काठमाडौं- १ मार्च २०१५, नेपाली इसाई मण्डली ज्ञानेश्वरमा जर्ज भर्वरको ६०औ आत्मिक जन्मोत्सव कार्यक्रम सम्पन्न भएको छ। पास्टर रोवर्ट कार्थकज्यूको प्रार्थनाद्वारा कार्यक्रम सुरु भएको थियो। जर्ज भर्वरको जन्म दिनको उत्सवको शुभअवसरमा रेभ. डा. बाल कृष्णद्वारा लिखित पुस्तक “विश्वका प्रमुख धर्महरू “को विमोचन पास्टर टंक सुबेदीले गर्नुभएको थियो। विश्वका धर्महरू पुस्तक नेपाली भाषामा लेखिएको छ। धार्मिक अध्ययन, अनुसन्धान गर्न खोज्ने जो कोहीको लागि स्तरिय पनि रहेको कुरा पास्टर सुबेदीले बताउनुभएको थियो।
लेखक डा.शर्माले पुस्तक आफै बोल्छ अध्ययन गर्नेहरूले धेरै कुराको जानकारी पाउने कुरा बताउँदै लेख्नमा उत्साह दिने, सहायता गर्ने परिवार, व्यक्तिहरूलाई धन्यवादन दिनुभएको थियो। साथै प्रकाशन गर्नमा सहायता पुर्याउने ओएम नेपाल र आइटीनलाई पनि धन्यवाद दिनुभएको थियो। पुस्तक विमोचनको प्रार्थना पिटर बिसेटले गर्नुभएको थियो।
जन्म दिनको शुभअवसरमा कार्यक्रममा जर्ज भर्वरले परमेश्वरको वोलावट, मिसन ओएम नेपालको सुरूवात र परमेश्वरको आशिष् विश्वभरी पुर्याउन परमेश्वरले दिनभएको आशिष्को बारेमा बताउनुभएको थियो। झन्डै १०० वटा देशमा भ्रमण गरि सकेका भर्वरले परमेश्वरको काम सबै मानिसहरूको विचमा पु्र्याउन उत्साहित भएको र जहाँ गए पनि विश्वको नक्सा बोकेर जाने गरेको कुरा बताउनु भएको थियो। सबै राष्ट्रको निम्ति प्रार्थना गर्न सम्झन सजिलोको लागि विश्वको Global Map ले सजिलो हुन्छ यतिमात्रै नभएर भर्वरले लगाएको ज्याकेटमा पनि विश्वको नक्सा छ।
कार्यक्रमा पास्टर शामूएल कार्थकले आराधनमा डोर्याउनुभएको थियो भने पास्टर बर्नावास श्रेष्ठले कार्यक्रममा उदघोष्ण गर्नुभएको थियो।
Discussion about this post