• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 17, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

परमेश्वरको वचन आगो

by NepalChurch.com
May 15, 2013
in Articles, News & Events

Resham Kumar Sunuwarपरिचय: परमेश्वरको वचन आगो जस्तै छैन र भनेर यर्मियाले यहाँ चर्चा गरेका छन्। चट्टानलाई चुर चुर पार्ने घन जस्तै छैन र भन्ने कुरा पनि यहाँ उल्लेख गरेको छ। तर आजको यस भागमा परमेश्वरको वचन आगो जस्तो भन्ने कुरालाई हामी हेर्दछौ।अनि अर्को समयमा परमेश्वरको वचन घन जस्तै छ भन्ने कुरा पनि हेर्दछौ।

परमेश्वरको वचन आगो जस्तो भनेर यर्मिया अगमवक्ताले भन्दछन्। हामी हरेक मानिसको निम्ति परमेश्वरको वचन निश्चय पनि आगो जस्तो छ। त्यसैले यसको महत्वलाई बुझ्नु अति जरुरी छ। यर्मिया २३:२९, “के मेरो बचन आगो जस्तो छैन र? चट्टानलाई चुर चुर पार्ने के त्यो एउटा ठूलो घन जस्तै छैन र?” परमप्रभु भन्नुहुन्छ। आगोले ज्योति दिन्छ, न्यानो दिन्छ अनि सबै भागमा छेडन सक्छ। परमेश्वरको वचन पनि आगो जस्तै छ भनेर यर्मिया अगमवक्ता भन्दछन्। परमेश्वरको वचनले हाम्रो जीवनमा आगोले जस्तै काम गर्छ हामी हाम्रो जीवनमा यसलाई अनुमति मात्र दिनु पर्दछ। आगो विषयमा व्याख्या गर्न गाह्रो छ। तर आगोले गर्ने कामको विषयमा हामीलाई थाहा छ। आगोले भस्म पार्दछ, आगोले स्पष्ट पार्दछ, आगोले शुद्ध पार्दछ, आगोले वदली गर्दछ, चिसो बरफहरुलाई पगाल्दछ आगोले निर्माण गर्दछ। आगो फायदाजनक तत्व हो। आगो आवश्यक तत्व हो। धेरैजसो उद्योग धन्दा आगोविना चल्न सक्दैनन्। हामी पनि अगो विना बाँच्न सक्दैनौं। अहिले आधुनिक प्रविधिको कुराले आगोको रुप परिवर्तन गरेका छन्। तर अधारभूत सिद्धान्त भनेको एउटै हो। वल्भको ज्योति, कारको इन्जिन, धातुहरु गाल्ने भट्टी, स्टोभ, लुगा सुकाउने मेशिन, कपाल सुकाउने मेशिन, कपाल घुम्राउने आईरन जस्ता मानिसले प्रयोगमा ल्याउने अनगिन्ती चीजहरु छन्। यसको जग त्यही नै हो। आगोले जल्ने सबै चीजलाई जलाएर नष्ट पार्दछ। परमेश्वरको वचन आगो जस्तै छ यसले भस्म पार्दछ। हिब्रु १२:२९ “किभने हाम्रा परमेश्वर भस्म पार्ने आगो हुनुहुन्छ।” परमेश्वरको वचन शक्तिशाली छ। यो अचमम छ कि सानो एउटा झिल्काले पनि कति ठुलो ज्वाला उत्पन्न गराउँछ। परमेश्वरको वचनले चिसो हृदयलाई पगाल्दछ। आगोले कुनै पनि वस्तुलाई परिवर्तन गर्दछ। आगोले कुनै पनि चिजलाई अझ बढी आगोमा परिवर्तन गर्दछ। कुनै पनि व्यक्ति शरीरको पछि लाग्छ भने परमेश्वरको वचन त्यसको जीवनबाट बग्न सक्दैन। कुनै पनि ज्यक्ति परमेश्वरको वचनको आगोले जलेका छन् भने तिनीहरु आफ्नो निम्ति नभएर परमेश्वरको सुसमाचार बोल्छन्। आगोले कुनै पनि धातुमा  भएका अशुद्ध कुरा निकालेर वास्ताविक धातु बन्नलाइ सहायता गर्दछ। परमेश्वरको वचन एकदम शक्तिशाली छ हामीले यसलाई कसरी प्रयोग गर्नुपर्छ भनेर होशियार हुनुपर्दछ।

 

परमेश्वरको वचन आगो जस्तै छ किनकि यसले ज्योति दिन्छ। हामीले एक पल्ट बिचार गरौं कि ज्योति अथवा उज्यालो कति मूल्यवान छ। यसले हामीलाई अन्धकारमा देख्नलाई सहायता गर्दछ। बाटो देखाउँछ। बाधादेखि हामीलाई जोगाउँछ। हामीलाई सुरक्षाको महसुस गराउँछ। भजनसंग्रह ११९:१०५ “तपाईको वचन मेरो गोडाको निम्ति बत्ती हो र मेरो बाटोको निम्ति ज्योति हो।” परमेश्वरको वचनले हाम्रो जीवनमा ज्योति प्रदान गर्दछ। परमेश्वरको वचनले हामी हिंड्ने मार्गमा निर्देश गर्दछ। १ पत्रुस २:९ हामी विश्वासीहरु अन्धकारबाट ज्योतिमा आएका छौं। जोहरु अन्धकारमा रहन्छन् तीहरु शैतानको शक्तिको अधीनमा रहन्छन् र जोहरु ज्योतिमा रहन्छन् ती परमेश्वरको शक्तिको अधीनमा हुन्छन्। आज धेरै जना अन्धकारमा हिंडेर गल्ती दिशातिर गईरहेका हुन्छन्। भजनसंग्रह ११९:१३० ज्योति दिईएको कारण सुरक्षा हुन्छ। कतिपय अवस्थामा हाम्रा मार्गहरुमा अन्धकार जस्तो देखिए तापनि परमेश्वरको वचन अनुसार जिउनेलाई एउटा पक्षमा अन्धकार देखिए ता पनि अर्को पक्षमा ज्योति देखिन्छ। परमेश्वरको वचन आगो जस्तै छ किनकि यसले ज्योति दिन्छ। देख्नलाई र बुझ्नलाई यसले सहयाता गर्दछ। परमेश्वरको बचन आगो जस्तै छ किनकि यसले सन्तवाना दिन्छ। चिसो दिनमा आगो तापेर बस्नु सुबिधा अरु के हुन सक्छ। परमेश्वरको वचन हाम्रो आफ्नो संकष्टको समयमा सन्तवना दिन्छ। त्यसपछि हामीले अरुलाई सन्तवाना दिन सक्दछौं

 

आगो धातुलाई पनि जलाउन सक्ने खालको शक्ति हुन्छ। आगो शक्तिशाली हुन्छ। आगो यति तातो हुन्छ कि यसले कुनै पनि चीजलाई छेड्न सक्ने हुन्छ। जसरी आगोमा छेड्न सक्ने सामर्थ्य हुन्छ त्यस्तै परमेश्वरको वचनमा पनि हुन्छ। परमेश्वरको वचन आगो जस्तै छ किनकि यसले मानिसको हृदयलाई छेड्छ। परमेश्वरको वचन आगो जस्तै छ किनकि यसले शुद्धिकरणको काम गर्दछ। बहुमुल्य धातुहरु मैलोहरुबाट अलग गर्दछ। अशुद्ध कुराहरुलाई पजि जलाउँछ। आगो शुद्ध पार्ने चीज हो। जसरी आगोले काम गर्छ त्यसरी नै परमेश्वरको वचनले पनि काम गर्दछ। यसले सफा गर्दछ। पापको अशुद्धतालाई हटाउँदछ।  “यस हेतुले कि उहाँले त्यसलाई पानीले धोएर वचनद्धारा पवित्र पार्न सकून्, र उहाँले दाग वा चउरी नभएको , अथवा यस्ता कुनै कुरा नभएको तेजस्वी मण्डली आफैकहाँ प्रस्तुत गर्न सकुन, र त्योचाहिं पवित्र र निष्खोट होस्।” एफिसी ५:२६-२७। मण्डली परमेश्वरको वचनबाट शुद्ध पारिन्छ। परमेश्वरको वचनद्धारा मण्डलीलाई पवित्र पारियोस्। हामीलाई पमेश्वरको वचन हाम्रो जीवन शुद्धिकरण गर्नलाई प्रयोग गरिनु पर्दछ। परमेश्वरको वचन आगो जस्तै छ कि यसले शुद्धिकरण गर्दछ। परमेश्वरको वचन आगो जस्तै छ कि यसले नष्ट गर्दछ। आगोले हाम्रो घरमा तातो बनाउन पनि सक्छ र त्यही आगोले घर जलाएर नष्ट पार्न पनि सक्छ। आगोले खाना पकाउन पनि सकिन्छ र आगोद्धारा जलाईने काम पनि हुन सक्दछ। आगोले सहायता गर्दछ र यसले नष्ट पनि गर्दछ। परमेश्वरको वचन त्यस्तै हो। यदि यसको आज्ञा पालन गरे यसले तपाईलाई बचाउँछ। यदि आज्ञा पालन नगरे तपाईलाई नष्ट पनि गर्दछ।

आज हामी परमेश्वरको वचन आगो जस्तै छ भनेर हेरीरहेका छौं। यर्मियाले परमेश्वरको वचनलाई आगो जस्तै भनेर भनेका छन्। यर्मिया २०:९ पनि यर्मियाले भनेका छन्, “तर म उहाँको चर्चा गर्नेछैन, म फेरी कहिल्यै उहाँको नाउँमा बोल्नेछैन, भनी यदि म भन्छु भने उहाँको वचन मेरो हृदयमा जलीरहेको र मेरा हड्डीहरुमा थुनीराखेको आगो जस्तो हुन्छ। त्यसलाई भित्र रोकीराख्दा म थकित हुन्छु, साँच्चै म त्यो थाम्नै सक्दिन।” आगोले जलाउँछ, नष्ट गर्छ। मानिस जातिलाई आगोको आवश्यक्ता पर्दछ। त्यस्तै गरी परमेश्वरको वचन पनि आवश्यक्ता पर्दछ। परमेश्वरको चर्चा गरिनु, बोल्नु हरेक मानिसको दायित्व हो। यस दायित्वबाट हामी बिमुख हुनुहुँदैन। साँच्चै परमेश्वरको वचनलाई यहाँ पनि आगोसँग तुलना गरिएको छ।

 

पापी मानिस न्यायको दिनमा यस वचनद्धारा भस्म पारिनेछन्। हाम्रा कामहरु पनि आगोद्धारा जाँचिनेछ। यदि हाम्रा कामहरु काठ परालको छन् भने परमेश्वर रर्स्वर्गदूहरुको सामु आगोद्धारा जलेर नष्ट हुनेछन्। जसले भूटा कामहरु गर्दछन्, तीहरुलाई परमेश्वरले जलाएर नष्ट पार्नुहुन्छ। झूट बोल्नेहरु आगोको कुण्डको भागीदार हुनेछन्। कुनै अविश्वास र शंकाहरु जलेर नष्ट हुन्छन्। सबै स्वार्थीपना र घमण्डहरु नष्ट हुनेछन्। १ कोरिन्थी ३:१३ “प्रत्येक मानिसको काम प्रकट हुनेछ, किनभने न्ययाको दिनले त्यो खुलस्त गरी दिनेछ। त्यो आगोद्धारा प्रकट हुनेछ। र हरेकले कस्तो काम गरेको छ, सो आगोले जाँच गर्नेछ।” यहाँ प्रत्येक मानिसको काम आगोबाट जाँचिनेछ भनेर पावल भन्दछन्। प्रत्येक मान्छेको काम प्रकट हुनेछ। उसले सही या गलत जे काम गरे पनि त्यो प्रकट हुनेछ। त्यसकारण आज हामीले कस्तो प्रकारको काम र जीवनशैलीमा परमेश्वरको दृष्टिकोणमा बाँचेका छौं। एकदिन ती सबै कामहरु प्रकट हुनेछन्। न्ययाको त्यो दिनमा सबैको हृदयको रहस्यमय कुराहरु प्रकट हुनेछ। अनि सत्य काम गर्नेहरु मानिसहरुलर्ेर् इनाम पाउनेछन्। अनि असत्य कुराहरु सबै आगोले जलेर नष्ट हुनेछन्। हरेकको कामलाई आगोबाट जाँचिनेछ।

 

परमेश्वरको वचन आगोसँग तुलना गरिएको छ। त्यस अर्थमा आज हरेक विश्वासीहरुले परमेश्वरको वचन सही प्रयोग गरी आफ्नो जीवनमा लाभ उठाउन सिक्नु पर्दछ। कस्तो काम तपाईको जीवनमा आज तपाईले गर्नुभएको छ? के त्यो आगोद्धारा जाँचिदाँ बाँकी रहन्छ कि जलेर नष्ट हुन्छ? परमेश्वरको वचन आगो जस्तै हो यससँग खेलवाड गर्नु हुन्न। परमेश्वरको वचन आगो जस्तै भएकोले यसलाई हाम्रो जीवनमा लगाएर आशिष बटुल्न सक्दछौं।

रेशम कुमार सुनुवार

Republished in new layout 15-May-2013

Related Posts

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026
भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026
कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In