चितवन- बैशाख १९, भरतपुर नवजीवन एजी चर्च चितवनमा मे १ तारिखमा आइटीन दीक्षान्त समारोह सम्पन्न भएको छ। भरपुर जीवन, भरपूर ज्योति र ख्रीष्टको जीवनी-१ पाठ्यक्रम पुरा गरेकाहरूलाई ‘एन इन्ट्रोडक्सन टु बिब्लिकल स्टडीज’ को प्रमाणपत्र दीक्षान्त समारोहका अतिथी मिसनरी फ्र्यान्क बुलिङको हातबाट वितरण भएको थियो। वेथानी चर्चको ६ जना र नवजीवन चर्च भरतपुरका १२ जना गरी १८ जना पास्टर अगुवाहरू दीक्षान्त समारोहमा दीक्षित हुनुभएको छ। स्थानिय मण्डलीमा स्वयंसेवकका रूपमा आइटीनका पाठ्यक्रमलाई अध्यन गर्दै र अध्ययन गराउनमा सहायता गर्नुभएका समूहका दुइजना शिक्षकहरूलाई प्रशंसापत्र आइटीनका निर्देशक पास्टर टंक सुबेदीको हातबाट वितरण भएको थियो।
दीक्षितहरूले मण्डलीका विभिन्न सेवाक्षेत्रहरूमा कार्य गर्न आइटीनले निकै उत्साह दिएको र अगुवा निर्माणमा यसको भूमिका भएको कुरा समारोहमा बताउनुभएको थियो।
सोही अवसरमा तीन दिनको शिक्षक तालिमको प्रमाणपत्र १८ जनालाई वितरण गरिएको थियो। तालिममा सहभागी पास्टर र अगुवाहरू चितवन र मकवानपुरका विभिन्न क्षेत्रहरूबाट तालिममा आउनुभएको थियो।
Discussion about this post