• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 17, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ख्रीष्टको सुबास्ना

by NepalChurch.com
May 17, 2013
in Articles, News & Events

Resham Kumar Sunuwarपरिचय :हामी ख्रीष्टको सुबास्ना हुनुपर्दछ। किनकि यो हरेक विश्वासीहरुको लागि परमेश्वरको आदेश छ। आज हामीले कस्तो प्रकारको बास्ना फैलाएका छौं। आज सुबास्नाको विषयमा कुरा गर्न गईरहेका छौं। हामीले कुबास्नाको विषयमा कुरा गर्न गईरहेका छैनौं। आज हामीले परमेश्वरको सुबास्ना पैलाउनको निम्ति बोलाईएका हौं। कुबास्ना फैलाउनको निम्ति होईन। यस अर्थमा ख्रीष्टको सुबास्ना हुनु ख्रीष्टको सुगन्ध फैलाउनु हामी हरेक विश्वासीहरुको दायित्व र जिम्मा हो।

 

 

“तर परमेश्वरलाई धन्यवाद होस्, उहाँले हामीलाई ख्रीष्टमा सँधैको निम्ति विजयमा डोर्याउनुहुन्छ। र उहाँको ज्ञानको सुबास्ना हामीद्धारा हरेक स्थानमा पैलाउनुहुन्छ। किनकि उद्धार पाईरहेकाहरु र नष्ट भईराखेकाहरुको माझमा पनि हामी परमेश्वरको निम्ति ख्रीष्टको सु-बास्ना हौं। एउटाको निम्ति मृत्युको दुर्गन्ध र अर्काको निम्ति जीवनको सुगन्ध। यी कुराको निम्ति को योग्य छ।” २ कोरिन्थी २:१४-१६।

पावलले परमेश्वरलाई धन्यवाद दिन्छन र हामीलाई ख्रीष्टले विजय दिनुहुन्छ भन्ने कुराको उठान गर्दै हामीद्धारा परमेश्वरले उहाँको ज्ञानको सुबास्ना हरेक स्थानमा पलैलाउनुहुन्छ भनेर भनेका छन्। पावल ख्रीष्टमा विजय भए। ख्रीष्टमा वाहेक हाम्रो लागि अरु कुनै कुरामा विजय हुँदैन। आज हामीले कस्तो प्रकारको बास्ना हाम्रो जीवनबाट फैलाएका छौ त? पावलले भन्छन्, ख्रीष्टको ज्ञानको सुबास्ना हामीद्धारा हरेक स्थानमा फैलाउनुहुन्छ ।

आत्मिक जीवनमा नजिउने अनि संसारिक कुरा र परमेश्वरको वचन विरोधी तत्वहरुले विश्वासीको नामको नक्कली खोल ओडेर  परमेश्वरको राज्यमा साँच्चै कुबास्ना फैलाईरहेका छन्। कसरी हामी यो सुबास्ना हुने त? जब ख्रीष्ट हामीमा हुनुहुन्छ। हामी ख्रीष्टसँग हुन्छौं तव हामी ख्रीष्टको सुबास्ना  फैलाउन सक्षम हुन्छौं। हामी ख्रीष्टको सुबास्ना बोकेर हिंड्ने मानिसहरु हौं।

आज संसारभरी मानिसहरुले अरबौको बास्ना आउने कुराहरु उत्पादन, बिक्री वितरण र प्रयोग गर्ददछन्। शरीरमा दल्ने, अनि छिस्स लगाउने अनि कोठामा छर्कने, अनि बाथरुम र टोईलेट (पाईखाना) मा राख्ने आदिमा प्रयोग गर्ने काम भईरहेका छ। कुनै पनि नराम्रो गन्ध र बास्ना आउने चीज कसैले पनि पक्कै दलेर हिंदैन। यदि केाही मान्छेले यसरी नराम्रो गन्ध बोकेर या दलेर हिंड्छ भने त्यो मानिसको नजिक बस्नलाई पक्कै पनि सजिलो हुँदैन होला। के के कुराहरु नराम्रो गन्ध हुन सक्छन् त? शायाद तपाईको काखी गन्हाउने, खुट्टाको मोजा गन्हाउने, कति मुख गन्हाउन अनि कतिको ज्यान गन्हाउने कतिको सास गन्हाउने त कतिको के के गन्हाउँछ त्यो सबै बर्णन गरेर साध्य हुँदैन। यदि कडा प्रकारले नराम्रो गन्ध छ या फैलिन्छ भने पक्कै पनि तपाईको नजिक कोही पनि आउदैन र त्यति नजिक भएर समय विताउनलाई पनि शायाद कठीन हुन सक्छ मान्छेहरुलाई।

एउटा अनुसान्धानले के देखाएको छ भने चारवटा सकारात्मक मुडहरु ल्याउँदछ। खुशीपना, आनन्दपना, आरमदायी र उतप्रेरित हुने। सुसमाचार सुनाउने ख्रीष्टियानहरु मीठा बास्नाहरु जस्तै हुन्। ख्रीष्टमा उद्दार पाईरहेकाहरुका लागि यो बास्ना जीवनको बास्ना हो। तर विश्वासरहित भई नष्ट भईरहेकाहरुका लागि यो बास्ना मृत्युको बास्ना हो। अविश्वासको कारण दोषी ठहरिएर मृत्युमा पुग्न सक्दछन्। आज हरेक मण्डलीका विश्वासीहरुले आफैले आफैसित यो सोध्नुपर्दछ। के मेरो जीवनबाट ख्रीष्टको बास्ना आउँदछ? कि पाप र स्वार्थको दुर्गन्ध आउँदछ?
“तर परमेश्वरलाई धन्यवाद होस्, उहाँले हामीलाई ख्रीष्टमा सँधैको निम्ति विजयमा डोर्याउनुहुन्छ। र उहाँको ज्ञानको सुबास्ना हामीद्धारा हरेक स्थानमा पैलाउनुहुन्छ। किनकि उद्धार पाईरहेकाहरु र नष्ट भईराखेकाहरुको माझमा पनि हामी परमेश्वरको निम्ति ख्रीष्टको सु-बास्ना हौं। एउटाको निम्ति मृत्युको दुर्गन्ध र अर्काको निम्ति जीवनको सुगन्ध। यी कुराको निम्ति को योग्य छ।” २ कोरिन्थी २:१४-१६ ।

यहाँ हामी सुबास्ना र सुगन्ध भन्ने शव्दको ख्याल गर्दा पावलले हाम्रो जीवनबाट ख्रीष्टको प्रेम, मुत्ति, र शान्तिचाहिं संसारभरी फैलिनुपर्छ भन्ने तर्क गर्न खोजेका छन्। बास्ना र सुबास्ना शव्दको विपरित शव्द कु-बास्ना हो। त्यस्तै गन्ध र सुगन्धको विपरित शव्द दुर्गन्ध हो। हामी प्रभुकाजनहरुको जीवनबाट कस्तो प्रकारको गन्ध लिएर हिडेका छौ त?

परमेश्वरको सुबास्ना

पावलले मुक्तिको सेवकाई बोकेर हिड्नुपर्ने बास्नाको विषयमा चर्चा गरेका छन्। बास्ना शव्दको वर्णन गर्नलाई दुईवटा ग्रीक नामको प्रयोग गरिएको छ।

१, सुबास्ना Fragrance

ग्रीक शव्द osmē  ओस्म् ले समान्यता बास्ना भन्ने अर्थ जनाउँदछ। यो राम्रो र नराम्रो बास्ना दुवै हुन सक्दछ। बास्नाद्धारा मानिसको दिमागलाई प्रभाव पार्न सक्दछ। यहाँ १४ पदमा बताईएको बास्ना सकारात्मक बिचारले गरिएको कुरा थियो। अनि १६ पदमा मृत्यु र जीवन दुवैको विषयमा कुरा गरिएको छ।

२, सुगन्ध Aroma

ग्रीक शव्दमा भगōमष्ब इयूडिया ले मिठो गन्ध अनि सुगन्ध भन्ने अर्थ लाग्दछ। यो सुगन्ध परमेश्वरलाई खुशी तुल्याउनलाई भन्ने कुरा बुझिन्छ।

यहाँ उहाँको ज्ञानको सुबास्ना भनेर पावलले उल्लेख गरेका छन्। उहाँको ज्ञान भनेको के हो? यो यही नै हो कि हामीले परमेश्वरको वचन अनि येशूको विषयमा जान्नु र बुझ्नु हो। येशूलाई हाम्रो जीवनमा निम्ताउनु हो। अनि उहाँलाई हाम्रो जीवनमा काम गर्ने मौका दिनु हो। परमेश्वरको वचनको ज्ञानद्धारा नै हामी परमेश्वरको नजिक हुन सक्दछौं। परमेश्वरसँग घनिष्ठ हुन सक्दछौं । अनि हामी उहाँको वचनको ज्ञानद्धारा अझ अरु मानिसहरुको माझमा हामी जहाँ जान्छौं त्यहाँ उहाँको ज्ञानको सुबास्ना फैलाउँछौं। मानिसहरुले परमेश्वरको वचन जान्ने र ख्रीष्टलाई चिन्ने मौका पाउदछन्। “जे सुनिएका छ त्यसैबाट विश्वास आउँछ अनि जे सुनिन्छ त्यो ख्रीष्टका प्रचारबाट आउँदछ।” रोमी १०:१७। ख्रीष्टको वचनद्धारा हामी सुन्छौं अनि सुनिएको कुराबाट विश्वास आउँछ अनि त्यसपछि यसबाट परमेश्वरको काम हाम्रो जीवनमा शुरु हुन्छ। जव हामीले येशूलाई हाम्रो जीवनमा राख्दछौं अनि हामीले सुमाचारको सुबास्ना फैलाउदछौं । यहाँ नष्ट भईरहेकाहरुको लागि हामी विश्वासीहरु ख्रीष्टको सुबास्ना हुनुपर्दछ। कोहरु नष्ट भईरहेका छन् त? जोहरु ख्रीष्टविना बाँचीरहेका छन्। जोहरुले ख्रीष्टलाई चिन्ने मौका पाएका छैनन अनि अन्धकारमा जिईरहेका छन् हामी उनीहरुका माझमा ख्रीष्टको सुबास्ना हुनुपर्दछ।

२ कोरिन्थी २:१६ मा पावलले दुइ किसिमको गन्धको विषयमा तुलना गर्दछन्।

१, मृत्युको दुर्गन्ध

मृत्युको दुर्गन्ध भनेको कुहिएको लाशको गन्ध भनेर पनि भन्न सकिन्छ। यो जो व्यक्ति  मर्छन र नष्ट भएर गएपछि शरीर कुहिएर जाँदा आउने गन्धको विषयमा पनि बुझ्न सकिन्छ। पावलले यहाँ कसरी मानिसमा मृत्युको दुगर्न्ध फैलिन सक्छ त भन्ने तर्क पेश गर्न खोजेका छन् त वास्तवमा उनले भन्न खोजेको कुरा भनेको मानिसहरु सँधैको लागि ख्रीष्टको मुक्ति नपाएर परमेश्वरबाट सँधै अलग भएर मर्ने र सँधै नरकमा जाने कुरा वताएका हुन्। पावलले यस अर्थमा मृत्युको दुर्गन्धको विषयमा वताउने प्रयत्न गरेका हुन्।

२ जीवनको सुगन्ध

जीवनको सुगन्ध भनेको यो राम्रो र सकारात्मक गन्ध जसले खुशी, आनन्द र तिनीहरुको पापबाट छुटकारा पाई ख्रीष्टमा जीवन पाएको मिठो सुगन्धको विषयमा हो ।

आज हामीले कस्तो प्रकारको गन्ध बोकेर हिंडेका छौं त? एउटा विश्वासीको नाताले हामी के साँच्चिकै जीवनको सुगन्ध बोकेर हिडेका छौं ? कि मृत्युको दुर्गन्ध बोकेर हिंडेका छौं। पावलले भन्छन्, यी कुरहरुको निम्ति को योग्य छ? के हामी यी कुराको निम्ति योग्य छौं त? वास्तवमा हामीले खेल्ने भूमिका ठूलो रहेछ। जीवनको सुगन्ध अथवा मृत्युको दुर्गन्ध यी दुबै कुरा हामी हाम्रो जीवनबाट फैलाउन सकिन्छ।

कस्तो कुराबाट दुर्गन्ध आउँदछ?

क, कुनै पनि सडेको गलेको कुराबाट दुर्गन्ध आउँदछ। निश्चय पनि ताजा कुराबाट दुर्गन्ध आउँदैन। जस्तो खानेकुरा तपाईले पकाएर ताजामै त्यसको उपयोग गर्नुहुन्छ भने त्यो कति मिठो सुगन्ध हुन्छ र तपाईले त्यो मजाले स्वाद लिएर खाना सक्नुहुन्छ। तर त्यो सडे गलेको छ भने त्यो खाने कुराबाट दुर्गन्ध फैलिन्छ अनि तपाईले त्यस्तो खाने कुरा खानुभयो भने त्यसबाट रोग पनि लाग्दछ। आज त्यही किसिमले कोही विश्वासीको आत्मिक जीवनमा सडेको गलेको छ भने  त्यसको जीवनबाट नराम्रो दुर्गन्ध फैलीरहेको हुन्छ। नराम्रो किसिमको साक्षी मानिसहरुको माझमा गईरहेका हुन्छ। त्यसैकारण यदि हामी आत्मिक जीवनमा ताजा छौ भने हाम्रो जीवनबाट ख्रीष्टको सुगन्ध राम्रो साक्षी मानिसहरुको माझमा गईरहेको हुन्छ।

ख, मरेको कुराबाट पनि दुर्गन्ध फैलिन्छ। आज कोही आत्मिक रीतिले मरेको छ भने त्यसको जीवनबाट पनि नराम्रो दुर्गन्ध फैलिन्छ। आत्मिक रीतिले मरेको मान्छेले परमेश्वरको विषयमा चासो राख्दैन। परमेश्वरको वचन सुन्दैन। जति परमेश्वरको वचन सुने पनि त्यसले त्यतिकै उडाएर पठाउँछ। आज हामी आत्मिक रीतिले मरेको नभएर जीवित हुनु जिउँदो हुनु आवश्यक छ।

ग, अनि कोही व्यक्ति जीवनमै छन तर राम्रो सफा भएका हुँदैनन अथवा फोहोर हुन्छन्, बर्षो नुहाउदैनन भने तिनीहरुबाट पनि दुर्गन्ध शुरु हुन्छ। परमेश्वरको अगाडि अशुद्ध, अपवित्र जीवन जिउनेहरु यस समूहमा पर्दछन्। के ख्रीष्टको अगाडि तपाई अपवित्र र अशुद्ध जीवन जिउनुभएको छ? मृत्युको दुर्गन्ध फैलाईरहनुभएको छ? परमेश्वरले पवित्र र शुद्ध जीवनको माग गर्नुहुन्छ।

चुनौती

आज तपाईको जीवनबाट कस्तो प्रकारको बास्ना या गन्ध फैलाउनुभएको छ- के तपाई आत्मिक जीवनमा सडेर गलेर जानुभएको छ- अनि नराम्रो दर्ुगन्ध फैलीरहेको छ कि? आत्मिक रीतिले मरेर साँच्चै मृत्युको दुर्गन्ध गईरहेको छ कि? तपाईको जीवनमा भएको अशुद्ध र अपवित्रताले गर्दा दुर्गन्ध आईरहेको छ कि? आज हाम्रो हातमा ठूलो जिम्मा र दायित्व छ। के मेरो जीवनबाट ख्रीष्टको बास्ना आउँदछ? कि पाप र स्वार्थको दुर्गन्ध आउँदछ? के हामीसँग जीवनको सुगन्ध छ कि अथवा मृत्युको दुर्गन्ध? आज हामी आफैलाई जाँच गरौं ।

रेशम कुमार सुनुवार

Republished in new layout 15-May-2013

Related Posts

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026
भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026
कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In