काठमाडौं- १४ बैशाख, २०७१ मा नेपाल थियोलोजिकल कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ। Bachelor of Theology (B.Th.) स्तरको पाँचौ व्याचको र Diploma of Theology स्तरको ३१ औं ब्याचको लागि दीक्षान्त समारोह नेपाल थियोलोजिकल कलेज, सातदोबाटो ललितपुरमा भएको हो। दीक्षान्त समारोहमा B.Th स्तरमा २५ जना र Diploma स्तरमा १२ जना गरी ३७ जना विद्यार्थीहरु दीक्षित भएका छन्। समारोहमा नेपालका विभिन्न जिल्लाका मण्डलीहरूबाट अध्ययन गर्न आएका विद्यार्थीहरू दिक्षीत भएका छन्।
दीक्षान्त समारोहका अतिथी वक्ता पास्टर रेभ. भाल्सन भर्गिस न्यू लाइफ ए.जी. चर्च, हैदराबाद, भारतबाट आउनुभएको थियो। दीक्षितहरूलाई निकै चुनौतिपूर्ण वचन दिनुभएको थियो। परमेश्वरको सेवाको काम गर्न विद्यार्थीहरूलाई हौसला दिनुभएको थियो। वर्तमान अवस्थामा धेरै व्यक्तिहरू
दीक्षान्त समारोहलाई आशिषमय बनाउन विविध भजन गीत, आराधना सेवा भएको थियो। विभिन्न व्यक्तिहरूको हातबाट प्रमाणपत्र वितरण पछि विविध अवार्ड वितरणले कार्यक्रमलाई थप रोचक बनाएको थियो। नवजीवन चर्चका पास्टर रेभ सुमन गुरूङले दिक्षान्त समारोहलाई सुव्यवस्थित तरिकाले सञ्चालन गर्नुभएको थियो। Student Dean रेभ. सेत तामाङले कार्यक्रमको सुरूको प्रार्थना गर्नुभएको थियो। नेपाल थियोलोजिकल कलेजका प्रिन्सिपल डा.बाल कृष्ण शर्माले समारोहमा उपस्थित पाहुनाहरूलाई स्वागत गर्नुभएको थियो र बाइबल कलेजको प्रगति विवरण पनि सुनाउनुभएको थियो। विविध कार्यक्रमले दिक्षान्त समारोहलाई आनन्दित बनाएको थियो।
उपस्थित विभिन्न मण्डलीका पास्टरहरूले दीक्षितहरूलाई आशिषको प्रार्थना गर्नुभएको थियो। एजीएनका अध्यक्ष पास्टर रेभ.शामूएल बोम्जनको प्रार्थनाद्वारा कार्यक्रमको अन्त्य भएको थियो।
Discussion about this post