सुन्दर हिमश्रृङ्खलाहरूले भरिएको सोलुखुम्बु जिल्ला अत्यन्तै सुन्दर देखिन्छ। पहाडको टुप्पोमा सेताम्मे हिमाल हिमालहरू तल कल कल बग्ने खोला र किनार किनारै गोरेटोमा लौरो टेक्दै हिंडेका पर्यटकहरूको गनतव्य हो सगरमाथा। झोला झाम्टा बोकेर लस्करै हिंडेका गधा र जोक्तेको घाँटीमा झुण्ड्याइएको घण्टीको टीङ टिङ धुनसँगै सुसेल्दै हिँडेका पर्यटकहरूलाई झरणा र बग्दाबग्दै जमेका हिउँका दृष्यले साह्रै आनन्दित बनाएका छन्।
झण्डै ४ हजार मिटर उच्च स्थानको झरणमा बग्दाबग्दै जमेको हिँउको दृष्य:
Discussion about this post