काठमाडौं- २४ गतेका दिन ज्योति ग्रेट कमिसन फेलोसिप ललितपुरमा साहित्यकार, लेखक, पास्टर र मेडियाकर्मीहरूको उपस्थितिमा “क्रुसिफाइड कवितासंग्रह” समिरा मल्लको हातबाट विमोचन भएको छ। ६ वर्षिया समिराले प्रार्थना गरी कवितासंग्रह विमोचन गरेकी हुन्। कवितासंग्रहका लेखक ब्याप्टिष्ट चर्च लेटाङका अगुवा निरपति राईले ख्रीष्टको प्रेम र साहित्यमा डुबेको अनुभव बाँड्नुका साथै कविता वाचन पनि गर्नुभएको थियो। कविताका शब्द शब्द र वाचन शैलीले उपस्थितहरूलाई मग्न बनाएको थियो। कविताको शिर्षक र भित्र लेखिएका शब्दले ख्रीष्टलाई केन्द्रित बनाएको छ।
कविताको समिक्षा भुवन देवकोटाले गर्नुभएको थियो। ख्रीष्टियन साहित्य क्षेत्रका अग्रज लोकनाथ मनेनले उत्साहका केही शब्द राख्नुभएको थियो। पास्टर लाजर थुलुङले कविताको भाव दिंदै कविलाई उत्साह दिनुभएको थियो। विमोचन कार्यक्रममा सुजता बि.एमको गीत गाउनुभएको थियो।
पास्टर रोजेन्द्र मल्लको प्रार्थनाद्वारा सुरु भएको कार्यक्रमको सञ्चालन प्रेम नारायण भट्टराईले गर्नुभएको थियो। कवितासंग्रह प्रकाशन वरदान प्रकाशनको तर्फबाट केशव मैनालीले धन्यवाद ज्ञापन गर्नुभएको थियो। अन्तमा लोकनाथ मनेनको प्रार्थनापछि कार्यक्रम विसर्जन भएको थियो।
Discussion about this post