दरबाङ म्याग्दीका प्रेम कुमार रोकाका श्रीमान श्रीमती दुबैजना चाउमीन उद्योगमा खुबै व्यस्त देखिन्छन्। कोही ग्राहक पाहुनाहरूसँग प्रशन्न मुद्रामा स्वागत र कुरा गर्ने गर्छन्। दुवैजना काममा खुसीकासाथ लागि परेकाछन्। काम अनुसार आम्दानी भएकोमा खुसी छन्। चाडपर्वको समयमा चाउमिनको माग धेरै हुने गर्छ।
दैनिक १५० केजी चाउमिन उत्पादन हुने गर्छ। पहिला पिठो मुछ्नु पर्छ। पिठो मुछ्नको लागि बिद्युतिय मेसिन छ। अनि रोटी पनि मेसिनबाट नै बेल्नुपर्छ त्यसपछि मात्रै चाउमिनका लहरा तयार हुन्छ। अन्तमा स्टीम गर्नुपर्छ अर्थात पानीको बाफमा उसिनेर मात्रै प्याक गर्नु पर्छ। खाद्यन्न विभागको सल्लाह अनुसार स्वास्थ्यको लागि अनिवार्य स्टीम गर्नुपर्ने कुरा प्रेम बताउछन्। स्टीम गरेको चाउमिन स्वास्थयको लागि राम्रो मानिन्छ। भित्र श्रीमान, श्रीमती र एक जना बहिनीले काम गरिरहेका हुन्छन्। बाहिर ग्राहकले पर्खिराखेका हुन्छन्। जति व्यस्थ भएपनि ग्राहकसँग, पाहुनासँग मिठो बोलि गर्छन् हातले भने काम गरिरहेका हुन्छन्।
सरकारमा दर्ता गरेर कानुनी रूपमा चाउमिन उद्योग चलाउँदै आएका छन्। मासिक आम्दानी लगभग २२ हजार हुने गरेको बताउँछन्। कहिलेकाही बर्षाको पानीले पावर हाउसमा क्षति भएर विजुली अवरूद्ध भयो भने जेनेटरबाट मेसिन चलाएर काम गर्ने गर्छन्।
यसरी उद्योग सञ्चालन गर्न पाउनुमा परमेश्वरको आशिष् भएको कुरा खुसीसाथ बताउछन्। उनि दरबाङ चर्चका सदस्य हुन्। घरमा काम गर्दै बाइबल अध्ययन गर्ने कलेजको लागि आफू छुटेकोमा दुखेसो पोख्छन्।त्यतिबेला तीन दिनको आइटीन शिक्षक तालिम हुँदै थियो। तालिम लिन नपाएपनि अध्ययन गर्न पाउने भएकोमा निकै खुसी भएका छन्।
Discussion about this post