राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले २०७१ जेठ १२ गतेका दिन वेथशालोम चर्च पुतलीसडकमा प्रार्थना सभा सम्पन्न भएको छ। ठीक एकमहिना अगाडि बैखाख १२ गतेका दिन १२:५६ बजे ७.८ रेक्टर स्केलको भुकम्प गएको थियो। महाभुकम्पले नेपालमा ठूलो मानविय र भौतिक क्षति भएको छ। याे विपतको समयमा राष्ट्रिय नेपाल ख्रीष्टिय महासंघ नेपालले राखेको प्रार्थनासभामा उपत्यकाका विभिन्न चर्चहरूबाट सहभागिता रहेको थियो। भुकम्पबाट प्रभावितहरूको निम्ति पुननिर्माण र व्यवस्थापन हुनसकोस भनि प्रार्थना गरेको छ साथै घाइतेहरूप्रति सिघ्र स्वास्थ्यको कामनासहित प्रार्थना गरेको छ। आयोजित प्रार्थना सभामा विभिन्न प्रार्थनाका विषयहरूमा विभिन्न चर्चका पास्टरहरूले प्रार्थनामा अगुवाइ गर्नुभएको थियो। सभामा डा. मंगलमान महर्जनले परमेश्वरको वचन बाइबल धर्मशास्त्रबाट वचन बाँड्नुभएको थियो।
प्रार्थना सभामा महाभुकम्पमा परेकाहरूको निम्ति उद्दार र पीडितहरूको निम्ति राहत वितरणमा नेपाल सरकार अन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सस्त्रप्रहरी बल, सञ्चार माध्यम र विभिन्न संस्थाहरूले पुर्याएको योगदानको पनि प्रशंसा गरेको छ। यस्तो विपत्तिको बेला सहयोग पुर्याउनु मानविय सेवा भएकोले सक्दो सहयोग र सेवा गर्न महासंघले आग्रह पनि गरेको छ।
Discussion about this post