ललितपुर- असार ३, नेपाली इसाई मण्डली धोबिघाट, ललितपुरमा काठमाडौं उपत्यकाका मण्डलीका पास्टर अगुवाहरूको संयूक्त संगति भएको छ। गत शुक्रवार जेठ ३० गतेका दिन २४ जनाको बप्तिस्मा कार्यक्रमलाई केही व्यक्तिहरूले विरोध गर्नुका साथै मुद्दा हालेका थिए । मुद्दा अनुसार पास्टर महेश थान्जुलगायत बप्तिस्मा लिने व्यक्तिहरू लगभग ४० जनालाई सुरक्षाको निम्ति भनेर प्रहरीले पक्राउ गरेको थियो । पास्टर महेश थान्जु लगायत ८ जना अगुवाहरूलाई राखेर अरू सबैलाई त्यही दिन नै छोडेको थियो। बाँकि ८ जनालाई आइतबार असार १ गते ससम्मान छोडेको थियो।
प्रार्थना सभामा पास्टर महेश थान्जुले प्रार्थनामा सम्झनुहुने सबै व्यक्ति र मण्डली परिवारलाई धन्यवाद दिनुभएको थियो। साथै सुरक्षा दिने नेपाल प्रहरीलाई पनि धन्यवाद दिनुभएको थियो। गिरिफ्तार गरियो भन्ने सुनाइमा नराम्रो सुनियतापनि आफूहरूलाई ससम्मान राखिएको र प्रहरी जवानहरू र अधिकृतहरूले गरेको सुरक्षा, वास्ताको लागि धन्यवाद भन्नु भएको थियो। तीन दिनसम्मको सुरक्षा घेरामा बस्दा कुनै दु:ख र चिन्ता नभएको कुरा बताउनुभएको थियो। आफ्नो विरूद्धमा मुद्दा हाल्नेहरूलाई येशू ख्रीष्टको नाउमा सुक्रबार पक्राउ परेको दिनमा ८ जनाले नै एकैसाथ क्षमा दिइ सकेको कुरा सुनाउनु भएको थियो। पक्राउ गराउनेहरूप्रति कुनै गुनासो नभएको कुरा पनि सुनाउनु भएको थियो। पास्टरहरूको धैर्यता र नम्रपनले प्रहरी अधिकृत र जवानहरूसँग समय विताउँदाका क्षणहरू आशिषमय भएका छन्।
प्रार्थना सभामा उपस्थितहरूलाई पास्टर शामूएल कार्थकले आराधनामा डोर्याउनुभएको थियो।
परमप्रभुले आफ्ना जनहरूको प्रार्थना सुन्नुहुन्छ दु:ख कष्टलाई आनन्दमा परिनत गर्नुहुन्छ उहाँकै महिमाको निम्ति। प्रभुलाई धन्यवाद होस्। प्रार्थना सभामा पास्टर डा. राजेन्द्र कुमार रोङ्गोङले परमेश्वरको वचनबाट केही कुरा बताउनुभएको थियो र विशप नारायण शर्माको प्रार्थानाद्वारा प्रार्थना सभा विसर्जन भएको थियो।
Discussion about this post