नेपालगंज- एसेम्बलीज अफ गड अफ नेपालको महासभा २०७१ ज्योति निवास एजी चर्च, नेपालगंजमा सम्पन्न भएको छ। एजीएन महासभाको शिर्षक बाइबलबाट”…माथिका कुराहरूको खोजी गर, जहाँ ख्रीष्ट हुनुहुन्छ…” कलस्सी ३:१ रहेको थियो। महासभा २०७१ फागुन २५-२८ गतेसम्म भएको हो।
महसभाको लागि वक्ता पास्टर डड्ली हान्डर्सन र पास्टर इजकिएल जोसुवा हुनुहुन्थ्यो। मण्डलीमा चेलापन तयार गर्न, मण्डलीको असल व्यवस्थापन र निर्माण गर्नमा एजीएन नेपालकै बलियो र धेरै चर्चहरूको ठूलो संगठन मानिन्छ। बाइबलको शिक्षा अनुसार जीउन र आराधना संगति र सेवा गर्नमा मण्डलीलाई सुसज्जित बनाउदै आएको छ। महासभामा नेपालका विभिन्न स्थानहरूबाट लगभग ७०० मण्डलीको सभागिता रहेको थियो। एजीएन महासभा २०७१ ले मण्डली निर्माण गर्न, सुसज्ति बनाउन र असल व्यवस्थापन गर्नको निम्ति केन्द्रिय समितिको गठन गरेको छ।
केन्द्रिय समितीमा पदाधिकारीहरू :
अध्यक्ष रेभ.पास्टर जोसेफ श्रेष्ठ
उपाध्यक्ष रेभ. पास्टर शामूएल बोम्जन,
सचिव रेभ. पास्टर सुमन गुरूङ,
कोषाध्यक्ष रेभ. पास्टर एल.बि. चौधरी
सदस्यहरू रेभ. पास्टर एन.पी. प्रधान र रेभ. पास्टर ज्योति कुमार सुनुवार हुनुहुन्छ।
Discussion about this post