मिति २०७१ असोज २५ गते शनिवारका दिन दुलेगौंडा चर्च तनहुँमा आराधना सेवा र संगति पछि आइटीन पाठ्यक्रम अध्ययनरतहरुको छुट्टै भेला भएको थियो। १० बजेदेखि १२ बजेसम्म आराधना सेवा संगति भएको थियो। झण्डै चारवर्ष पछि संगतिमा बस्ने र परमेश्वरको वचनबाट पाएको आशिष् बाँड्न मौका पास्टरले दिनुभएको थियो। मण्डली संख्यात्मक रूपमा वृद्धि भएको छ र आत्मिक रूपमा पनि बलियो भएको छ। विभिन्न खाले बाजा अर्थात संगितहरू र भजन कोरस गाउने मिठो स्वरको वरदान भएका संगित झुण्डले आराधना संगतिमा डोर्याएका थिए।
संगति सकिएपछि अध्ययनरतहरूको भेला भएको थियो।
दुलेगौंडा चर्चमा पास्टर, अगुवा तथा सदस्यहरूमा धेरैले आइटीन पाठ्यक्रममा भर्ना भइसक्नुभएको छ। हाल दुइवटा समूहमा नयाँ भर्ना भएकाहरूले अध्ययन गर्दैहुनुहुन्छ। पास्टर पुर्ण बहादुर पुन लगाएत ४ जना शिक्षकहरू सक्रिय हुनुहुन्छ।
भेलामा छलफल हुने क्रममा माथिल्लो तहसम्म अध्ययन गर्ने धेरैको चाहना देखियो तर थोरै शिक्षकहरू भएकोले मण्डलीले नै समूह विभाजन गरी अध्ययनलाई निरन्तरता दिने र साथै मण्डलीले नै वार्षिक योजना बनाएर निरन्तरता दिने कुरामा सबै सहमत हुनुभएको छ। संगतिलाई प्रभावकारी बनाउन मण्डलीका सबै सदस्यहरूको ठूलो भूमिका हुन्छ। बाइबल अध्ययन गर्न र परमेश्वरबाट पाएको बरदानले मण्डलीलाई सुसज्तित बनाउन परमेश्वरले हरेकलाई विभिन्न वरदानहरू दिनुभएको छ।
थप तस्वीरहरू:
Discussion about this post