरूको लागि बलियो, सुरक्षीत र सस्तो अस्थायी आवास भएमा राम्रो हुने कुरालाई मध्यनजर गर्दै आइटीन कार्यालयमा नै नमुना आवास निर्माण गरेको छ। रेभ पास्टर मुकुन्द शर्माकाे प्रार्थनाद्वारा यस आवासको उदघाटन भएको हो।
पास्टर आशिष खडकाले यस्तो घर सबैको लागि हुन सके धेरै राम्रो सेवा हुने विचार राख्नुभएको थियो। उक्त नमूना आवासको लम्बाइ १२ फिट र चौडाइ १० फिट रहेको छ। फलामको फ्रेममा फेब्रिक प्रयोग गरी बनाइएको छ। यो साइज परिवारअनुसार बनाउन सकिन्छ। ठाउँ अनुसार काठ, बाँस, बल्क, इटा वा ढुङ्गाको बनाउन सकिने कुरा पास्टर टंक सुबेदीले बताउनु भएको थियो। यो आवासको डिजाइन पास्टर सुबेदीले नै गर्नुभएको हो। आवास बनाउन कमल घर्ती र अटल बोहोराले सहयोग गर्नुभएको थियो। यो घर नमूनाको लागि हुनेछ। अब गाउँ घरमा यस्तै मोडलमा अरू घर बनाउने कुरा पनि पास्टर सुबेदीले बताउनु भयो।
आवासको थप तस्वीरहरू:
Discussion about this post