
शनिवारदेखि निरन्तर आएको भुकम्पले थुप्रैले ज्यान गुमाएका छन्। परिवार विहिन भएका छन्। राहत वितरण कहाँ हुन्छ थाह छैन आफ्नो घर परिवार गुमाउनुले मानसिक रुपमा त्रसित छन्। तराइबासीहरू र भारतियहरू सामान बोक्दै राजधानी छोडदैछन्। नारायणघाट मुग्लीन सडक खण्ड अवरूद्धले झनै समस्या भएको छ। महंगो ट्याक्सी भाडा तिरेर, ट्रक रिजर्भ गरेर जानेको संख्या बढ्दैछ। राजधानी छोड्नेहरूको विमान स्थलमा पनि त्यतिकै भिंड छ।
भुकम्पबाट ८० लाख प्रभावित भएको राष्ट्रसंघको दावी छ। सोमबारबाट भुकम्पको झड्का कम हुँदै बुधबारसम्म पुरै रोकिएको छ। खोजि र उद्धार कार्य जारी नै छ। राजधानी भन्दा बाहिर भारतीय हेलिकोप्टरले सहायता गर्दैछ। अब समस्या भनेको खाद्यान्न वितरण, ट्वाइलेट समस्या, टेन्टको सहज वितरण नहुनु आदि रहेको छ।
सरकारको मात्रै प्रतिक्षा नगरेर जति सकिन्छ व्यक्ति व्यक्तिले सहायता गरेमा ठूलो सहयोग हुने थियो।

Discussion about this post