पोखरा- केही समय यता मौसम सफा भएर नेपालमा विभिन्न हिमालहरू विभिन्न ठाउँबाट सजिलै देख्न सकिन्छ। हिमाल देख्ने जो कोहि विदेशी होस अथवा स्वदेशी पर्यटक सबैलाई मनमोहक हिमालले भरमग्दुर आनन्द दिएको छ। विहानै होस वा दिउँसो वा बेलूका किन नहोस हिमाल देख्ने पर्यटकहरू क्यामारामा हिमालसँग खुबै रमेका देखिन्छन्। प्राकृतिक सौन्दर्यले नै विश्वमा नेपाललाई उच्च स्थानमा पुर्याएको छ। परमप्रभुको महिमा सदासर्वदा होइरहोस्। यी सु्न्दर प्राकृतिक हिमालले परमेश्वरको महानतालाई देखाइरहेको छ। परमप्रभुको महिमा प्रशंसा!!
फोटो: धनमाया गुरूङ, पोखरा
Discussion about this post