धनकुटा जिल्लाको सिधुवा चर्चलाई सिधुवा बजारबाट सजिलै देख्न सकिन्छ। सिधुवा चर्च उच्च स्थानमा छ। बजारबाट झण्डै २०० मिटर टाढा भएतापनि नजिकै भएको भान हुन्छ। उच्च स्थानमा भएकोले गर्मिसमयमा यहाँको मौसम साह्रै आनन्दायक छ । बेला बेलामा बादल पनि लाग्ने भएकोले सिधुवा चर्चलाई घुम्टो ओढेकि दुलही जस्तै देख्न सकिन्छ।
समाजमा चर्चको राम्रो प्रभाव परेको छ। यस मण्डलीका पास्टर यूसुफ श्रेष्ठ मण्डलीको सेवा मात्रै नभएर सामाजिक सेवाको काममा पनि सेवारत हुनुहुन्छ। समाजमा आइपर्ने विभिन्न समस्याका कामहरू मिलाउने देखि लिएर विकासका कामहरू आदिमा सहायता पुर्याउदै हुनुहुन्छ। धनकुटा, तेह्रथुम र संखुवासभाका चर्चहरूको लागि विभिन्न संगति, तालिमहरू सिधुवा चर्चमा नै हुने गर्छन्।
यसै सन्दर्भमा सन २००८ मा आइटीन शिक्षक तालिम उक्त जिल्लाका मण्डलीका पास्टरहरूको लागि सम्पन्न भएको थियो। लामो समयपछि सन् २०१४ जुलाइमा आइटीन शिक्षक तथा विद्यार्थीहरूको भेला सम्पन्न भयो। यस भेलामा आइटीनका पाठ्यक्रमहरूले पहाडी भेगका मण्डलीहरूमा धेरै सहयोग पुगेको चर्चा भएको थियो। यो तस्वीर भेला पछि खिचिएको हो।
Discussion about this post