२६ पौष २०७१- काठमाडौँ, राजनैतिक पार्टी बीचमा आफूहरुले प्रतिबद्धता व्यक्त गरेको दिन अर्थात माघ ८ गते नजिकिदै जाँदा तोकिएकै सयममा संविधान जारी गर्न राजनैतिक पार्टी सभासदलाई सडक र सदनमा तिब्र दवाव परेकै बेला आज राजधानीमा माघ ८ मा संविधान जारीको माग गर्दै युवा मार्च कार्यक्रम सम्पन्न भएको छ।
यूथ एडभोकेसी नेपाल, जागृति बाल तथा युवा सरोकार नेपाल (नवलपरासी), नेपाल युवा संस्था सञ्जाल (आयोन) आर्थिक तथा सामाजिक विकास संस्था लगायत २० भन्दा बढि युवा संघसंस्थाले सयुक्त रुपमा आयोजित कार्यक्रममा युवा सभासद प्रकाश ज्वालाले सके सहमतीमा र नसके प्रक्रियामा नै गएर भए पनि तोकिएकै समयमा संविधान घोषणा गर्न आफू सहित युवा सभासद लागी परेको वताएका छन्। कार्यक्रममा नेपाली कांग्रेसका सभासद रामहरी खतिवडाले संविधान जारी गर्न युवा सभासदहरुको हस्ताक्षर संकलन भईरहेको र कुनै पनि हालतमा संविधान सभाबाट संविधान घोषणाको लागि दवाव दिईरहेको बताए। उनले युवा सभासद संसद भित्र नै अनसन बस्न तयार रहेको बताए। कार्यक्रममा एकिकृत माओवादीका सभासद गणेशमान पुनले समयमा नै सबैलाई समेटने खालको विगतका अन्दोलनको मर्म बमोजिम संविधान समयमा नै जारी गर्ने विषयमा लागी परेको बताएका थिए।
भृकुटी मण्डपबाट सुरु भई वसन्तपुर डबलीसम्म करिब ५०० जना युवाहरुले व्यानर, प्लेकाड सहित पुगेका थिए। कोणसभालाई जागृति बाल तथा युवा सरोकार नेपाल तथा आर्थिक तथा सामाजिक विकास संस्थाका अध्यक्ष तिलोत्तम पौडेलले ४०.३४ जनसंख्या ओगटेका युवाहले अब संविधान नआए सहेर नबस्ने सडकमा उत्रन सक्ने भन्दै शान्ति र विकामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका युवाहरुको भावनालाई सम्मान गर्न आग्रह गरेका थिए। कार्यक्रममा मानवअधिकार कर्मी, भवानी खरेल, भिम लामा, लोकराज अवस्थी, विद्यासागर पाण्डे, चेतनारायण रसाइली, लगाएतका युवाहरुले मन्तव्य राखेका थिए।
युथ एडभोकेसी नेपालको संयोजनमा भएको कार्यक्रमको समापन गर्दै नरेन खतिवडाले युवा सभासदले संसद भित्र र शिर्षनेतालाई दवाव सिर्जना गर्न अनुरोध गर्दै हामी संसदबाहिर निरन्तर दवाव दिने बताउदै अब युवाले पुन सडकमा उत्रनुपर्ने स्थिति सिर्जना नगर्न राजनैतिक पार्टीई आहृवान गरे।
Discussion about this post