• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपाल ख्रीष्टिय समाजको महासभा सम्पन्न

by Sarju Rijal
May 20, 2014
in News & Events
Nepal Christiaya Socity's 18th Year General Convention in NIM Gyaneshowr, Kathmandu Photo:Sarju Rijal
Nepal Christiaya Socity’s 18th Year General Convention in NIM Gyaneshowr, Kathmandu
Photo:Sarju Rijal

सन्देश पौडेल/ काठमाण्डौ, जेष्ठ २
नेपाली मण्डलीहरुको साझा सञ्जाल नेपाल ख्रीष्टिय समाजको १८ औं वर्ष महासभा सम्पन्न भएको छ। बैशाख ३० गतेदेखि शुरु भएको सो महासभा बिभिन्न निर्णयसहित शुक्रबार सम्पन्न भएको हो। काठमाण्डौको ज्ञानेश्वरस्थित नेपाली इसाई मण्डलीमा भएको सो महासभामा मण्डलीका समसामयीक गतिबिधिहरुको बिषयमा छलफल गरिएको थियो।

भेलामा इसाई समस्या उपर सरकारद्धारा गठित समिति र यसका उपलब्धी बारे जानकारी तथा सुझाव सँकलन गरिएको थियो। कार्यक्रममा सि सि बि एन एनले गरेका कार्यहरुको बारेमा पनि जानकारी गराइएको थियो। सि सि बि एन एनले गरेका कार्यहरुको बारेमा महेन्द्र भट्टराइ र लोकमणी ढकालले सहजिकरण गर्नुभएको थियो।
कार्यक्रममा ख्रीष्टिय सुसमाचार, समाज सेवा, र राष्ट्र निर्माणमा ख्रीष्टिय समूदायको भूमिकाको बारेमा थीर केसीले सहजिकरण गर्नुभएको थियो । यस्तै राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी सस्थाहरुसँग मण्डलीहरुको सहकार्य, ख्रीष्टिय सतावट, चुनौति, प्रवासमा ख्रीष्टिय सँगती लगायतका बिषयमा अन्तरक्रिया गरिएको थियो। दोश्रो दिन छुट्टाछुट्टै भएको सो बिषयबस्तुहरुमा विभिन्न वक्ताहरूले सहजिकरण गर्नुभएको थियो।
यसैगरी कार्यक्रमको तेश्रो दिन निर्माणाधिन सबिधानमा ख्रीष्टियनहरुको अवस्था, मण्डलीहरुको चलअचल सम्पतीको कानुनी संरक्षण, धार्मीक ऐन लगायतका बिषयमा बिचार बिमर्श गरिएको थियो। कार्यक्रममा माननिय सभासद लोकमणी ढकाल, कृष्णमान शाक्य, बिपि खनाल लगायतले सहजिकरण गर्नुभएको थियो। भेलामा ख्रीष्टियन युवाहरुको चुनौती,महत्व, भुमिका सशक्तीकरण लगायतका बिषययमा पा शामुएल कार्थक, सुकदेव गिरी, दिल्लीराम पौडेल लगायतले सहजिकरण गर्नुभएको थियो। कार्यक्रमको तेश्रो दिन नेपाल ख्रीष्टियन समाजको काम कर्तव्य जिम्वेवारी तथा कार्ययोजना, बजेट छलफल आदि बिषयमा पनि छलफल गरिएको थियो।
भेलाले नेपाल ख्रीष्टियन समाजको तत्कालीन कार्यसमितिलाई बिघटन गरि नयाँ सँरचनामा कार्य समिती चयन गरेको छ। समाजको बिधानलाई समेत केहि परिमार्जन गरि भेलाले केन्द्रिय समिती सँरचना परिवर्तन गरेको हो। समाजका संस्थापक महासचिव डा तिर्थ थापाको संयोजकत्वमा गठन भएको समितिको ६०% पदाधिकारीहरूको नामहरू सुनाइएको थियो। २१ सदस्यीय हुने नव गठित समितीलाई असार मसान्त सम्म पूर्णता दिने बताइएको छ।
कार्यक्रममा नेपाल ख्रीष्टिय समाज स्थापना भएको १८ वर्षबितिसक्दा पनि खासै प्रगती हुन नसकेको सहभागिहरुले गुनासो गरेका थिए। स्पष्ट उद्देश्य र लक्ष्य भएर पनि आशा गरिए अनुरुप काम हुन नसेको तत्कालीन कार्यसमीतीले स्वीकार गरेको थियो। १८ औ वर्षमहासभा गदैगर्दा निष्क्रिय अवस्थामा रहेको नेपाल ख्रीष्टिय समाज सक्रिय बनाउने बातावरण भएको भन्दै आगामी दिनहरुमा सक्रिय हुन सहभागीहरुले आग्रह गरेका थिए।
चारदिनसम्म भएको उक्त महासभामा विभिन्न पाष्टरहरु दिलिप क्षेत्री, मँगलमान महर्जन, डा वर्नाड जेफ, प्रकाश सुब्बा, डेभिड जरमैया सेहृय, रोवर्ट कार्थक लगायतले परमेश्वरको पवित्रवचन बाइवलबाट प्रवचन दिनुभएको थियो। सम्मेलनका क्रममा दिइएको प्रवचन निकै आशिषमय भएको थियो।

Related Posts

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In