धादिङ जिल्लाको दार्खा गाविसको कुरी गाउँ र वृचेत गाउँको लागि राहत वितरण कार्य भएको छ। आइटीन, टीएफएन, एफजी चर्च र नेपालचर्च मिनिष्ट्रिले राहत पठाएको छ। अहिले बाटो पुरै विग्रिएको छ। गाउमा मान्छेहरु घाइते छन्। सामान लिन आउन सक्दैनन्। यताबाट साधन नभएकोले कोहि पनि जान सक्दैनन्। काठमाडौंबाट पठाएको राहत धादिङबेसीमा स्थानिय मण्डलीका पास्टर टेक तामाङलाई चर्चमा राख्न हस्तान्तरण गरिएको छ। बाटो तयार भएपछि बृचेत र कुरीबाट स्थानियहरू आएर सामान लिएर जानेछन्।
शनिवार गएको भुकम्पले घरहरू ध्वस्त भएपछि अहिले त्यहा विचल्ली परेको छ। घरहरू पूर्ण रुपमा ध्वस्त भएपछि उक्त गाविसमा राहत पुर्याउन जानेहरू पनि बाटो भत्किएकोले जान सकेका छैनन्। कोही च्यापिएका व्यक्तिहरूलाई निकाल्ने र उपचार गर्न समेत जाने मान्छे नभएको कुरा स्थानिय पास्टर उद्धव तामाङले बताउनुभएको छ। दार्खा गाविसको कुरी गाउँमा २०० घरमध्ये १५/२० घरमात्रै बाँकी रहेको कुरा स्थानिय बताउछन्।
Discussion about this post